पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १
मिति : २०८०/०३/१२
प्रशिक्षक :
———–
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण
————————-
चन्द्रवती अधिकारी
चित्र सङ्कलन
———————–
सामाजिक सञ्जाल
समायोजक
—————–
सविता के.सी.
आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार ।
हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको सत्तरियौँ शृङ्खलामा छौँ । यस शृङ्खलामा दिइएको चित्र अनुसारको बिम्बात्मक तथा गहन र मौलिक भाव झल्किने आफ्नो मनले देखेको पञ्चाङ्ग आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध छ ।
नोट : संयोजन गर्न सहज हुने भएकोले कमेन्ट बक्समा नाम र ठेगाना सहित पञ्चाङ्ग लेख्नुहुन अनुरोध छ ।
चित्रमा पञ्चाङ्ग
===========
पञ्चाङ्ग १
प्रकृतिमा लिएको छ रूप अनौठो फूलले बुझेर
एकले मात्रै होइन सुन्दर हुने हो हुलले बुझेर
फूलभित्र पनि जनावर भेटिन्छ प्राकृतिक हो कि
जोगाउँछ सुन्दरता, देख्दामा राम्रो तुलले बुझेर
आफूलाई चाहिने वंश जन्माउने कुलले बुझेर ।
सविता के.सी, दक्षिणकाली-९, काठमाडौँ ।
पञ्चाङ्ग २
प्रकृतिको उपहार यिनै सुन्दर फूल हुन्
बोट बिउ अनाजको आधार र मूल हुन्
मान्छे नै वैरी प्रकृतिको बिगारेर छाड्ने
स्वार्थी बनी जाइलाग्ने उही गर्छ भुल हुन्
यो कृतघ्नी चालले मनमा उठ्ने शूल हुन् ॥
तिलकप्रसाद लुइटेल, काठमाडौँ ।
पञ्चाङ्ग ३
बुझ्न सकेमा फूल जिन्दगी
स्वच्छ पानीको मूल जिन्दगी
सुख र दुःख भोगेर सारा
सपारे बन्छ कुल जिन्दगी
सत्य आखिरी तुल जिन्दगी ।
– आर्त अकुलीन, कैलाली
पञ्चाङ्ग ४
बन्दैन खोई किन सुन्दर फूल जिन्दगी
दुई मन जोड्ने भावनाको पुल जिन्दगी
दुःख रूपी काँडाले बोट भरिएको हुँदा
कोमल यो मुटु च्वास्स घोच्ने शूल जिन्दगी
कैल्यै नसुक्ने आँसु आँसुको मूल जिन्दगी ।
श्रीकृष्ण शर्मा पोखरा
पञ्चाङ्ग ५
फूल देख्दा फूल जस्तै अधर लाग्छ
भविष्य सोच्दा सुकेको बगर लाग्छ
प्रकृतिले फुलायो यो जगत सारा
जीवन प्रकृती सुनौलो सफर लाग्छ
देश फूलैफूलको गाउँ सहर लाग्छ ।
सुरेशकुमार पाण्डे दाङ घोराही १८
पञ्चाङ्ग ६
फूल सुन्दर भएर सबैले मन पराएका छन्
किन होला नि यहाँ मान्छेसँग मान्छे डराएका छन्
फूल झैंँ फुल्न फल्नु पर्छ मान्छेले पनि संंसारमा
तर मान्छेले मान्छेलाई गोरु जस्तै गराएका छन्
यही कारणले मान्छे अस्तित्वबाट हराएका छन् ।
नवराज भट्ट, कञ्चनपुर
पञ्चाङ्ग ७
ढुङ्गामा पनि फूल फुलाउन सक्नुपर्छु
हिलोमा जस्तै गुल खुलाउन सक्नुपर्छ
हे ! मनुष्य सिक प्राकृतिसँग केही कुरा
विकृतिलाई साच्चै सुलाउन सिक्नुपर्छ
विश्वमा हाम्रो फूल डुलाउन सक्नुपर्छ ।
सोमनाथ लुइटेल “रवि पाल्पाली”
काठमाडौँ ।
पञ्चाङ्ग ८
आवश्यकता असीमित मन मन्दिरमा फूल
जुनसुकै बेला जिवित मन मन्दिरमा फूल
सबै तह तप्काको मन जित्न सफल हुनाले
बनाई गाएका छन् गित मन मन्दिरमा फूल
अधिक दिलाएर हित मन मन्दिरमा फूल ।
#पृथक प्रकृति
झापा
पञ्चाङ्ग ९
आहा! नि प्रकृति सजाउँछन् फूल यहाँ
कोपिला टिपेर गर्न हुन्न भुल यहाँ
सृष्टिको अनुपम उपहार फूल हो
जङ्गलमा फुलेर बनेका झुल यहाँ
जहाँ ती फूल भमरा लाग्छन् हुल यहाँ ।
शोभा आचार्य गौतम
काठमाडौँ
पञ्चाङ्ग १०
अनेकौँ थरीका फूलहरू फुल्छन् बगैँचामा
लोभी रसपानका मातले झुल्छन् बगैँचामा
फूल लाजले खुम्चिदा मायालुको त्यो स्पर्शले
लगाउँदै दाग हेर किरा डुल्छन् बगैँचामा
आफैँलाई खोरमा तब ती हुल्छन् बगैँचामा ।
टिकाराम जोशी,टीकापुर ।
पञ्चाङ्ग ११
जब फूलको वासनामा सुगन्धको खानी हुनेछ
हृदयमा आनन्द महशुस गर्ने बानी हुनेछ
वर्तमानमा भएर होला रमणीय देखिन्छ यो
समायोजनमा कुभलो चिताउने ज्ञानी हुनेछ
रीतिरिवाज जोगाउन लाग्दा यहाँ पानी हुनेछ ।
डिल्ली राज घिमिरे
अर्घाखाँची
पञ्चाङ्ग १२
फूलसरी फक्रेको जोवन बचाउन सिक
वरिपरि डुलेको भमरा धपाउन सिक
समयले कसैलाई पर्खेर बस्दैन यहाँ
घरको आँगनमा फूलेर सजाउन सिक
समाजमा सौन्दर्य छरेर हसाउन सिक ।
धनमाया चौधरी कैलाली
पञ्चाङ्ग १३
आहा ! कति राम्रो फूल फुलेछन् हेर
त्यही फूलमा भमरा डूलेछन् हेर
सौंदर्यताको प्रतिक हो फूल हाम्रो
फक्रेर डाली भरी नै झुलेछन् हेर
घरको आँगन राम्रो खुलेछन् हेर ।
सरस्वती श्रेष्ठ इटहरी
पञ्चाङ्ग १४
जता फुल्छौ , बासना दिनु मगमग हृदयको तलामा
सेतो सुरम्य मिलन दिन सक्ने आफ्नै मिठास कलामा
सवैको मन लोभ्याइ,सधैं बस बगैंचामा घुम्टो ओडी
शोभा बनेर सुहाउँदो हुनेछ , जसको पनि गलामा
दिव्य ज्योति बनी , बिउँझाऊ सबैलाई हरेक पलामा ।
प्रेम थापा “मन”बागलुङ
पञ्चाङ्ग १५
सेता र पहेँला फूल फूलेर मस्त
डालीडाली टम्म झुल्दै भुलेर मस्त
सुगन्धले पो वरिपरि मन तान्छ
लाखौं पुष्प काँडा विच डुलेर मस्त
पत्रपत्र जोडी थुङ्गा खुलेर मस्त ।
सरिता काफ्ले कोहलपुर ८ पिपिरी वाँके
पञ्चाङ्ग १६
कोपिलामा अर्कै देख्छु फुल्दा अर्कै हुने
बिहानमा घामसङ्ग खुल्दा अर्कै हुने
फूल नै हो घरी घरी रङ्ग फेरि राख्ने
लह लह डालीमाथि झुल्दा अर्कै लाग्ने
बास्ना चली फेरि मौरी डुल्दा अर्कै हुने ।
घनश्याम पौडेल, पोखरा
पञ्चाङ्ग १७
प्रकृतिका अनेकौं रुप देखिन्छ फूलमा पनि
लठ्ठै भमरा मौरीको कलात्मक हुलमा पनि
चमत्कार रुप रङ्ग प्रकृतिको छत्रछाँयामा
फूल चटानमा,जमिनमा फुल्छ मुलमा पनि
किर्तिम सजाउछन् सिपालु रातो तुलमा पनि ।
तारा घिमिरे स्वेच्छा
सङ्खुवासभा
पञ्चाङ्ग १८
१
सुन्दर फूल प्रकृति बिच छोएर नमार
आमा र बाबु आँसुपुछाऊ रोएर नमार
प्रकृति फूल्ने उद्यान भित्र जीवन मान्छेको
पखाली सारा वातावरण धोएर नमार
स्वतन्त्रताको कानुन हक फोएर नमार ॥
२
ढुङ्गामा पूजा गर्ने निहुँमा फूलको अस्तित्व
मासेर हुन्न बचाऊ नानी मूलको अस्तित्व
कारक हामी बचाऊँ हाम्रो प्रकृति सबैले
मेटिन्न यहाँ पुरानो घाऊ शूलको अस्तित्व
मच्छर नभै रहन्छ कहाँ झूलको अस्तित्व ॥
गुणनिधि घिमिरे अमेरिका
पञ्चाङ्ग १९
बुझेर बनाउ है फूल जस्तै जिन्दगी
स्व्च्छ अनि सफा पानीको मूल जिन्दगी
जिवनमा सुखदुःख त भइ रहन्छ
बिगत सम्झी दुखी हुनु भुल जिन्दगी
यो मन र भावना जोड्ने पुल जिन्दगी ।
१
आहा!त्यहा त कति राम्रो फूल रहेछ
घुमिरहेका भमराको हुल रहेछ
प्रकृतिको पनि रुप अनेकौं नै हुने
ती नजिकै स्वच्छ पानीको मूल रहेछ
मन अनि भावना जोड्ने पुल रहेछ ।
२
दुर्गा भट्टराई, मर्निङ
पञ्चाङ्ग २०
रमाइ प्रकृतिमा भुलेको जिन्दगी
हेर्दै छु सेतै फूल फुलेको जिन्दगी
अचम्म लाग्यो चेहरा देख्दा फूलमा
डाली कोपिला सङ्गै डुलेको जिन्दगी
फक्रेको फूल जस्तै खुलेको जिन्दगी ।
अच्युत घिमिरे-भुटान
पञ्चाङ्ग २१
यहाँ कोमल बन्नु व्यर्थ रहेछ फूलबाट सिकेँ मैले
फूल बनेर सुवास दिँदा नै हजारौं चोटि बिकेँ मैले
चारैतिरबाट ढुंगाको वर्षा भइरहेको समाजमा
अहो ! फूल बनेर यत्रो दिन कसरी होला टिकेँ मैले
त्यसैले कोमल वस्तु मनबाट आजैदेखि झिकेँ मैले ।
– पशपती राई खोटाङ ।
पञ्चाङ्ग २२
प्रकृति रानी मायाकी खानी मुसुक्क हाँस्दै छिन्
जाति र धर्म भाषाका बिच पिरती गाँस्दै छिन्
जुन होस् कुना देशको अनि होस् विदेशी भूमि
सबैमा दिन्छिन् अपार माया छातीमा टाँस्दै छिन्
भेद र भाव कुकृत्यलाई सजिलै मास्दै छिन् ।
चन्द्रावती अधिकारी
कोहलपुर बाँके
Sabita
Sabita Khatri