Tuesday 13th October 2026

समाधान भएन मिटरब्याज पीडितको समस्या, पीडितहरू फेरि धर्नामा


मिटरब्याज पीडितहरूको समस्या समाधान गर्न विधेयक ल्याएको सरकारले संसद अवरूध्द भइ विधेयक पारित नभएपछि समस्या झन बल्झिएको छ । मिटरब्याजसम्बन्धी अध्यादेश निष्क्रिय भएपछि पुनः संघर्षका लागि काठमाडौं आइपुगेका पीडितहरूले नयाँ बनेश्वरमा धर्ना सुरु गरेका छन् । सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहटलगायका जिल्लाका विभिन्न क्षेत्रका पीडित संगठित भएर काठमाडौं आइपुगेका हुन् ।

अध्यादेशसम्बन्धी नयाँ कानुन निष्क्रिय भएलगत्तैबाट उनीहरूले आआफ्ना जिल्ला सदरमुकाममा धर्ना र प्रदर्शन सुरु गरेका थिए । फेरि न्याय माग्दै उनीहरू शनिबार काठमाडौंका लागि हिँडेका थिए । पीडितले यससम्बन्धी कानुन छिटो पास गर्न माग गरेका छन् ।

सरकारले अध्यादेश जारी गरेको ६० दिनभित्र संसद्बाट प्रतिस्पधापन विधेयक पारित गरिसक्नु पर्ने भए पनि पछिल्लो दिन विपक्षी दलहरूले लगातार संसद् अवरोध गर्दा अध्यादेश निष्क्रिय हुन पुगेको हो । कानुन नै निष्क्रिय भएपछि दबाब दिन आएका करिब एक हजार पीडितमा अधिकांश महिला, जेष्ठ नागरिक छन् । मिटरब्याज पीडितहरूले गत चैतदेखि न्याय माग्दै आएका छन् । उनीहरू शुरूमा महोत्तरीको बर्दिवासबाट पैदल हिँडेर काठमाडौं आएका थिए ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाइदिने नाममा ठगी गरिएको प्रकरणको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ।…

भारतमा मतदाता सूची संशोधनलाई लिएर विवाद बढ्दै गएको छ। विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको दललाई फाइदा पुग्ने गरी मतदाता सूचीबाट…

अजरबैजान सरकारले विद्यालयमा धर्मनिरपेक्ष पोसाक नियम लागू गर्दै हिजाब लगाउन अप्रत्यक्ष रूपमा रोक लगाएपछि देशभर विरोध प्रदर्शन सुरु भएका छन्।…

प्रतिकृयाहरू
...