Wednesday 30th July 2025

चित्रमा पञ्चाङ्ग, भाग-६८


चित्रमा पञ्चाङ्ग
===========
भाग: ६८
पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १
मिति : २०८०/०३/०५
प्रशिक्षक :
———–
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण
————————-
चन्द्रवती अधिकारी
चित्र सङ्कलन
———————–
सामाजिक सञ्जाल/गुगल
समायोजक
—————–
सविता के.सी.
आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार ।
हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको सत्सठ्ठीअौँ शृङ्खलामा छौँ । यस शृङ्खलामा दिइएको चित्र अनुसारको बिम्बात्मक तथा गहन र मौलिक भाव झल्किने आफ्नो मनले देखेको पञ्चाङ्ग आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध छ ।
नोट : संयोजन गर्न सहज हुने भएकोले कमेन्ट बक्समा नाम र ठेगाना सहित पञ्चाङ्ग लेख्नुहुन अनुरोध छ ।
चित्रमा पञ्चाङ्ग
===========
पञ्चाङ्ग १
खण्ड खण्ड थिए राज्य, एक कसले बनायो
इतिहास पल्टाएर हेर खसले बनायो
दुख्छ मन वास्तविकता हेर्दा मान्छेहरूको
सुगौलीमा टुक्रा दिई चुप जसले बनायो
लोभ लाल्सा भन्ने चिज के को रसले बनायो ।
सविता के.सी., दक्षिणकाली-९, काठमाडौँ ।

पञ्चाङ्ग २

पुर्खाले आर्ज्याको माटोमा रमाएर
बाँच्नुछ खुसीले बाटोमा रमाएर
ग्रेटर नेपालको समर्थन गरौँ
विकासको हामी पाटोमा रमाएर
जे फल्छ त्यसैको आँटोमा रमाएर ।

-पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती न.पा.-३,काभ्रे

पञ्चाङ्ग ३

यथार्थ भन्दा हाम्रो देश विशाल थियो
अखण्ड मधेस पहाड हिमाल थियो
टिष्टा देखि सतलज सम्म फैलिएको
हाम्रो ठुलो देश ग्रेटर नेपाल थियो
पस्योदुष्ट किन की सुन्य पर्खाल थियो ।

सुरेशकुमार पाण्डे दाङ घोराही

पञ्चाङ्ग ४

वीर नेपालीको थर सम्झेको छु
शीतल पिपल बर सम्झेको छु
पुर्खाले कोरेका मेरा सीमा रेखा
ढुङ्गा र माटोको भर सम्झेको छु
माटो सम्झेको छु घर सम्झेको छु ।

– आर्त अकुलीन, कैलाली

पञ्चाङ्ग ५

पूर्खाले स्थापना गरेको अस्तित्त्व बचाउन उठौँ
राष्ट्रप्रेमीलाई अडिग बनाइ सघाउन उठौँ
लाचार भएर जिउँदै मरि , कति बस्छौ जनता
शिर उठाइ शोषकलाई डाँडा कटाउन उठौँ
चेतनाको ढोका खोल्ने अभियान जगाउन उठौँ ।

प्रेम थापा “मन”बागलुङ

पञ्चाङ्ग ६

आफ्नै देशको माटोमा बनेको घर राम्रो
यो जन्म भुमिका एक अर्कोमा भर राम्रो
आफ्नै देश नेपालको नक्सा कति राम्रो छ
पुर्खाले नै दिएको अनगिन्ती थर राम्रो
वरपर लगाएको पिपल,बर राम्रो ।

शोभा आचार्य गौतम, काठमाडौँ

पञ्चाङ्ग ७
खुकुरी र खुडा बोकेर लड्नु पर्छ अब
चेतनाको राँको बालेर भिड्नु पर्छ अब
जागौँ जागौँ सबै जन देश बचाउन
मातृभूमिको भूमि सबै जोड्नु पर्छ अब
वैरीको शिर खुकुरीले गाड्नु पर्छ अब

सरिता काफ्ले कोहलपुर ८ पिपिरी बाँके

पञ्चाङ्ग ८

हाम्रो सीमा सार्नेलाई हामी रोक्न पनि सक्छौँ
सम्झाउॅदा नमानेमा गोली ठोक्न पनि सक्छौँ
मातृभूभि नेपालको रक्षानिम्ति पर्यो भने
लिपुलेक कालापानी भनी तोक्न पनि सक्छौँ
चन्द्रसूर्य रातो झण्डा काँधैभरि बोक्न सक्छौँ ।

घनश्याम पौडेल, पोखरा

पञ्चाङ्ग ९

देशलाई जसरी हामीले बचाउनुपर्छ अब
हातेमालो गर्दै एकाएक सघाउनुपर्छ अब
जसो जसो बराजु उसोउसै हुनुहुँदैन नाति
सारा युवाहरुलाई राम्रो जगाउनुपर्छ अब
बैरीको किल्ला नै त्यहाँबाट हटाउनुपर्छ अब ।

सरस्वती श्रेष्ठ इटहरी

पञ्चाङ्ग १०

टुक्राटुक्रा बटुलेर पृथ्वीनारायणले बनाएको देश
आधा भन्दा धेरै गुम्यो छ अलिकति बचेको देश
अबको लडाइँ ग्रेटर नेपालको लक्ष्यमा नै हुनुपर्छ
टिष्टा देखी सतलजसम्म सर्लक्क फैलिएको देश
छिमेकीको गिद्धेनजरले अस्थिपन्जर भएको देश ।

प्रदीप के रिमाल
इटहरी,कोशी प्रदेश ।

पञ्चाङ्ग ११

जिस्क्याउँछ घरिघरी किन दुश्मनले
गर्छ सधैँ मनपरी किन दुश्मनले
सधैँ हाम्रो भूमिमाथि धावा बोलिरह्यो
मान्छ आफ्नै धनसरि किन दुश्मनले
सधै छल गरीगरी किन दुश्मनले ।

चन्द्रावती अधिकारी
कोहलपुर बाँके

पञ्चाङ्ग १२

पहिला अस्पताल आउँछ
अनि अर्कै सवाल आउँछ
देश सबै बेचेर खाथ्यौ नि
यी ओइरो नेपाल आउँछ
नेता ज्यु तिम्रो काल आउँछ ।

प्रदिप नेपाली,पर्वत ।।

पञ्चाङ्ग १३

पूर्वमा टिस्टा पश्चिममा काङ्गडासम्म थियो नेपाल हेर नेता
भारतले कु-दृष्टि हालेर भूमीलाई लियो नेपाल हेर नेता
नेपालको बारेमा नबोल्ने नेता हाम्रा हुन यिनै देश द्रोही
भारतीयलाई नै बिस्तारै किस्तामा दियो नेपाल हेर नेता
यस्तै नितिले गर्दा सिमाना सार्नाले खियो नेपाल हेर नेता ।

अखण्ड नेपाललाई नै चुच्चे नक्शा बनायो नेताले
सिमाना मिच्दा मिच्दा हरे फुच्चे नक्शा बनायो नेताले
विस्तारवादी भारतीय यिनकै धाक चल्ने रहेछ
दक्षिणपन्थीले छोडेको बुच्चे नक्शा बनायो नेताले
भारतीय पाइला पार्दै कुच्चे नक्शा बनायो नेताले ।

सोमनाथ लुइटेल “रवि पाल्पाली”

पञ्चाङ्ग १४

पहिलै हाम्रो देश बिशाल थियो
तराई पहाड र हिमाल थियो
पूर्व टिष्टा देखि काँगडा सम्म नै
छिमेकीले सारेको पर्खाल थियो
त्यो नै हाम्रो ग्रेटर नेपाल थियो ।

दुर्गा भट्टराई
मोरङ

पञ्चाङ्ग १५

उन्नयनका लागि सामन्तको फोहोर फालेर आउनु
भ्रष्टको कठालो समाउन दीप बत्ती बालेर आउनु
विदेशीको चाकडी वाज लङ्गडो हुँदा सम्म गर्ने यिनै
गन्धेझार भए उखेली आह्वान गर्दै टालेर आउनु
बिन्ती हाम्रो ग्रेटर नेपालको नक्सा उचालेर आउनु ।

डिल्ली राज घिमिरे
अर्घाखाँची

पञ्चाङ्ग १६

सिंहमेव जयते छिमेकीको धाक छ
सुगौली सँधीमा ठुलै उसको नाक छ
वीर सोझा ती गोर्खालीलाई झुक्याउने
अँग्रेजको मनसुबा झनै नापाक छ
उसको नक्सा कुनैदिन हुनु खाक छ ।

टीकाराम जोशी, टीकापुर ।

पञ्चाङ्ग १७

लेख्नु अगाडी एकचोटि इतिहास पढ्ने गरौ
पढे त प्रेरणा मिल्छ तब अगाडि बढ्ने गरौ
देश निर्माण सरल तरीकाले कहाँ हुन्छ र
जति नै कठोर उकाली भए पनि चढ्ने गरौ
आगोमै होमिनु परे पनि क्यै छैन डढ्ने गरौ ।

-पशपती राई खोटाङ ।

पञ्चाङ्ग १८

नेपालको भूभाग युद्धमा हारेर गयो
केही भूभाग त छिमेकीले सारेर गयो
नेपाल कति ठुलो रहेछ नक्सा हेरौं त
सधैं रोटी बेटी भन्दै मान्छे मारेर गयो
लिपुलेक धुरा जबर्जस्ती तारेर गयो ।

नवराज भट्ट
कञ्चनपुर

पन्चाङ्ग १९

कस्तो थियो देशको नक्सा कस्तो बनाए
भित्र भित्रै भु- भाग बेचे सस्तो बनाए
रातारात सिमाना सार्दैछ छिमेकिले
दलाल नेताले गुलाम जस्तो बनाए
देश बेचेर आफ्नो बन्दोबस्तो बनाए ।

वसुन्धरा चौहान,सुनिता
गौरादह न पा-२ झापा
हाल-काठमाडौँ ।

पञ्चाङ्ग १९

नाम बेचेर काम रत्याउने कस्ता मान्छे
राज्य चुसेर दाम हत्याउने कस्ता मान्छे
परजीवीको रूङ्कप धारण गरेर हो कि
कस्तो अनौठो आम पत्याउने कस्ता मान्छे
सोझा जनता घाम लत्याउने कस्ता मान्छे ?

होम प्रसाद नेउपाने
धरान,सुनसरी ।


सम्बन्धित शीर्षकहरु

सैन्यले आफ्नो परिचालन उद्देश्यहरूलाई मानवीय अनिवार्यताहरूसँग सन्तुलनमा राख्नुपर्छ, जसमा भोकमरी रोकथाम र नागरिक जीवनको सुरक्षा समावेश छ। एकै समयमा धेरै…

नेपाल पत्रकार महासंघअन्तर्गत क्रियाशील विभिन्न बैदेशिक शाखाहरूले प्रतिनिधित्व र सहभागिताको सुनिश्चिततासहित चारबुँदे माग पेश गर्दै महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्मा…

वाशिंगटन: अमेरिकी अधिकारीहरूले विदेशी हस्तक्षेपको आशंकामा अर्बपति एलोन मस्कको स्वामित्वमा रहेको सामाजिक सञ्जाल X मा फ्रान्सले गरेको आपराधिक अनुसन्धानको शुक्रबार…

प्रतिकृयाहरू
...