चित्रमा पञ्चाङ्ग
===========
भाग: ६९
पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १
मिति : २०८०/०३/१२
प्रशिक्षक :
———–
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण
————————-
चन्द्रवती अधिकारी
चित्र सङ्कलन
———————–
सामाजिक सञ्जाल
समायोजक
—————–
सविता के.सी.
आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार ।
हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको उनान्सत्तरियौँ शृङ्खलामा छौँ । यस शृङ्खलामा दिइएको चित्र अनुसारको बिम्बात्मक तथा गहन र मौलिक भाव झल्किने आफ्नो मनले देखेको पञ्चाङ्ग आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध छ ।
नोट : संयोजन गर्न सहज हुने भएकोले कमेन्ट बक्समा नाम र ठेगाना सहित पञ्चाङ्ग लेख्नुहुन अनुरोध छ ।
चित्रमा पञ्चाङ्ग
===========
पञ्चाङ्ग १
मांसाहारी श्रीमानकी पत्नी शाकाहारी छ
मिलिजुली बस्नुपर्नेमा खबरदारी छ
आफ्नो हुने मौलिकता परिवार देश यो
सिको लिनुपर्ने छिमेकीको वारिपारि छ
रमाउने खनी खोस्री यो करेसा बारी छ ॥
तिलकप्रसाद लुइटेल, काठमाडौँ
पञ्चाङ्ग २
कालो, सेतो अनि झालेमाले भाले
तरकारीले बनेको यो कस्तो खाले भाले
भाग्यमा भए सुन फल्छ भन्थे बोटमा पनि
रातो सिउर, सोचेजस्तो भएन काले भाले
यस्तो हुँदोरहेछ ब्रोकाउलीले टाले भाले ।
सविता के.सी, दक्षिणकाली-९, काठमाडौँ ।
पञ्चाङ्ग ३
एक मन शाकाहारी बन्छु भन्छ
अर्को मन कन्दमूल खन्छु भन्छ
सबै चिज चाहिन्छ शरीरलाई
सन्तुलित बन्ने दिन गन्छु भन्छ
आखिर जे पर्छ त्यै सहन्छु भन्छ ।
प्रेम थापा “मन”बागलुङ
पञ्चाङ्ग ४
हरियो परियो खाएको भाले तिमीलाई
खुल्ला कैद नगरिएको खाले तिमीलाई
गाउँ घरमा पाइने अर्गानिक लोकल हो
सुत्केरीमा खुवाउनु भन्या बाले तिमीलाई
त्यसै मुताबिक यो कदम चाले तिमीलाई ।
प्रदीप के रिमाल ।
पञ्चाङ्ग ५
मासाहारी बन्नु रहर भन्दापनि कर बन्यो
बिषाक्त आयातित् धेरै तरकारि जहर बन्यो
निरोगी हुनलाई अर्गनिङ्ग खानपान हुन्छ
पुँजीको प्रतिसपर्धा नै सबैको सफर बन्यो
मासाहारीले गर्दा समाज नै झर झर बन्यो ।
सुरेशकुमार पाण्डे दाङ घोराही १८
पञ्चाङ्ग ६
गोभीमा चित्र भालेको बिचित्र देखियो
प्राकृतिक सौन्दर्यको सचित्र देखियो
प्राकृतिक चित्र पनि बिचित्र छ यहाँ
सारा चित्रमा पर्दा छोप्ने मित्र देखियो
भाले रुप गोभीको यहाँ चित्र देखियो ।
शिव कुमार रेग्मी
पोखराथोक,पाल्पा
पञ्चाङ्ग ७
कुखुराले अब मासु होइन शाकाहारी खानु भन्छ
मेरो जिउबाट मासुको सट्टा तरकारी लानु भन्छ
तिमीहरूको स्वादको लागि मैले सधैं मर्नु पर्ने हो?
मासु पसल होइन पोषिलो खान खेत जानु भन्छ
मेरी सानी छोरीलाई अब मासु नखानु नानु भन्छ ।
नवराज भट्ट
कञ्चनपुर
पञ्चाङ्ग ८
पिरतीले बेर्ने दृष्टि फरक हो
गुलाफले घेर्ने दृष्टि फरक हो
सुख अनि दु:ख चल्छ जीवनमा
समयले फेर्ने दृष्टि फरक हो
यो संसार हेर्ने दृष्टि फरक हो ।
– आर्त अकुलीन, कैलाली
पञ्चाङ्ग ९
फागुनमा भालेले ब्रोकाउली खाएको जस्तो छ
भालेलाई पनि त साउन लायको जस्तो छ
साउनमा जता हेरे पनि हरियो देखिन्छ
हरियो लुगा लगाइ गित गाएको जस्तो छ
साउनमा मात्र शाकाहारी भएको जस्तो छ ।
धनमाया चौधरी कैलाली
पञ्चाङ्ग १०
दृष्टि न हो तरकारीमा देख्यो भाले उसले
कस्तो हेर दुरुस्त नै खाने खाले उसले
मनपर्ने सबैलाई उही झिलिमिली
त्यसैले त बनाएछ झालेमाले उसले
किन पर्यो गर्न अब आलेटाले उसले ।
पञ्चाङ्ग ११
तिमीले महल सोध्छौ मेरो झुपडी टालेको छ
न रोकिन्छ पानी खञ्जरले उस्तै त गालेको छ
कल्पनाका रातहरू टायर जस्तै हुन थाले
लगाएर जमिन माथि पो उसले पालेको छ
उन्नत जात शाकाहारी ठूलो चर्चा भालेको छ ।
डिल्ली राज घिमिरे
भूमिका स्थान ९
अर्घाखाँची
पञ्चाङ्ग १२
भालेमा पनि देखियो कला यो कति राम्रो
शाकाहारी खानाले बन्छ स्वास्थ्य अति राम्रो
हरियाली प्रकृति जहाँ पनि राम्रो हुन्छ
मांसहारी बन्दैन शाहाकारी जति राम्रो
मांसहारले गर्दैन स्वास्थ्यको मति राम्रो ।
शोभा आचार्य गौतम
काठमाडौँ
पञ्चाङ्ग १३
आआफ्नो रोजाईको जीवन धान्छन् मान्छे
कोही मासु कोही सागपात खान्छन् मान्छे
किमार्थ खुसी ,सुख अनि शान्तिको लागि
कामना गरी मन्दिर पनि जान्छन् मान्छे
मन मार्दैनन् आनन्द पनि छान्छन् मान्छे ।
#पृथक प्रकृति
झापा
पञ्चाङ्ग १४
मासु र साग पातमा फरक छ
जीउ, खुट्टा र हातमा फरक छ
खाएर मात्रै एक पटक हेरौं
यिनी दुवैको जातमा फरक छ
स्वादको झन मातमा फरक छ ।
पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती न.पा.-३,काभ्रे
पञ्चाङ्ग १५
कहिले गोरे त कहिले काले देखियो
देशका नेताहरू झालेमाले देखियो
विज्ञान र प्रविधिले नयाँ रूप लिँदा
हरेक वस्तु नव नव खाले देखियो
तरकारीको यो अनौठो भाले देखियो ।
श्रीकृष्ण शर्मा पोखरा
हाल: घान्द्रुक
पञ्चाङ्ग १६
प्राणीको हत्या नगरे हुन्छ स्वर्गमा जान त
हरिया चीज जुटाए पुग्छ स्वादिलो खान त
मासु नै खानु पर्दछ भन्ने क्यै छैन बाध्यता
काउली अनि कुरिला किन्न इज्यत ठान त
तिनैमा पनि आफूको निम्ति उत्कृष्ट छान त ।
घनश्याम पौडेल, पोखरा
पञ्चाङ्ग १७
माछामासु भन्दा धेरै सागपात खानु भन्छ
बिहान मिठो हावा खादै वाकिङ जानु भन्छ
हरियो परियो धेरै खाई निरोगी बन्नु है
पौरख गरेर सधैँ आफ्नो खानु मानु भन्छ
साग खाऊ अर्काको ज्यान नखाऊ सानु भन्छ ॥
गुणनिधि घिमिरे अमेरिका
पञ्चाङ्ग १८
माछा मासु भन्दा हरियो परियो खानु भन्छ भालेले
यो मनलाई सधैं साग सब्जीमा लानु भन्छ भालेले
साकाहारी बन्यो भने हाम्रो आयु पनि लम्मिन्छ भन्छन्
बजार जाँदा काउली भए तिर जानु भन्छ भालेले
अर्काको ज्यान पनि आफ्नो जस्तो नै ठानु भन्छ भालेले ।
सरस्वती श्रेष्ठ इटहरी
पञ्चाङ्ग १९
प्राण भरी हिड्यो हेर तरकारी भाले
कति धेरै सुहाएको सरकारी भाले
दुई खुट्टा रातो सिउँर हरियो पो जिउ
हेर्दै खेरी लोभलाग्दो रैछ भकारी भाले
चढाउँछन् कोहीले यसलाई चाकरी भाले ।
सरिता काफ्ले कोहलपुर ८ पिपरी बाँके
पञ्चाङ्ग २०
आजकल त कुखुरामै शाकाहारी भेटिन्छन् सधैँ
पोषण छ छैन हुन्न बास्नाले मन रेटिन्छन् सधैँ
कोही भन्छन् हेर साह्रै गनायो खानेचीजको गन्ध
बिहानै बेलुका दुईपिस नहुँदा लेटिन्छन् सधैँ
अरुचिज नभए हुन्छ यसमै मरिमेटिन्छन् सधैँ ।
जमुना आचार्य सिन्धुपाल्चोक
पञ्चाङ्ग २१
यो भाले देख्दा दुनियाँ हाँस्छ होला
मिठासे जिब्रोमा स्वाद टास्छ होला
कल्पनामा जन्मन सक्छ अद्भुत
काउलीको भाले पनि बास्छ होला
यस्ले अरु बाली सबै मास्छ होला ।
बिबस पारदर्शी
झापा,
पञ्चाङ्ग २२
ढुङ्गा माटोले बनेको घरमा खरले छाएको बेस
सुटबुटमा ठाटिनु भन्दा आफ्नै भेष लाएको बेस
बुद्धले भनेकै छ नि अरुको हिंसा कहिल्यै नगर्नु
कृषिप्रधान देश हरियो साग सब्जी खाएको बेस
आफ्नै मातृभुमीको यी पाखा पखेरामा धाएको बेस ।
-पशपती राई खोटाङ ।
पञ्चाङ्ग २३
मलाई हैन साग सब्जी नै खानु भन्छ भाले
मन हरियो परियो तर लानु भन्छ भाले
मानिसहरुको जस्तैः ज्यान हो हाम्रो सोच्नुस् त
मासु भन्दा काउली तर पो जानू भन्छ भाले
सबै प्राणीलाई आफू जस्तै ठानु भन्छ भाले ।
दुर्गा भट्टराई
मोरङ
पञ्चाङ्ग २४
धेरै दिनसम्म रहला नरहला हेर्नू
तर दिनुपर्छ यसलाई हौसला हेर्नू
साग तरकारीबाट पनि भाले निर्माण
महोदय,ओ हो हो कति राम्रो कला हेर्नू
देखा’का छन समयले नपर्खला हेर्नू ।
प्रदिप नेपाली,पर्वत।।
पञ्चाङ्ग २५
साग सब्जीको यस्तो भाले बनाइयो
अनौठो हन कुन खाले बनाइयो
सबै पदार्थ एकै ठाउँमा देखिन्छ
ज्ञान बाडेर होला ढाले बनाइयो
हेर्न नै भएपनि माले बनाइयो ।
अच्युत घिमिरे भुटान