चित्रमा पञ्चाङ्ग
===========
भाग: ६५
पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १
मिति : २०८०/०२/११
प्रशिक्षक :
———–
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण
————————-
चन्द्रवती अधिकारी
चित्र सङ्कलन
———————–
प्रेम थापा
समायोजक
—————–
सविता के.सी.
आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार ।
हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको पैँसठ्ठीअौँ शृङ्खलामा छौँ । यस शृङ्खलामा दिइएको चित्र अनुसारको बिम्बात्मक तथा गहन र मौलिक भाव झल्किने आफ्नो मनले देखेको पञ्चाङ्ग आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध छ ।
नोट : संयोजन गर्न सहज हुने भएकोले कमेन्ट बक्समा नाम र ठेगाना सहित पञ्चाङ्ग लेख्नुहुन अनुरोध छ ।
चित्रमा पञ्चाङ्ग
===========
पञ्चाङ्ग १
अछुतो बनाइए जस्तै पर सार्न नखोज
सत्य बोली बोल्दा समाजबाट झार्न नखोज
हावाले लछारिएको, बाढीले पछारिएको ;
अथक र सौम्य शरीरलाई खार्न नखोज
अस्तित्व मै छु अझ,भो जिउँदै मार्न नखोज ।
प्रेम थापा, बागलुङ ।
पञ्चाङ्ग २
वचनले पुगेन चलाए खुर्पा खुबैसित
धुकधुकी चल्दैछ बनाए मुर्दा खुबैसित
मेरो जस्तै तिम्रो पनि हुँदैन सपना पूरा
सिध्याएर सास हात पारे पुर्जा खुबैसित
नाटकीय आँसु, देखेँ मैले सुर्ता खुबैसित ।
सविता के.सी., दक्षिणकाली-९, काठमाडौँ ।
पञ्चाङ्ग ३
गरीबीको कारण विदेश छाएका छन्
धेरै नै नेपाली बाकसमा आएका छन्
स्वीजरल्याण्डको कुरा गर्ने नेताहरू
देशको ढुकुटी सबै फोरी खाएका छन्
भ्रष्टाचारीले नारा विकासे गाएका छन् ।
शिव कुमार रेग्मी
पोखराथोक,पाल्पा
पञ्चाङ्ग ४
नेपालको अस्तित्व दिनदिनै ह्रास भयो
नेताहरुले गर्दा नै जिउँदो लास~ भयो
भ्रष्टाचारी को अगाडि कसको के लाग्छ र
निर्माण भन्दा पनि लुटपाट खास भयो
अथक परिश्रमको सबै नै नास ~भयो ।
सरस्वती श्रेष्ठ इटहरी
पञ्चाङ्ग ५
बाकसमा राखेर बसाइँ सार्न नखोज
जबर्जस्ती नर्कमा मलाई पार्न नखोज
सास छउन्जेल आस हुन्छ के बाँच्नलाई
त्यसैले अब आँसुको खोला तार्न नखोज
जिउँदै मानिसलाई तिमी मार्न नखोज ।
– पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती न.पा-३,काभ्रे
पञ्चाङ्ग ६
बिरामीलाई समशानघाट सार्न खोजेको छ
नमरेको भनेर हातले तल झार्न खोजेको छ
पाल्न गाह्रो भयो भनेर जिउँदै गाड्न खोजे कस्तो
मान्छेको ज्यानलाई नैअप्ठ्यारो पार्न खोजेको छ
जानाजान मान्छेलाई जबर्जस्ती मार्न खोजेको छ ।
नवराज भट्ट
कञ्चनपुर
पञ्चाङ्ग ७
साथी पनि खास छैन
आफन्तको आस छैन
कस्तो गाह्रो यो जीवन
बस्ने राम्रो बास छैन
जिन्दगीको सास छैन ।
– आर्त अकुलीन, कैलाली
पञ्चाङ्ग ८
मानवको अस्तित्व जिउँदो लास भयो
मानव भन्दा महत्त्व पैसा खास भयो
पैसाको अगाडि नागरिको मूल्य छैन
रोजगारको लागि विदेश आश भयो
अमुल्य जिन्दगी विदेशमा नास भयो ।
शोभा आचार्य गौतम, काठमाडौँ
पञ्चाङ्ग ९
ज्युँदो हुँदा दुख गरी कमाएको धन
जिजुबाजेदेखि तल थमाएको धन
मरे पछि अरूले नै मोज मज्जा गरे
अन्त्यसम्म खुत्रुकेमा जमाएको धन
कल्पनामै आहा! पनि रमाएको धन ।
घनश्याम पौडेल, पोखरा
पञ्चाङ्ग १०
संसार तिम्रो गजब रहेछ
दलाल झन् बेअदब रहेछ
लाश देखेर खुसी हुने यहाँ
चाला त साह्रै अजब रहेछ
दलाली नै मजहब रहेछ ।
टीकाराम जोशी, टीकापुर ।
पञ्चाङ्ग ११
भ्रष्टाचारीले जरो गाडेको छ
उखेल्नु पर्ने मान्छे खाडेको छ
मौसम झैं बदलिन्छ बोली यो
गरिब माथि रिण लाडेको छ
ठुलाले सानालाई माडेको छ ।
धनमाया चौधरी कैलाली
पञ्चाङ्ग १२
मलाई पठाउन राजनेता नै लागि परेका छन्
उता राम्रो कमाइ हुन्छ भनेर भ्रम छरेका छन्
म त सक्कली नेपाली नागरिक हुदाहुदै पनि
नक्कली बनाउन बाँदरहरु अघि सरेका छन्
मेरो लास माथि पनि आज राजनीति गरेका छन् ।
-पशपती राई खोटाङ ।