Tuesday 29th July 2025

पाल्पा साहित्य समाजले आदिकवि भानुभक्त आचार्यको २१० ओै जन्मजयन्तीको अवसरमा कविगोष्ठी सम्पन्न गर्यो


नारायण कोइराला – आदिकवि भानुभक्त आचार्यको २१० ओै जन्मजयन्तीको अवसरमा पाल्पा साहित्य समाजले कविगोष्ठी समारोहको आयोजना गर्यो । विशिष्ट अतिथि इतिहासविद निर्मल श्रेष्ठले , पाल्पा साहित्य समाजले समय सापेक्ष पृथक बान्कीको कार्यक्रम गर्दै अाएकोमा अाजको भानुजयन्तीको कार्यक्रम पनि बिबिधतायुक्त पृथक रहेकोर समाले कार्यक्रमलाई निरन्तरता दिइनै रह‍ोस् ,” भनी बताउनु भयो । पाल्पा साहित्य समाजका संरक्षक राजेन्द्र गोपाल सिंहले, ” भाषा साहित्यको क्षेत्रमा भानुभक्तको योगदानलाई सब‌ैले सम्झनुपर्ने र सोचमा परिवर्तन ल्याउनु पर्दछ ” भन्नुभयो ।

भानुभक्त माथि संक्षेपमा प्रकाश पार्ने काम उप प्रा प्रतिभा पौडेलद्वारा भयो । पद्म पव्लिक नमुना माध्यमिक विद्यालयका बिधार्थीहरू सिर्जना कार्की र जानुमाया हिस्की, पाल्पा प्यारागन स्कूलकी केकी बस्यालले भानुभक्त माथि वक्तृत्व प्रस्तुत गरेका थिए ।

साहित्यकार डा. शंकर गैरे,नारायण प्रसाद शर्मा र पद्म पव्लिक नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्तवीर बरालद्वारा शुभकामना मन्तव्य व्यक्त गरिएको थियो । कवि गोष्ठीमा आरती बस्याल,सुबिना बस्याल,केकी बस्याल र भूमिका बस्याल गरि चार जना बिधार्थीले भानुभक्त बिषयक कविता वाचन गरेका थिए । कवि गोष्ठीमा होमनाथ शर्मा , चन्द्रकला न्यौपाने ,गणेश नेपाली,राधादेवी पाण्डे ,इन्दिरा ज्ञवाली, जनकराज कँडेल , जनक भण्डारी ,शंकर ढकाल, भावना खनाल,गोविन्द भट्टराई ,धर्मचन्द्र नेपाल,गुणवती के सी,महेन्द्र पन्थी, सरस्वती भट्टराई ,नारायण प्रसाद शर्मा ,सन्तवीर बराल,अमर भाट,पुरूषोत्तम अर्याल,नारायणी शर्मा ,रेकराज बस्याल,डा. शंकर गैरे,गोविन्द खनाल,युवराज पौड्याल,रोहितप्रसाद ज्ञवाली,चित्रवलीराम सुवाल र पुष्कर अथक रेग्मीद्वारा कविता वाचन गरिएको थियो ।

पद्म पव्लिक नमुना माध्यमिक विद्यालयका बिधार्थीहरूद्वारा रमाइलो नृत्य साहित्य पस्किएका थिए । उत्कृष्ट नृत्यहरू प्रस्तुत गरेवापत बिधार्थीहरूलाई पाल्पा साहित्य समाजको तर्फबाट नगद रू १ हजार पुरस्कार प्रदान गरिएको थियो । आदिकवि भानुभक्त आचार्यको २१० ओेै जन्मजयन्तीको अवसरमा प प न मा बि तानसेनको कार्यशालामा आयोजित कवि गोष्ठीको अध्यक्षता समाजका अध्यक्ष पुष्कर अथक रेग्मी , स्वागत सदस्य इन्दिरा ज्ञवाली र कार्यक्रम संचालन सचिव सविता भट्टराईद्वारा गरिएको थियोे ।


सम्बन्धित शीर्षकहरु

नेपाल पत्रकार महासंघअन्तर्गत क्रियाशील विभिन्न बैदेशिक शाखाहरूले प्रतिनिधित्व र सहभागिताको सुनिश्चिततासहित चारबुँदे माग पेश गर्दै महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्मा…

वाशिंगटन: अमेरिकी अधिकारीहरूले विदेशी हस्तक्षेपको आशंकामा अर्बपति एलोन मस्कको स्वामित्वमा रहेको सामाजिक सञ्जाल X मा फ्रान्सले गरेको आपराधिक अनुसन्धानको शुक्रबार…

निरेम प्रोडक्सनले आफ्नो वार्षिक सांगीतिक कार्यक्रम ‘निरेम सांगीतिक उत्सव’ को तेस्रो संस्करण यही आउँदो डिसेम्बर १२ मा हुने घोषणा गरेको…

प्रतिकृयाहरू
...