Saturday 20th December 2025

दुई टप अफिसियल अधिकारी गिरप्तार


कुवेत सरकारले उपल्लो निकायका दुई सुरक्षा अधिकारीहरुलाई गिरप्तार गरेर हिरासत मा लिएको समाचार छ ।

अल-कबास दैनिकका अनुसार, गृह मन्त्रालयले गत मंगलबार के भएको घटनाको सम्बन्धमा छानविन गर्ने क्रममा ती उच्च अधिकारीहरु दोष पाईएको थियो । घटनाको विस्तृत विवरण सार्वजनिक नगरिए पनि शेख तलाल अल(खालेद, प्रथम उपप्रधानमन्त्री, आन्तरिक मन्त्री र कार्यवाहक रक्षा मन्त्रीले ती अधिकारीहरुले स्थितिलाई नियन्त्रण गर्न नसकेको, कैदीहरूको सुरक्षा गर्न चुकेको र शक्तिको दुरुपयोग गरेको ले ती अधिकारीहरुलाई सजाय दिने निर्णय गरेको बताईन्छ ।

शेख तलाल अल खालिदद्वारा गठित समितिले घटनाको छानबिन गर्न सिफारिस गरेको थियो। शेख तलाल अल(खालेदले निजी सुरक्षा र सुधारात्मक संस्था मामिलाका लागि गृह मन्त्रालयका सहायक उपसचिव, मेजर जनरल अब्दुल्लाह सफाह र सुधारात्मक संस्थाहरूको महानिर्देशक ब्रिगेडियर जनरल फहद अल-लाई गिरफ्तार गर्ने मन्त्रीस्तरीय निर्णय जारी गरेका थिए।

सेख तलाल अल(खालेदको निर्देशनका आधारमा सम्बन्धित निरीक्षण टोलीहरूले कैदीहरूको अवस्थाको निरीक्षण गर्न र उनीहरूको गुनासो वा विचार सुन्न केन्द्रीय कारागारको भ्रमण जारी राखेका थिए, साथै कुनै पनि घटनालाई रोक्नको लागि प्रक्रियालाई कडा पारिएको थियो । निषेधित वस्तुहरू कैदीहरूलाई सम्म नपुगोस भनेर कडाई गरिएको थियो ।

यसरी नै कैदीबन्दीहरु लाई राखिएका वडामा रहेका कैदीबन्दीको अवस्था सुधार गर्ने र नकारात्मक अवस्थाका कुराहरुलाई सुधार गर्ने र मानवअधिकारको स्थिती लाई संरक्षण गर्ने उद्देश्यले सम्बन्धित राज्यका निकायसँगको समन्वय गर्न का लागि थप निर्णयहरू गर्नुका साथै प्रगति विवरण सहित त्यहाँको अवस्थाका बारेमा आवधिक प्रतिवेदन पेश गरिने भएको छ । गृहले कैदीबन्दी र जेलको अवस्था मा सुधार गर्न का लागि सम्बन्धित सरोकारवाला सँस्थाहरुसँग समन्वय गर्ने छ ।


सम्बन्धित शीर्षकहरु

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

प्रतिकृयाहरू
...