Sunday 15th March 2026

मलाई सरकारसँग गुनासो छ


निशा पाण्डे – आमाले सधैं भन्नुहुन्थ्यो, यो देशमा बसेर केही हुदैन । हजुरले देशको लागि केही गर्नु भयो र? मेरो जवाफ येहि हुन्थ्यो । तर आज म आमा यो देशमा बसेर केही हुदैन भनेर म भन्दै छु। १२ सकियो अब के गर्ने त ? मलाई सोधिएको प्रश्न यहि थियो । विदेश जानेको भिडमा म एउटा व्यक्ति थिए जो विदेश जाने सोच कहिल्यै भएन । नेपालमै केही गर्ने सोच भएर परिवारलाई कानुन पढ्न मनाएको थिए । खासमा मैले कानुन पढ्नुको उदेश्य नै न्यायपालिकाको परिवर्तन थियो ।सरुवात नै यहि सोचेर गरेको थिए ।

चौध वर्ष भएछ आमालाई विमानस्थलबाट हात हल्लाउँदै पठाएको । यो पाली हासी हासी बिदा गर्छु भन्ने आट जिद्दीले हार मानेका थिए । कमाउने उमेर भएकी छोरि नगएर आमालाई किन परदेशिन बाध्य बनाएकी त ? म यसको जवाफ पनि दिन्छु। एउटा गाउँमा एक छक खान धौ धौ हुने मेरी आमाले छोरीले आकाश छुने बिश्वास लिएर आफू खाडी पसेकी हुन। आमा अब त फर्किनु भन्दा तैले पढे्र सके सि फर्किन्छु नि नानी । अब मैले पढे्र सक्ने कैले त ? अझै पूरा पाँच बर्ष त पढ्न छ। त्यस पछी म विदेश जान नपर्ने हो त ? पैसा र पावरले पुग्ला त मिहिनेतको फल खान ? यहि आएर बस्नु आमा भनु सपना यहि अन्त्य हुन्छ। आमा आउनु न अब भन्दा मैले जस्तो दुःख तैले भोग्न नपरोस नि नानी । विदेश जाने होइन यहि केही गर्छु भन्ने यो देशको एउटा नागरिक र न्यायपालिकाको एउटा खम्बाले आज विदेश किन गएन भनेर पछुताउन बाध्य भएको छ। अब सपनाहरू के हो त मेरो? न्यायपालिकाको परिवर्तन म एक्लैले होला त? आझै पाँच वर्ष पढ्न पर्छ के आझै पाँच वर्ष मैले मेरी आमालाई विमानस्थलबाट हात हल्लाउ त?

अब १२ सकेर बस्नेले के गरम भनेर सोधे के सल्लाह दिउँ त? बस् देशमै जा तिम्रो भबिस्यको केही टुंगो छैन । लाखौ खर्च गरेर पढ् अनि फेरि लाखौ खर्च गरेर विदेश जाउ? कि अब पढ्न विदेश जाउ यो देशमा केही छैन । भखरै १० सकेर बसेको भाइ १२ पढे सि विदेश जाने रे म के आधारमा उसलाइ रोकम ? यसलाई रहर भन्दा बाध्यता भनौ । म आफैलाइ पछुतो भएको छ किन गएन त विदेश ? किन विदेशिइन त म यो पछुतो भारी सँगै सपनाको भारी काधमा बोकेर हिणेकी छु। थाहा छैन यो भारी बोकेको काँधसँगै जिवन कति बेला थाक्छ भन्ने।

नेपालको संविधान २०७२ को धारा ३१ को उपधारा २ मा सबैको आँखा जाओस् । कतिपय परिवारले महल मागेको हुदैन। आफ्नो भन्दा बढी आफ्ना छोरा छोरीले राम्रो शिक्षा प्राप्त गरून । सहज स्वास्थ सेवा होस र मुलुकमै रोजगारीको अवसर होस भन्ने चाहन्छन् । यस विषयमा सरकार गम्भिर भएर लागि पर्ने र आलिकती सरकारको साथ, सहयोग र सपोर्ट हुने हो भने परदेशिन आदि कम हुने थिए । अब आमालाई आराम दिनु छ, भाइको अभिभावक भएर हिड्नु छ तर कसरी त ? अब सपना त्यागेर विदेश जाउ कि आमालाई विदेश पठाएर म सपना पूरा गरु ? यसैको जवाफ खोज्दा खोज्दै हार मानेकी छु
। माफ गर्नुहोस मसँग सुझाव माग्नेका लागि नेपालमै केही गर्न सकिन्छ भनेर भन्न सक्ने हिम्मत छैन । झाडु पोछा गर्दा गलेकी मेरी आमालाइ देखेर फेरि अर्की आमा गलेको हेर्न सक्ने क्षमता छैन म मा।

पाल्पा, तानसेन
नोटः पंतिकार हाल बी.एल.एल.बी. अध्ययन गर्दै छिन ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं — Non-Resident Nepali Association (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा महाधिवेशनमा ४ हजार २८६ प्रतिनिधि सहभागी हुने भएका छन्।…

गैरआवासीय नेपाली संघको यही मार्च १४–१६, २०२६ मा सम्पन्न हुन गइरहेको १२औँ एकता अन्तर्राष्ट्रिय महाधिवेशनमा कुवेतबाट मध्यपूर्व संयोजक पदका लागि…

इजरायली सेनाले लेबनानको लिटानी नदीमाथिको जरारीह पुलमा प्रहार गरेको बताएको छ किनभने यो हिज्बुल्लाहले प्रयोग गर्ने प्रमुख क्रसिङ थियो, यसले…

प्रतिकृयाहरू
...