Wednesday 19th August 2026

न्यायलयलाइ हेर्ने नजरिया परिवर्तन होस


निशा पाण्डे – अव न्यायपालिका चाहिदैन?कि अब न्याय नै चाहिदैन?कि काला कोट लगाउने वकिल नै तिमीलाई चाहिदैन ? भन् ढुक्क भएर भन पैसा कमाउने उद्योग तिमीले अदालतलाई देख्छौ भने त्यो तिम्रो गल्ति हो । मेरो हैन एक बोरा चामलमा एउटा बियाँ हुनु र एउटा बोरा आलुमा एक दुइवटा कुइएको पर्नु त्यो स्वाभाविक हो ।

कार्यपालिकाका नेताहरुले शक्तिको दुरुपयोग गर्ने र न्यायापालिका भ्रष्टाचारको अखडा भयो । तिमीहरुले गरेको अपराध लुकाउने ठाउँ है न नि अदालत। तिमी नराम्रो पक्ष हेर्छौ हामी राम्रो हेर्छौ । ति दुइ चार जना भ्रष्टाचारीको बिचमा मैले सयौ राम्रा वकिल देखेकी छु ।अब भन म ति सयौ वकिललाइ ति दुइ तिन वकिलको अगाडि लात मारौ? राजतन्त्र हटाएको नाटक गरेर प्रजातन्त्र र गणतन्त्रको देखावटी देखाएर कुलीनतन्त्र भित्राउनेको जवाक कसले दिने? कुलीनतन्त्र र गणतन्त्र बिचको फरक हामीलाइ नै थाहा छैन सायद ?

कालो कोट माथि प्रश्न उठाउने अधिकार छैन कसैलाई । कालोलाइ सेतो र सेतोलाइ कालो गराउने काम वकिल को हैन सेतोमा लागेको कालो दाग हटाउने काम हो वकिलको हो । थाहा छ अझै पुराना पुस्ता छन जसलाइ अदालत प्रति बिश्वाश छ अदालतलाई देखेर शिर निहुराउने पुस्ताले गरेको विश्वाश र अहिलेको न्यायपालिकाको हालत देखेर नराम्रो लाग्छ। लाखौ विदेश जानेको बिचमा न्यायपालिकाको परिवर्तनको आश राखेर हामी न्याय क्षेत्रमा छिरेका हौ। थाहा छ न्यायमा तल माथि भएको, थाह छ बिस्तारै अदालतबाट विश्वास उडेको, थाहा छ लाखौ अपराधीहरु खुलेआम हिडेको पनि । भनि सके नि एउटा चामलको बोरामा एउटा बियाँ नाफाले दातमा लाग्नु स्वाभाविक हो त्यसको मतलव सबै बोराको चामल नै खराव भन्न मिल्दैन कि । हामी पनि न्यायपालिकाको परिवर्तनको आशा बोकेर विदेश नगई स्वदेश रोजेका हौ न त ६ तले घरमा बस्ने, न त कालो कार चड्ने सपना बोकेर हिडेका हौ । यहाँ पढेर सक्ने गरि को समयमा विदेश गएर कमाउन सक्छौ। गाडी किन्ने सपना पुरा गर्छौ नराम्रो लाग्छ, दुइ चार जनाले गर्दा पेशामा नै तुच्छ शब्द प्रयोग गरेपछि। हामीलाई मात्र नभएर हाम्रो परिवारले नै हाम्रो भविष्य अन्धकार देख्नु राम्रो नै हो । न्यायपालिका र राजनीतिलाइ आलिकती टाढा राखिदेउ ।

नेपालको संविधान २०७२ को धारा १०१ मा भएको महाअभियोग र हाम्रो माननीय न्यायधिसहरुलाई लागेको महाभियोगमा फरक छ । हाम्रो माननीय न्यायदिशललाई लागेको महाभियोग राजनीतिक खेल हो भन्दा फरक नपर्ला कि ? बारम्बार भएका ति अन्याय सुन्दा नराम्रो लाग्छ तर न्यापालिकालाई नै प्रश्न उठाउने अधिकार कसले दियो तिमीलाई? तिम्रो देश परिवर्तन गर्ने राजनीति र मिडिया न्यायपालिकाबाट टाढा राख अनि हेर न न्यायापालिका कस्तो बन्नेछ । न्यायपालिका कति कुरामा चुकेको छ स्पष्ट रुपमा देखिन्छ तर कतिपय कुरामा राम्रो पनि त छ नि है न र? हरेक कुराको राम्रो र नरम्रो पक्ष हुन्छ। न्यायपालिकाको लागि खट्ने धेरै छन,न्यायपालिकाको परिवर्तनको आशा देख्ने धेरै छन, तिमीले काला कोटे भन्छौ भने भन तर हाम्रो लागि न्यायपालिका मन्दिर हो। याद गर सबै राम्रो कुरा सत्य र सबै सत्य कुरा राम्रो हुदैन । आफ्नो बिचार दिन पाउछौ तर कालो कोट र न्यायपालिका माथि नै जथाभावी भन्न पाउदैनौ अनि तिम्रो हेर्ने नजरियाले राजनीति र न्याय छुटै रूपमा हेर्ने गर । कार्यपालिका र न्यायपालिका फरक हो । यतिका समयसम्म बिग्रिएको न्याय बनाउन समय लाग्छ आलिकति धैर्य राखिदिनु परिवर्तन हुने छ । अब न्यायपालिकाको परिवर्तन हाम्रो पुस्ताको जिममेवारी । यो भन्दैमा फेरी हामीलाई पुरानो पुस्ता चाहिदैन भनेको हैन ति । अनुभवीको हात पनि चाहिन्छ संगै अब न्यायपालिकाको परिवर्तन पनि हामीलाई चाहिन्छ।

निशा पाण्डे
पाल्पा, तान्सेन
BLlB


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी: कुवेतका दुई प्रतिष्ठित संस्थाहरू मुजैनी एक्सचेन्ज (Al Muzaini Exchange) र कुवेत एयरवेजबीच संयुक्त सहकार्य प्रोटोकल (Memorandum of Understanding)…

इजरायलले उत्तरपश्चिमी सिरियाको अबु अल–दुहुर (Abu al-Duhur) सैन्य हवाई अड्डामा हवाई हमला गरेको छ। सिरियाली सरकारी स्रोतका अनुसार रनवे र…

कुवेत — प्रवासी नेपाली मञ्च, राष्ट्रिय कमिटी कुवेतले आफ्नो पाँचौं अधिवेशन आगामी २१ अगस्ट २०२६, शुक्रबार आयोजना गर्ने भएको छ।…

प्रतिकृयाहरू
...