Sunday 29th March 2026

कुवेतमा सुरक्षा जाँचहरु झनझन कडा -हिजो राती के के भए ?


कुवेत शहर, अब्दली भन्सार अधिकारीहरूले हालै इराक जाँदै गरेको सैन्य पोशाक र २५० मेसिन गन का गोलीहरु सहित एक सिरियाली नागरिकलाई पक्राउ गरेको छ, अल राई दैनिक ले लेखेको छ । एक सिरियालीले चलाएको गाडीको खानतलासीका क्रममा ती सामान पाईएको हो । घरका फर्निचर र सामान बोकेको ट्रकमा ती सामानहरु पाईएका थिए । सिरियाली चालक लाई पक्राउ गरेर अनुसन्धान भईरहेको समाचारमा उल्लेख छ ।

भिसा कानुन उल्लङ्घन गर्ने नौ जना विदेशी नागरिक पक्राउ
सुरक्षा जाँचमा कडाई गरेसँगै भगौडाहरु दैनिक रुपमा पक्राउ पर्ने गरेका छन । अध्यागमन कानूनहरू लागू गर्न जारी प्रयासहरूको एक भागको रूपमा, उल्लङ्घनकर्ता अनुगमन विभागले हालै अल अहमदी गभर्नरेटको फहाहिल क्षेत्रमा व्यापक अपरेशन सञ्चालन गरेको थियो । यस अपरेसनले सफलतापूर्वक आवास कानूनको उल्लङ्घन गरेको फेला परेका नौ प्रवासीहरूलाई पक्राउ गरेको हो ।

कुवेतमा बसोबास गर्ने विदेशी व्याचलरहरु विरुद्ध कडा कानून
कुवेत नगरपालिकाका कार्यवाहक महानिर्देशक साउद अल डब्बौसले सम्बन्धित निकाय र अधिकारीको सहयोगमा सामुदायिक पहिचानको संरक्षण र निजी तथा नमूना आवास क्षेत्रमा बसोबास गर्ने व्याचलरहरुको घटनालाई सम्बोधन गर्न नगरपालिकाको गम्भीरता पूर्वक तदारुकता देखाएको छ। ,वातावरण संरक्षण कानून बमोजिम वातावरणीय मापदण्ड उल्लङ्घन गर्ने व्याचलरहरुलाई ५० हजार केडी सम्म जरिवाना गर्ने छ ।

अल डब्बौसले उल्लङ्घन गर्ने कम्पनीका मालिकहरू विरुद्ध लागू हुने दण्ड र प्रतिबन्धहरूमा पेशागत सुरक्षाको अध्यायमा जनशक्तिका लागि सार्वजनिक प्राधिकरण कानूनको उल्लङ्घनमा कामदारहरूको स्पोन्सर वा कम्पनीको फाइलहरू बन्द गर्ने कुरा समावेश छन। समाचार अनुसार एक्लो व्याक्तिले आवासिय क्षेत्रमा कोठा लिएर बस्न पाउने छैन ।


सम्बन्धित शीर्षकहरु

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

प्रतिकृयाहरू
...