Sunday 1st February 2026

कविता: घैंटो र संघीयता -नारायण कोइराला


म संग एउटा ठूलो माटोको घैंटो छ
आफैलाई भन्दापनि समाल्ने गरेको छु
गर्मीमा चिसोपानी राख्ने गरेको छु
जाडोमा धान,चामल,मकै जे राखेपनि हुन्छ
घैंटोले कहिल्यै गुनासो गरेन
जे राख्दा नी हाँसीखुसी सहिरह्यो
म घैंटोलाई निर्दयी भएर प्रयोग गरिरहे
न घैंटोको इच्छा सोधे
न उसको दुःख बुझे
घैंटोलाई मैले बाउबाजेको पेवा ठाने
पानी, धान,चामल,मकै मात्र होइन
मौका मिल्दा अमिलो,पिरो अचार पनि खादे
घैंटोबाट लिन सक्ने सबै फाईदा लिईरहे
कति पुरानो घैंटो मात्र प्रयोग गर्ने भनेर
नयाँ घैंटोको कल्पना र विकल्प खोज्न थाले
घैंटोलाई आधुनिक बनाउने सोच मनमा बनाएँ
घैंटोका बिषेशज्ञहरु जम्मा गरे
अन्तत सल्लाह आउटै भयो
घैंटोलाई नयाँ मोडलमा परिवर्तन गर्ने
सात ठाउँमा सात रंग लगाइयो
घैंटोबाहिरबाट हेर्दा सुन्दर रंगीचगी देखियो
रंगको असरले बिस्तारै घैटो चर्कीदै गयो
गर्मीमा पानि राख्दा ठाउँ ठाउँबाट रसायो
म आफ्नो लालचमा फसेको जस्तो लाग्यो
घैंटो बिगार्ने मेरो बुद्धिलाई संघीयता संग तुलना गरे
ठ्याक्कै घैंटो र संघीयताको अवस्था उस्तै-उस्तै लाग्यो।।

नारायण कोइराला
तानसेन,पाल्पा


सम्बन्धित शीर्षकहरु

कुवेतस्थित नेपाली राजदूतावासले यहाँ कार्यरत नेपाली श्रमिकहरूलाई लक्षित गर्दै “श्रम सचेतना” सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम कोस्टा डेल…

भेनेजुएलाले आफ्नो तेल क्षेत्रमाथिको दशकौँ पुरानो राज्य नियन्त्रण हटाउने विधेयक पारित गर्नु केवल नीतिगत सुधार मात्र होइन, यो देशको आर्थिक,…

बेलायती प्रधानमन्त्री केयर स्टारमर र चिनियाँ राष्ट्रपति सी जिनपिङ बीचको हालैको भेट केवल कूटनीतिक औपचारिकता मात्र होइन, तर परिवर्तनशील विश्वव्यापी…

प्रतिकृयाहरू
...