“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३
मिति:- २०८०/०३/१८
………………………………..
प्रशिक्षक:-
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण सुझाव :-
चन्द्रावती अधिकारी
सङ्कलक :- सविता के.सी.
सहजकर्ता :-
(महासचिव)
रामराजा के. सी.
प्रेम थापा “मन”
======================
उस्तै शब्दहरू : मिल्दो ।
दोहोरिने अन्तिम शब्द :- आफूखुसी ।
अक्षर संख्या :- पाँचदेखि पच्चिससम्म ।
पञ्चाङ्ग, समपञ्चाङ्ग, त्रिपञ्चाङ्ग, समद्विपञ्चाङ्ग वा पाञ्चायन समेत लेख्नुहुन अनुरोध छ ।
=======
पञ्चाङ्ग सङ्कलन गर्न सजिलो हुने भएकाले कमेन्ट बक्समा नाम ठेगाना सहित राख्नुहुन अनुरोध छ ।
नोट: आज गुरुपूर्णिमा परेकाले सोही विषयवस्तुमा रहेर पञ्चाङ्ग लेख्नुहुन अनुरोध छ ।
पञ्चाङ्ग १
परिश्रममा पसिनाको धारा चुहाउने मेरा गुरु
फोहोरलाई सफा पार्न भनी कुहाउने मेरा गुरु
जिन्दगीको एउटा पाटो स्कुलमा बित्छ सबै जनाको
बाहिरी रूप हैन भित्री मन नुहाउने मेरा गुरु
शिरको टोपी निधारको टीका सुहाउने मेरा गुरु ।
सविता के.सी., दक्षिणकाली-९, काठमाडौँ
पञ्चाङ्ग २
आजको दिनमा प्रणाम गर्नु गुरुलाई
शिष्यले फूल र अक्षता छर्नु गुरुलाई
किन भने आँखा खोल्ने सबैका गुरु हुन् है
फलफूल र दूधदही भर्नु गुरुलाई
र अप्ठेरोमा साथ दिन सर्नु गुरुलाई ।
नवराज भट्ट कञ्चनपुर
पञ्चाङ्ग ३
मेरो लागी प्रत्येक ठक्कर गुरू बन्यो
मात्रृत्व भूमि उस्तै सगर गरू बन्यो
आमा बाबाले दिनुभयो पहिलो शिक्षा
स्कुल पुग्ने त्यो लामु सफर गुरू बन्यो
सबै शिक्षकको लाग्छ भर गुरू बन्यो ।
सुरेशकुमार पाण्डे दाङ घोराही १८
पञ्चाङ्ग ४
गुरूलाई प्रणाम सधैँ गर्दछु मैले
गुरूबाट प्राप्त ज्ञानको छर्दछु मैले
गुरु पुर्णिमाको शुभकामना छ मेरो
गुरु शिक्षाको पञ्चाङ्ग नै भर्दछु मैले
सभ्य ज्ञानले सारा दु:ख तर्दछु मैले ।
शिव कुमार रेग्मी
पोखराथोक, पाल्पा
पञ्चाङ्ग ५
प्रत्येक पल नमन गुरुलाई
नगरी छल नमन गुरुलाई
दिएर ज्ञान गुरुले आखिरीमा
आएको बल नमन गुरुलाई
विवेक जल नमन गुरुलाई ।
– आर्त अकुलीन, कैलाली
पञ्चाङ्ग ६
गुरुहरूको सम्मान गर्दछु सधैँ
गुरु सम्मान अक्षर भर्दछु सधैँ
प्रथम गुरु हाम्रा बाबा आमा हुन् नि
आफूमा प्राप्त ज्ञानको छर्दछु सधैँ
शुद्ध अक्षरले कपि भर्दछु सधैँ ।
शोभा आचार्य गौतम
काठमाडौँ
पञ्चाङ्ग ७
अक्षम्य नहुन् ईच्छा र चाहना सबैमा
सत्य भई रहुन् मनोभावना सबैमा
सम्मान रहोस् गुरूवर्ग ठूलाबडाको
ईज्जत सम्मान आज्ञा पालना सबैमा
गुरू पूर्णीमाको शुभकामना सबैमा ॥
गुणनिघि घिमिरे अमेरिका
पञ्चाङ्ग ८
नबलेसम्म दियो उज्यालोको आश हुँदैन
अन्धकारमा त अज्ञानताको नास हुँदैन
पुजनीय गुरुलाई कालोमोसो दल्छौ अनि
समाज समाज जस्तो कहिल्यै खास हुँदैन
जिउँदो हुन्छ देख्नलाई तर सास हुँदैन ।
-पशपती राई खोटाङ ।
पञ्चाङ्ग ९
गल्ती गर्यो भने नि झार्नेछन् गुरूले
अनेकौं समस्या नि टार्नेछन् गुरूले
पहिलो गुरू त हाम्रा माता पिता हुन्
सधैँ आफ्नो स्थानमा सार्नेछन् गुरूले
भवसागरबाट तार्नेछन् गुरूले ।
सरस्वती श्रेष्ठ इटहरी
पञ्चाङ्ग १०
जिन्दगीको तितो मिठो सफर भएको छ गुरु
बिल्कुल नखोज्या केही कहर भएको छ गुरु
भनिन्छ हाम्रो पहिलो पाठशाला भन्या घर हो
सपना अधुरै त्यही असर भएको छ गुरु
बगर भेट्दा लागेको पत्थर भएको छ गुरु ।
१
आमा बा हुन्छन् छोराछोरीलाई जिउन सिकाउने गुरु
जस्तोसुकै होस् तर जिन्दगीभर भलो चिताउने गुरु
समाज ,स्कुल र जिन्दगीको अनुभव पनि गुरु नै हुन्
स्वयं हार्छ्न् सन्तानलाई जिताई दु:ख जिलाउने गुरु
कामना साथ फूलपातीले भगवान रिझाउने गुरु ।
२
#पृथक प्रकृति झापा
पञ्चाङ्ग ११
अध्यारो हटाइ दिने
फोहर फटाइ दिने
गरीखान सक्ने हुने
पाठ नै रटाइ दिने
उज्यालो पठाइ दिने ।
१
काम सिकाउने गुरु
ठाउँ बिकाउने गुरु
बाच्ने कला निपुर्णता
योग्य झिकाउने गुरु
शब्द टिकाउने गुरु
२
म प्र धि
पञ्चाङ्ग १२
ज्ञानको ज्योति छर्न सिकाउने गुरु
आदर मान गर्न सिकाउने गुरु
सबै गुरुहरूलाई सम्मान मेरो
रित्तो भाँडो भर्न सिकाउने गुरु
गहिरो नदी तर्न सिकाउने गुरु ।
धनमाया चौधरी कैलाली
पञ्चाङ्ग १३
प्रगाढ मायामा तरीकाले सिकाएर हामीलाई
खोजी गर्दै नयाँनयाँ ज्ञान झिकाएर हामीलाई
कच्चापदार्थलाई आकार दिएर एउटा रुप
नैतिक र मुल्य मान्यतामा टिकाएर हामीलाई
गुरुले डोर्याए सहपथ बिकाएर हामीलाई ।
जमुना आचार्य सिन्धुपाल्चोक
पञ्चाङ्ग १४
जिन्दगीको असल मार्ग टिकाउने गुरु
नयाँ नयाँ ज्ञान र सीप सिकाउने गुरु
बुबा र आमापछिका सम्मान गर्नु पर्ने
हाम्रो ज्ञान सीप बाहिर बिकाउने गुरु
उन्नति प्रगतिको सिढी झिकाउने गुरु ।
तारा घिमिरे सङ्खुवासभा
पञ्चाङ्ग १५
बोली फु्ट्दा साँवा अक्षर लेखाउने गुरुलाई,
ताते ताते भन्दै भुईँमा टेकाउने गुरुलाई,
मानव जीवनको सत्य सार्थकता बुझाउँदै,
गल्ती कमजोरीमा दण्ड सेकाउने गुरुलाई,
प्रणाम छ असल बाटो देखाउने गुरुलाई ।
होम प्रसाद नेउपाने, धरान,सुनसरी ।
पञ्चाङ्ग १६
गुरु एक ज्वलन्त शिक्षाको बल हुनुहुन्छ
अन्धकार नि फाल्ने बलियो गल हुनुहुन्छ
समर्पित, सत्य, निष्ठा अनि सत्कर्मका लागि
मन सिन्चित गर्ने अमृत जल हुनुहुन्छ
सदैव उर्वराशक्ति दिने मल हुनुहुन्छ ।
प्रेम थापा “मन”बागलुङ
पञ्चाङ्ग १७
जन्माएर यो धर्तीमा टेकाउने गुरुकुल हुनुहुन्छ
शिक्षा मै मार्गदर्शन देखाउने गुरुकुल हुनुहुन्छ
सदावहार साष्ट्राङ्ग डन्डबत छ है सधै यहाँ मेरो,
पाखण्डीहरूको ढाड सेकाउने गुरुकुल हुनुहुन्छ
उच्च मनोबल साथ लेखाउने गुरुकुल हुनुहुन्छ ।
डिल्ली राज घिमिरे
अर्घाखाँची