Tuesday 21st May 2024

एनआरएन कुवेतको आठाैं राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक


तीतोपाटी – गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्य परिषद कुवेतको आगामी जुलाइ २१ तारिक सम्पन्न हुन गइरहेको आठाै राष्ट्रिय महाधिवेशन प्रयोजनको लागि गठित निर्वाचन समितिले महाधिवेशन सम्बन्धि कार्य तालिका सार्वजनिक गरेको छ । आज प्रकाशित कार्य तालिका अनुसार भोली १२ जुलाइका दिन दिउँसो २ बजेदेखि राती १० बजेसम्म कुवेत सिटीको मालिया स्थित चाैतारी नेपाली रेष्टुरेन्टमा उम्मेदवारी लिइने जनाइएको छ भने जुलाइ २१ तारिक मालिया सिटी स्थित INN & GO होटलमा आठाैं महााधिवेशन हुने भएको छ ।

प्रमुख निर्वाचन आयुक्त सुजन के.सि.द्वारा हस्ताक्षरित निर्वाचन कार्यतालिका अनुसार आज ११ जुलाइका दिन पञ्जिकृत सदस्यहरूको नामावली प्रकाशन गरिएको छ भने १३ जुलाइ २०२३ का दिन बिहान ९ बजे उम्मेदवारहरूको प्रथम सूचि प्रकाशन गरिनेछ भने सोही दिन १० बजेदेखि बेलुकी ५ बजेसम्म उम्मेदवारहरू विरूद्ध दावी विरोधको उजुरी दिन सकिनेछ । सोही दिन राती १० बजे भित्रमा उम्मेदवारी फिर्ता लिन सकिने छ भने १४ जुलाइको बिहान ११ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरिनेछ ।

निर्वाचन आयोगद्वारा प्रकाशित अर्को सूचना अनुसार उम्मेदवारहरूको उम्मेदवारी शुल्क समेत सार्वजनिक गरिएको छ जस अनुसार अध्यक्षदेखि सदस्यसम्म विभिन्न शुल्क तोकिएको छ । एनसीसी अध्यक्ष पदको उम्मेदवारी दर्ता गर्नको लागि २५० केडि शुल्क तोकिएको छ भने एवंरितले अन्य पदहरूमा घट्दो क्रममा उम्मेदवारी शुल्क तोकिएको छ ।

आज नै प्रकाशित अर्को सूचना अनुसार एनसीसी कुवेतको २०२३-२०२५ कार्यकालको लागि जम्मा १५१६ जनाको पञ्जिकृत सदस्यता नामावली प्रकाशित गरिएको छ ।

विस्तृत विवरणको लागि निर्वाचन समितिबाट प्रकाशित सूचनाहरू हेर्नुहोसः



सम्बन्धित शीर्षकहरु

कुवेत - नेपाल कुवेत सरोकार समाजको पाचौं सांगीतिक धमाकाको सम्पूर्ण तयारी पूरा भएको छ । नेपालका राष्ट्रिय ख्याति प्राप्त कलाकार…

सहकारी ठगी प्रकरण छानबिन गर्न बनाउने भनिएको संसदीय समितिको कार्यादेश तय गर्न गठित कार्यदलको बैठक आज बस्ने भएको छ ।…

एजेन्सी- इजरायलले आफ्नो सेना रफाहमा आफ्नो कारबाहीको दायरा थप विस्तार गर्न प्रतिबद्ध रहेको बताएको छ । इजरायलका रक्षामन्त्री योभ गालान्टले…

प्रतिकृयाहरू
...