चित्रमा पञ्चाङ्ग
===========
भाग: ६७
पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १
मिति : २०८०/०२/२५
प्रशिक्षक :
———–
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण
————————-
चन्द्रवती अधिकारी
चित्र सङ्कलन
———————–
सामाजिक सञ्जालबाट
समायोजक
—————–
सविता के.सी.
आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार ।
हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको सत्सठ्ठीअौँ शृङ्खलामा छौँ । यस शृङ्खलामा दिइएको चित्र अनुसारको बिम्बात्मक तथा गहन र मौलिक भाव झल्किने आफ्नो मनले देखेको पञ्चाङ्ग आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध छ ।
नोट : संयोजन गर्न सहज हुने भएकोले कमेन्ट बक्समा नाम र ठेगाना सहित पञ्चाङ्ग लेख्नुहुन अनुरोध छ ।
चित्रमा पञ्चाङ्ग
===========
पञ्चाङ्ग १
मानिसमा फरकफरक रूप भेटियो
कहिले चिच्याहट कहिले चुप भेटियो
कसको मन छ चोखो यहाँ ? झुटको खेती
धर्म हैन चाप्लुसीमा घुस, धुप भेटियो
पञ्चामृतको धारा त्यो तुपतुप भेटियो ।
सविता के.सी., दक्षिणकाली-९, काठमाडौँ ।
पञ्चाङ्ग २
जस्तो मन उस्तै रूप हुने हो मान्छेको
पीडामा भएपछि मन रुने हो मान्छेको
मान्छेको अनुहार सधैं एउटै हुँदैन
जे जे बोल्यो सबै मनमा छुने हो मान्छेको
बढी गरे आँसुले आँखा धुने हो मान्छेको ।
नवराज भट्ट
कञ्चनपुर
पञ्चाङ्ग ३
जिव एक रूप अनेक भेटाएँ जिन्दगीमा
यिनैलाई हेरेर त शिक्षा पाएँ जिन्दगीमा
विज्ञानले पनि केके देखाउँछ हिंजो आज
यस्तो तस्बिरसँग मित लगाएँ जिन्दगीमा
रहश्य कै आज सन्देश पठाएँ जिन्दगीमा ।
सुरेशकुमार पाण्डे दाङ घोराही १८
पञ्चाङ्ग ४
अवस्थाले देखाउँछ रूप मान्छेको
हासोसँगै आँसु अनि चुप मान्छेको
अस्वीकार्य केही छैन पापी संसारमा
कार्यशैली त्यो लेखाउँछ हुप मान्छेको
रङ्ग उड्छ खरानी पार्छ धूप मान्छेको ।
प्रदीप के रिमाल
इटहरी,कोशी प्रदेश ।
पञ्चाङ्ग ५
मानिस भित्र अनेकौं रुप देखियो धरामा
बनायो कस्ले अचम्म लाग्ने भेटियो धरामा
पृथ्वीमा चित्र बिचित्रै दृश्य यो देख्न पाइन्छ
त्यसैले यस्तो रचना आफैं रचियो धरामा
यथार्थ केहो नबुझी कुरा फसियो धरामा ।
तारा घिमिरे सङ्खुवा सभा
पञ्चाङ्ग ६
बुढापाकाले थोरै बोल्ने धेरै सुन्ने भन्छन्
हेरेर बुझ्ने, नबोली मनले गुन्ने भन्छन्
तर मानव बुझ्न भन्दा धेरै बोल्ने गर्छन्
जुनै काम गर्दा राम्रो नराम्रो चुन्ने भन्छन्
तर अनेक थरी जालहरू बुन्ने भन्छन् ।
शोभा आचार्य गौतम, काठमाडौँ
पञ्चाङ्ग ७
मान्छे एक रुप अनेक देखियो
हेर्दाहेर्दै चुप अनेक देखियो
प्रकृतिको उपहार पो रहेछ
जताततै खुप अनेक देखिन्छ
करोडौंमा रुप अनेकौं देखिन्छ ।
-पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती न.पा.-३,काभ्रे
पञ्चाङ्ग ८
ब्यक्ति एक तथापि अनेक मति उसको
कान थुनेर, मुख खोलेर, खति उसको
जति फुलाउन र फलाउन खोजेपनि
अब त नबुझ्ने कोही छैन गति उसको
एउटै खोरो भित्र मगज कति उसको ?
प्रेम थापा “मन”बागलुङ
पञ्चाङ्ग ९
मान्छेको रुपमा अनेकौं मति देखिन्छ
मै हुँ भन्ने नि अहम्ताको गति देखिन्छ
मरेर ल लाने केहि हैन जिन्दगीमा
तर सधै आपसी द्वन्द अति देखिन्छ
नराम्रो काममा उसको खती देखिन्छ ।
दुर्गा भट्टराई
मोरङ
पञ्चाङ्ग १०
फोटो फ्रेम एक चित्र अनेक छ
पूर्खाको नाममा पित्र अनेक छ
देखाउने चपाउने दाँत बेग्लै
मन दिने एक मित्र अनेक छ
चित्कारमा एक भित्र अनेक छ ।
धनमाया चौधरी कैलाली
पञ्चाङ्ग ११
बसन्तको मैसमले फेर्छ रुप मान्छेको
गुलाबको मुस्कानले हर्छ चुप मान्छेको
आँसु, हाँसो सस्तो भयो पापी यो सन्सारमा
एउटै मान्छे अनेक थरी हुप मान्छेको
देउतालाई नी चढाउने धुप मान्छेको ।
सरिता काफ्लेले कोहलपुर बाँके
पञ्चाङ्ग १२
भाषण मात्र कति सुन्नु सुन्दा सुन्दा दिक्क लाग्ने
पहिले सुन्दा हो कि भन्थेँ अलि अलि ठिक्क लाग्ने
राज्य नीति सम्झिदा खेरि चिच्याएर रुनु जस्तो
अगाडि सम्भावनाहरू छन् कि सम्झ्यो किक्क लाग्ने
हाम्रो देशको नीति हेर्दा सबैलाई हिक्क लाग्ने ॥
गुणनिधि घिमिरे अमेरिका
पञ्चाङ्ग १३
मान्छेको नि बिग्रँदो मतिछ आजभोली
जताततै खती नै खतिछ आजभोली
खै कसो गरी पो सम्हाल्ने हो अब यहाँ
भ्रष्टको चिच्याहट अतिछ आजभोली
देशमा बाङ्गिएको गतिछ आजभोलि ।
सरस्वती श्रेष्ठ इटहरी
पञ्चाङ्ग १४
दया लाग्दो जीउ देखाएपछि सबैको मन छुँदो रैछ
त्यसमाथि देखाएर जीउभरि घाउ क्वा क्वा रुँदो रैछ
आखिर जगाएरै छाड्छ उस्ले मान्छे भित्रको मानवता
तर खासमा उस्ले अर्काको आँसुले पो जीउ धुँदो रैछ
देख्दा सबै एकै मान्छे,भित्र अर्को मान्छे पनि हुँदो रैछ ।
-पशपती राई , खोटाङ ।
पञ्चाङ्ग १५
कस्तो विचित्र खाले मान्छे
घिनलाग्दा यी साले मान्छे
कल्पना भन्दा पनि पर
कस्ता झाले र माले मान्छे
छीःछीः गोरे र काले मान्छे !!
बिबस पारदर्शी
झापा,