Sunday 21st September 2025

लघुकथा – सोच -शिव कुमार रेग्मी


एउटा सानो बजारमा मख्खीरामको चिया पसल थियो। उसको हातले बनाएको चिया पिउन भन्दै हरदिन सयौं मानिसहरू आउथे। जिल्ला भरि चिया बाजेको नामले प्रख्यात थियो।

उनको एउटा छोरा कुमार थियो।कुमार जिल्ला प्रशासनमा अधिकृत पोष्टमा कार्यरत थियो।
एक दिन कुमारले बुबा संग भन्यो-बुबा हजुरले यो सानो चियाको काम किन छोड्नु हुन्न? मेरो बेइज्जत हुन्छ जताततै।
“बाबु मिहिनेतले गरेको काम कुनै सानो-ठूलो,इज्जत-बेइज्जत भन्ने हुदैन्।तिम्रो सम्पूर्ण सपना पनि त यहीँ सानो चिया पसल बाटै भएको हो । त्यहीँ पनि जबसम्म हात-खुट्टाहरू चल्दछन् तबसम्म आफुले जानेको र सक्ने काम गर्नु पर्दछ । यी सबैकुरा केवल हाम्रो विचार र सोचले बनाउछु”भन्दै छोरालाई बतायो।

यस्ता कुरा सुन्नासाथ आफ्नो गलत सोचको कारण बुबाको मनमा ठेस पुगेको महशुस गरि कुमार बुबाको खुट्टामा आफ्नो शीर राखेर बुबा सँग क्षमामाग्यो ।

-पोखराथोक,पाल्पा


सम्बन्धित शीर्षकहरु

च्यातिएको पर्दाभित्र लुकेको नै बेकार भयो आज फेरि अर्कै पाटो च्यातिएर दिकदार भयो मरिजाने चोला हाम्रो काम क्रोध लोभ मोह…

भारतीय दूतावासले भारत र नेपाल बीचको यात्रा र त्यहाँको वर्तमान अवस्थाको बारेमा सल्लाह जारी गरेको छ। नेपालस्थित भारतीय दूतावासले भनेको…

इजरायलको आपतकालीन चिकित्सा सेवा म्यागेन डेभिड एडोमका अनुसार बिहीबार जोर्डन र इजरायली-कब्जा गरिएको वेस्ट बैंक बीचको सीमा क्रसमा बन्दुक र…

प्रतिकृयाहरू
...