Thursday 8th October 2026

यस वर्ष ११ खर्ब १२ अर्ब भन्दा बढि रेमिट्यान्स भित्रियो


वैदेशिक रोजगारीबाट भित्रिने रेमिट्यान्स गतवर्षको तुलनामा यस वर्ष वृद्धि भएको छ । गत साउनदेखि जेठसम्मको ११ महिनामा ११ खर्ब १२ अर्ब ५२ करोड रेमिटेन्स भित्रिएको छ। वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै रेमिट्यान्स पनि बढेको हो ।

नेपाल राष्ट्र ब्यांकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा रेमिटेन्स बढेको देखिएको छ। यस वर्ष गत वर्षको सोही अवधिको तुलनामा २२.७ प्रतिशतले वृद्धि भएको हो। गत वर्ष यो अवधिमा रेमिटेन्स ४.१ प्रतिशतले मात्रै बढेको थियो।

त्यस्तै, अमेरिकी डलरमा रेमिटेन्स १३ प्रतिशतले बढेर आठ अर्ब ५१ करोड पुगेको छ। यसै अवधिमा गत वर्ष १.८ प्रतिशतले मात्रै बढेको थियो।


सम्बन्धित शीर्षकहरु

भारतीय चलचित्रका चर्चित अभिनेता नाना पाटेकर को ७५ वर्षको उमेरमा निधन भएको छ। परिवारका अनुसार उनलाई गोवास्थित आफ्नै घरमा अचेत…

इथियोपियाको उत्तरी टिग्रे क्षेत्रमा फेरि तनाव बढेको छ। स्थानीय बासिन्दाहरूका अनुसार इरिट्रियाली सैनिकहरू सीमा पार गरेर टिग्रे क्षेत्रभित्र प्रवेश गरेका…

अमेरिकामा मृत्युदण्ड पाएकी क्रिस्टा पाइक नामकी महिला असफल मृत्युदण्ड प्रयासपछि अस्पतालमा होसमा आएकी छन्। उनका वकिलका अनुसार होस खुल्दा उनी…

प्रतिकृयाहरू
...