“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष २
मिति:- २०८०/०२/२३
………………………………..
प्रशिक्षक:-
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण सुझाव :-
चन्द्रावती अधिकारी
सङ्कलक :- सविता के.सी.
सहजकर्ता :-
(महासचिव)
रामराजा के. सी.
प्रेम थापा “मन”
======================
अनुप्रास : डर्दैन, हर्दैन, टर्दैन, छर्दैन, गर्दैन, पर्दैन, मर्दैन, चर्दैन, छर्दैन, भर्दैन, तर्दैन, सर्दैन, झर्दैन आदि मिल्दो ।
स्थायी :- मिल्ने किसिमको ।
अक्षर संख्या :- पाँचदेखि पच्चिससम्म ।
पञ्चाङ्ग, समपञ्चाङ्ग, त्रिपञ्चाङ्ग, समद्विपञ्चाङ्ग वा पाञ्चायन समेत लेख्नुहुन अनुरोध छ ।
=======
पञ्चाङ्ग सङ्कलन गर्न सजिलो हुने भएकाले कमेन्ट बक्समा नाम ठेगाना सहित राख्नुहुन अनुरोध छ ।
पञ्चाङ्ग १
नलगाऊ फूर्ति पात पनि झर्दैन साथी
देखेको छु तागत सिन्को नि सर्दैन साथी
किन हो चम्केको निभ्न लागेको दियालो झैँ
लौरोविना बगेको पानीमा तर्दैन साथी
साथविनाको जीवन यात्रा टर्दैन साथी ।
सविता के.सी., दक्षिणकाली-९, काठमाडौँ ।
पञ्चाङ्ग २
मनको लड्डुले खाली पेट,भर्दैन साथी
आस्वासनले कुनै समस्या,टर्दैन साथी
छिमेकी कपुतले सधैँ, उल्लु बनाउँछ
जस्ले कहिल्यै वचन पूरा, गर्दैन साथी
त्यस्ताकै भर पर्छौ र मन,पर्दैन साथी ।
चिरञ्जीवी ढकाल
नेपालगन्ज -२०
राँझा एयरपोर्ट बाँके
पञ्चाङ्ग ३
कसैले नि केही गर्दैन भने
सुकार्यमा अघि सर्दैन भने
चाहेको केही पनि हुनेछैन
सुध्रिने नै बानी पर्दैन भने
समस्या कहिल्यै टर्दैन भने ।
प्रेम थापा “मन”बागलुङ
पञ्चाङ्ग ४
हाहाकारले जिन्दगानी टर्दैन सानु
एकै ढुङ्गाले दुई चरी मर्दैन सानु
सधैँ परिश्रम गरेरे जिउनु पर्छ
हुरिबतासले तिर्सना हर्दैन सानु
भयले श्रमको बिरुवा सर्दैन सानु ।
अच्युत घिमिरे-भुटान
पञ्चाङ्ग ५
समय नआई सुकेका पात झर्दैन यहाँ
अगाडि सर्ने मान्छे कसैसँग डर्दैन यहाँ
मरेर जाने चोला यो, किन तुतु मैमै गर्ने
एक अर्को रिस गरेको मन पर्दैन यहाँ
आखिरमा एक्लै कुनै समस्या टर्दैन यहाँ ।
शोभा आचार्य गौतम, काठमाडौँ
पञ्चाङ्ग ६
बादल बिना पानी पनि पर्दैन हजुर
हावा नचली पात पनि झर्दैन हजुर
भन्ने बेला त सेवा नै धर्म हो भन्ने यहाँ,
वरको सिन्को पर पनि सर्दैन हजुर
स्वार्थ बिनाको कोही काम गर्दैन हजुर ।
धनमाया चौधरी कैलाली
पञ्चाङ्ग ७
आउँदछ समस्या टारेर टर्दैन यहाँ
परेपछि मद्दत कसैले गर्दैन यहाँ
मुखले ठिक्क पार्नेहरूको हुँदैन भर
यस्ता मान्छेको आवश्यकता पर्दैन यहाँ
नभएर कोही पनि अब मर्दैन यहाँ ।
पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती न.पा-३,काभ्रे
पञ्चाङ्ग ८
भनेर मान्छे मर्दैन हो
पानीले धर डर्दैन हो
चाहिएको कुरा गर्नु छ
भो ढाचा पार्नु पर्दैन हो
कसैले दया गर्दैन हो ।
म प्र धि
पञ्चाङ्ग ९
हावा नचली पात झर्दैन यहाँ
बिना कसुर कोही डर्दैन यहाँ
नलगाउनु कसैले धाक धम्की
वरको सिन्को पर सर्दैन यहाँ
एक्लै ले कुनै काम टर्दैन यहाँ ।
सरस्वती श्रेष्ठ इटहरी
पञ्चाङ्ग १०
१
मरेर जाउन् सबै मायालु मर्दैन कहिल्यै माया
हारेर सारा मायालु जाउन् हर्दैन कहिल्यै माया
मायालुहरू मरे पनि माया अजम्बरी नै हुन्छ
माया अडिलो हुन्छ सारेर सर्दैन कहिल्यै माया
सारा झरेर गए तापनि झर्दैन कहिल्यै माया ॥
२
कसैले मारेर मर्दैन माया
टारेर पनि त टर्दैन माया
लागेको माया हट्दैन कहिल्यै
झारेर आँसुले झर्दैन माया
अपराध पनि गर्दैन माया ।
गुणनिधि घिमिरे अमेरिका
पञ्चाङ्ग ११
शीतले घैला भर्दैन होला
त्यसै कोसिस गर्दैन होला
लामो छ हाम्रो जीवन पनि
तान्दैमा तारा झर्दैन होला
उर्लँदो भेल तर्दैन होला ।।
घनश्याम पौडेल,पोखरा
पञ्चाङ्ग १२
फूलको सुगन्ध छर्दैन आखिरी
राम्रो काम छेउ पर्दैन आखिरी
त्यो कालो मानिस कालै प्रवृत्तिले
दुनियाँको भलो गर्दैन आखिरी
कसैको नजिक सर्दैन आखिरी ।
– आर्त अकुलीन, कैलाली
पञ्चाङ्ग १३
स्वाभिमानी हो नेपाली डर्दैन कहिल्यै
सम्पन्न छौ हामी माग्नु पर्दैन कहिल्यै
खोजिदैछ खिच्न श्रोत पराइले यहा
श्रम गरौ खाना बिना मर्दैन कहिल्यै
देश स्वं बनाऔ स्वार्थी गर्दैन कहिल्यै ।
गणेश पौडेल
कालिका ६ चितवन ।
पञ्चाङ्ग १४
बम्किन्छौ किन हो असाध्य जहिले, डर्दैन कोही पनि
आसा मात्र गरेर आज हिँडिछौ, झर्दैन कोही पनि
रात्रिमा गृहत्याग भेद सुनियो, साँच्चै कि वा भूल हो
निष्ठावान भए सचिन्छ सजिलै, मर्दैन कोही पनि
अस्थायी मन मात्र सार भनिछौ , सर्दैन कोही पनि ।
सुरेश चन्द्र घिमिरे
लमजुङ , हाल काठमाडौ
पञ्चाङ्ग १५
विकासको मूल देशमा छर्दैन नेताले
जनताका हितको कार्य गर्दैन नेताले
हामी मिलेर राम्रो जोगाउनु छ नेपाल
देश भक्ति कुर्लिए जेब भर्दैन नेताले
नेपालीको गरीबी दर्द हर्दैन नेताले ।
शिव कुमार रेग्मी
पोखराथोक,पाल्पा
पञ्चाङ्ग १६
मलाई अब उकार गर्नु पर्दैन भयो
डाक्टर बैद्यले पनि केही गर्दैन भयो
कालको नजिकै पुग्न लागिसके अब म
व्यथा बीसबाट उन्नाइस सर्दैन भयो
आखिर हुने हुनामी टारी टर्दैन भयो ।
-पशपति राई खोटाङ ।
पञ्चाङ्ग १७
सुर्ताउनु भो पर्दैन हेर
कसैले केही गर्दैन हेर
जे हुनु छ भएरै छाड्छ त्यो
भावीको लेखा टर्दैन हेर
सत्य कहिल्यै मर्दैन हेर ।
वसन्त अनुभव
घोराही, दाङ