“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष २
मिति:- २०८०/०२/१२
………………………………..
प्रशिक्षक:-
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण सुझाव :-
चन्द्रावती अधिकारी
सङ्कलक :- सविता के.सी.
सहजकर्ता :-
(महासचिव)
रामराजा के. सी.
प्रेम थापा “मन”
======================
अनुप्रास : कुली, खुली, चुली, जुली, झुली, ठुली, डुली, फुली, भुली, शुली, हुली आदि मिल्दो ।
स्थायी :- मिल्ने किसिमको ।
अक्षर संख्या :- पाँचदेखि पच्चिससम्म ।
पञ्चाङ्ग, समपञ्चाङ्ग, त्रिपञ्चाङ्ग, समद्विपञ्चाङ्ग वा पाञ्चायन समेत लेख्नुहुन अनुरोध छ ।
=======
पञ्चाङ्ग सङ्कलन गर्न सजिलो हुने भएकाले कमेन्ट बक्समा नाम ठेगाना सहित राख्नुहुन अनुरोध छ ।
पञ्चाङ्ग १
नथ्था हुनुपर्नेमा फुली देखियो
सानो उमेरमा नि ठुली देखियो
शब्द हुन् तिम्रा ऐना, व्यहोरा सबै
घमण्डको अनौठो चुली देखियो
वरिष्ठको चालामा कुली देखियो ।
सविता के.सी., दक्षिणकाली-९, काठमाडौँ ।
पञ्चाङ्ग २
हेर्दा फोहोरको चुली देखियो
शरिरमा टालाटुली देखियो
जति सज्जिए पनि श्रृङ्गारले
नाकमा विशाल फुली देखियो
सानो नानी पनि ठुली देखियो ।
-पूर्णबहादुर श्रेष्ठ “हृदयङ्कृत”
पनौती न.पा.-३,काभ्रे
पञ्चाङ्ग ३
गहनामा तिमी हिराको फुली हौ
प्रकृतिमा हाम्रै हिमाल चुली हौ
बयान गरौँ कसरी त्यो रूपको
कलेजीमा बस्नै हितकी ठुली हौ
हाम्रो भविष्यकी घरकी मुली हौ ।
घनश्याम पौडेल,पोखरा
पञ्चाङ्ग ४
तिमीले ठुली देखेपछि
नाकमा फुली देखेपछि
अति मख्ख हुन्छौ अचेल
अनेत्र डुली देखेपछि
अर्कैको मुली देखेपछि ।
१
अर्कैको मनमा डुली गयौ
सहयोगी सबै भुली गयौ
थोरै गन्ध थाहा पाएकै हो
दम्भले पैरवी फुली गयौ
कस्तो रैछौ भन्ने खुली गयौ ।
२
प्रेम थापा “मन”बागलुङ
पञ्चाङ्ग ५
बगैँचामा डुली हेर
फूल सरी फुली हेर
सुन्दर छ यो संसार
आकाशझैँ खुली हेर
शान्तिसँग भुली हेर ।
– आर्त अकुलीन, कैलाली
पञ्चाङ्ग ६
नाकमा त फुली लाउन मन् थियो
दुःख पीडा भुली लाउन मन् थियो
नारीको श्रृंगार हो भन्छन् गहना
वन पाखा डुली लाउन मन् थियो
भए पछि ठुली लाउन मन् थियो ।
सरस्वती श्रेष्ठ इटहरी
पञ्चाङ्ग ७
बोल्दा सधैँभरी उसलाई, ठूली हुनुपर्ने
थोरैले नपुग्ने त्यो ,भकारी चूली हुनुपर्ने
कहाँ कति बोल्ने,के चैं बोल्ने केही थाहा छैन
यस्तै नकटीलाई, घरको मूली हुनुपर्ने
यस्ताको लागि त,फाँसी दिने सूली हुनुपर्ने ।
चिरञ्जीवी ढकाल
नेपालगन्ज -२०
राँझा एयरपोर्ट बाँके
पञ्चाङ्ग ८
यो सुन्दर देश डुली हेर
यो मनको पिडा भुली हेर
घाम छाया त हुन्छ नि यहाँ
परिश्रम गर्ने ठुली हेर
प्रेम नयनले झुली हेर ।
धनमाया चौधरी कैलाली
पञ्चाङ्ग ९
अन्तर मन मस्तिष्कबाटै खुली हेर
आउन त यो मनमा तिमी फुली हेर
बगैँचा हुनेछ हरियाली यौवनको,
आऊ यौवन रसमा तिमी भुली हेर
सपना हजारौ त्यो आखाँमा हुली हेर ।
रतन बिष्ट _ आलिताल , डडेल्धुरा
पञ्चाङ्ग १०
सबैको मनमा फूली दिए राम्रो
आर्काको भएमा हुलि दिए राम्रो
वचनमा पक्का हुन बोल्नु सत्य
आफ्नो हैन भने भुली दिए राम्रो
बिश्वास सदैव चुली दिए राम्रो ।
सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा।
हाल बर्दिया ।
पञ्चाङ्ग ११
आहा सगरमाथा चुली राम्रो
गुलाफ फुलेको त्यो झुली राम्रो
प्रकृति कति मनमोहक छ
नकारात्मकताको भुली राम्रो
बाच्नको लागि सधैँ खुली राम्रो ।
शोभा आचार्य गौतम, काठमाडौँ
पञ्चाङ्ग १२
उत्तरमा हिमचुली खुली रहेछ
पहाडभरी गुराँस फुली रहेछ
प्रकृतिको धनीदेश हाम्रो नेपाल
तराइमा अन्न फल झुली रहेछ
आँखाभरि सारा दृश्य डुलीरहेछ !
बिबस पारदर्शी
झापा,
पञ्चाङ्ग १३
निलो आकाश खुली गयो
सुन्ताला पनि फुली गयो
प्रकृति झन् सुन्दर हुँदा
खुसीले मन भुली गयो
दृष्टि त्यसैमा झुली गयो ।
श्रीकृष्ण शर्मा पोखरा
हाल : घान्द्रुक कास्की
पञ्चाङ्ग १४
सुरम्म्य प्रकृतिमा डुली हेर
बगैंचामा फूल झै फूली हेर
कति सुन्दर छ है यो संसार
परिवारसँग नै भुली हेर
शिरमा यि हिमाल चुली हेर ।
दुर्गा भट्टराई
मोरङ
पञ्चाङ्ग १५
देश त डुबि सक्यो भ्रष्टाचार मात्रै चुली छ
सत्तामा दाजु भाउजूको पो काँधमा फुली छ
बल्ल अठ्याएछ भ्रष्टे दाजुलाई प्रहरीले
भाउजू भने खाउँला झैं सदनमै खुली छ
हिजो मात्रै गरेको सम्पूर्ण कर्तुत भुली छ ।
-पशपती राई खोटाङ ।
पञ्चाङ्ग १६
आँखाको सान भुली दिन्छु भन्ने
खुलमखुल्ला डुली दिन्छु भन्ने
कहाँ पुगे फुर्फर देखाएर ?
बन्धनबाट खुली दिन्छु भन्ने
जीवन एक्लै फुली दिन्छु भन्ने ।
अच्युत घिमिरे-भुटान
पञ्चाङ्ग १७
सविताको टल्केको नाकमा फुली देखियो
म त सानी छिन् भन्दै सोचेको ठुली देखियो
घमण्ड नगरी बस्ने कस्तो हृदय होला
कहिले अत्ति सम्झने कहिले भुली देखियो
सोच्थेँ एक्लै छिन् भनेको घर मुलि देखियो ।
✍️डिल्ली राज घिमिरे
अर्घाखाँची