Wednesday 30th July 2025

चित्रमा पञ्चाङ्ग, भाग – ६६


चित्रमा पञ्चाङ्ग
===========
भाग: ६६
पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १
मिति : २०८०/०२/१८
प्रशिक्षक :
———–
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण
————————-
चन्द्रवती अधिकारी
चित्र सङ्कलन
———————–
गुगलबाट
समायोजक
—————–
सविता के.सी.
आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार ।
हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको छैँसठ्ठीऔँ शृङ्खलामा छौँ । यस शृङ्खलामा दिइएको चित्र अनुसारको बिम्बात्मक तथा गहन र मौलिक भाव झल्किने आफ्नो मनले देखेको पञ्चाङ्ग आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध छ ।
नोट : संयोजन गर्न सहज हुने भएकोले कमेन्ट बक्समा नाम र ठेगाना सहित पञ्चाङ्ग लेख्नुहुन अनुरोध छ ।
चित्रमा पञ्चाङ्ग
===========
पञ्चाङ्ग १
एक रथका दुई पाङ्ग्रा हाम्रा बुबा आमा हेर
बाको दौराको सिलाएर लगाएको जामा हेर
अन्तर्राष्ट्रिय बुबाआमा दिवसको सम्मान है
मीठो बनाउन काट्नु हुन्थ्यो बाँसको तामा हेर
बुबा आमा दुवै जिन्दगीको बलियो खामा हेर ।

सविता के.सी., दक्षिणकाली-९, काठमाडौँ ।

पञ्चाङ्ग २

कसैको ओत लाग्ने घर हुन्छ
महिला र पुरुष थर हुन्छ
सुख र दुःख खुसीसाथ भोग्ने
भिन्नको जस्तै अंश हर हुन्छ
पीपलको साहारा वर हुन्छ ‌।

– आर्त अकुलीन, कैलाली

पञ्चाङ्ग ३

लोग्ने स्वास्नी एकअर्काका सहारा हुने हेर
त्यसैले विहेमा एकअर्कालाई चुने हेर
छोराछोरी त भन्नु मात्र रहेछ अन्तिममा
पाल्नु पर्छ भनेर बा आमालाई थुने हेर
यस्तो हालतमा बाबुआमा सधैं रुने हेर

नवराज भट्ट । कञ्चनपुर

पञ्चाङ्ग ४

श्रीमान् श्रीमती एक आपसमा साहारा हुने यहाँ
जिन्दगीमा बिताउन एक अर्कोलाई चुने यहाँ
अहिलेका छाेराछाेरीका के कुरा गर्नु र हजुर ,
सोचे जस्तो जिन्दगी नहुदा धेरै मन रुने यहाँ
काम गर्न नसके छि छोराले कोठामै थुने यहाँ ।

दुर्गा भट्टराई

पञ्चाङ्ग ५

आमा बुवालाई रुवाउन हुन्न हेर
राम्रो सेवा गरे केहीले नि छुन्न हेर
माता पिता जिउँदो भगवान हुन् हाम्रा
वृद्धावस्था हुँदैमा हुँदैन थुन्न हेर
वाहाहरुलाई दिनु पर्छ चुन्न हेर ।

सरस्वती श्रेष्ठ इटहरी

पञ्चाङ्ग ६

एक अर्काका सहारा भए
नरम खाना आहारा भए
बुढा बुढि को प्रेम उत्सव
हिड्न बिचराका गारा भए
बृद्ध हरु हाम्रा तारा भए ।

म प्र धि

पञ्चाङ्ग ७

बुवा आमा हाम्रा भगवान हुन्
संसार देखाउने महान हुन्
महिमा गाएर सकिन्न हामी
वात्सल्यप्रेमका पहिचान हुन्
ज्यानको बाजीका बलिदान हुन् ।

तारा घिमिरे स्वेच्छा
सङ्खुवासभा

पञ्चाङ्ग ८

जन्म दिने आमा र बाबाको बात प्यारो
जीवनको प्रज्वलित ज्योति खास प्यारो
संसारै मोहित पार्ने प्रेम कहाँ खोजौ;
दु:ख नै होस् , तर ममताको साथ प्यारो
मन्त्रमुग्ध बनी प्रेरणाको काख प्यारो ।

प्रेम थापा “मन”बागलुङ

पञ्चाङ्ग ९

ढुङ्गालाई माटो माटोलाई ढुङ्गाको भर नभए
सृष्टि कसरी चल्न सक्छ र नारी र नर नभए
बिन्ती बुझिदेऊ मनका कुरा यथार्थ जिन्दगीको,
जीवन अधुरो छ पिपल छेउमै वर नभए
व्यर्थ हुन्छ जुनी नै स्वर्ग झैँ सुन्दर घर नभए ।

वसन्त अनुभव

पञ्चाङ्ग १०

डराउनु पर्दैन प्रिय मलाई तिम्रो भर हुन्छ
तिम्रो र मेरो बाँचुन्जेल समानतामा हर हुन्छ
अरुको खुसीसँग नाता हुदैन हामी सँग अब
खुल्ला अाकाशमा हाम्रो असली घरको चर हुन्छ
अन्तस्करणमा हाम्रो हात छुट्ला भन्ने डर हुन्छ ।

होम प्रसाद नेउपाने
धरान,सुनसरी ।

पञ्चाङ्ग ११

यो उमेरसम्म साथ दिएर आए
दुःख, सुख पार गर्दै लिएर आए
सङ्गै जिउने मर्ने कसम खाएर
तिम्रो साथ, सङ्गसङ्गै जिएर आए
मिठो नमिठो अमृत पिएर आए ।

शोभा आचार्य गौतम, काठमाडौँ

पञ्चाङ्ग १२

पखेटा नलागे सम्म मात्रै बचेराले माया गर्ने रैछ
पखेटा लागेपछि भने आफैं उडेर अन्तै सर्ने रैछ
व्यर्थै आस नगर्नु बढेपछि छोराछोरीले साथ देला
सृष्टिमा सबैले आ-आफ्नै पेटको लागि नै त चर्ने रैछ
बुढेसकालमा त त्यै बुढाबुढीको नै खाँचो पर्ने रैछ ।

पशपती राई खोटाङ ।

पञ्चाङ्ग १३

बुढेसकालको सहारा भएको राम्रो
सँगसँगै साथमा दुवै रहेको राम्रो
जुनि काट्न सजिलो हुन्छ आपसमा
कालले पनि एकै चोटि लगेको राम्रो
जिन्दगीको यात्रा दुवैले सकेको राम्रो ।

पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती-३,काभ्रे

पञ्चाङ्ग १४

माया बिसाउने भर चाहियो
जुनि काट्नलाई घर चाहियो
माया साटासाट गर्नेले हुन्न?
सम्बन्धमा दुःखहर चाहियो
किन जात, धर्म, थर चाहियो ।

अच्युत घिमिरे-भुटान

पञ्चाङ्ग १५

प्रेमिल जोडी हाम्रा बुबाआमा
नखाई साँच्ने चाम्रा बुबाआमा
घरको बलियो खम्बा हुन यि
मायाले पाल्ने राम्रा बुबाआमा
खुट्टामा बाँध्ने काम्रा बुबाआमा।।

धनमाया चौधरी कैलाली
Sabita
Sabita Khatri


सम्बन्धित शीर्षकहरु

नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ। यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन…

सैन्यले आफ्नो परिचालन उद्देश्यहरूलाई मानवीय अनिवार्यताहरूसँग सन्तुलनमा राख्नुपर्छ, जसमा भोकमरी रोकथाम र नागरिक जीवनको सुरक्षा समावेश छ। एकै समयमा धेरै…

नेपाल पत्रकार महासंघअन्तर्गत क्रियाशील विभिन्न बैदेशिक शाखाहरूले प्रतिनिधित्व र सहभागिताको सुनिश्चिततासहित चारबुँदे माग पेश गर्दै महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्मा…

प्रतिकृयाहरू
...