Thursday 2nd April 2026

लघुकथा – सोच -शिव कुमार रेग्मी


एउटा सानो बजारमा मख्खीरामको चिया पसल थियो। उसको हातले बनाएको चिया पिउन भन्दै हरदिन सयौं मानिसहरू आउथे। जिल्ला भरि चिया बाजेको नामले प्रख्यात थियो।

उनको एउटा छोरा कुमार थियो।कुमार जिल्ला प्रशासनमा अधिकृत पोष्टमा कार्यरत थियो।
एक दिन कुमारले बुबा संग भन्यो-बुबा हजुरले यो सानो चियाको काम किन छोड्नु हुन्न? मेरो बेइज्जत हुन्छ जताततै।
“बाबु मिहिनेतले गरेको काम कुनै सानो-ठूलो,इज्जत-बेइज्जत भन्ने हुदैन्।तिम्रो सम्पूर्ण सपना पनि त यहीँ सानो चिया पसल बाटै भएको हो । त्यहीँ पनि जबसम्म हात-खुट्टाहरू चल्दछन् तबसम्म आफुले जानेको र सक्ने काम गर्नु पर्दछ । यी सबैकुरा केवल हाम्रो विचार र सोचले बनाउछु”भन्दै छोरालाई बतायो।

यस्ता कुरा सुन्नासाथ आफ्नो गलत सोचको कारण बुबाको मनमा ठेस पुगेको महशुस गरि कुमार बुबाको खुट्टामा आफ्नो शीर राखेर बुबा सँग क्षमामाग्यो ।

-पोखराथोक,पाल्पा


सम्बन्धित शीर्षकहरु

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

इरान युद्धका कारण पश्चिम एसियाबाट प्राकृतिक ग्यास र एलएनजी आपूर्तिमा आएको अवरोधले भारतको युरिया उत्पादनमा गम्भीर धक्का लागेको छ। उद्योग…

प्रतिकृयाहरू
...