Sunday 29th March 2026

दुई टप अफिसियल अधिकारी गिरप्तार


कुवेत सरकारले उपल्लो निकायका दुई सुरक्षा अधिकारीहरुलाई गिरप्तार गरेर हिरासत मा लिएको समाचार छ ।

अल-कबास दैनिकका अनुसार, गृह मन्त्रालयले गत मंगलबार के भएको घटनाको सम्बन्धमा छानविन गर्ने क्रममा ती उच्च अधिकारीहरु दोष पाईएको थियो । घटनाको विस्तृत विवरण सार्वजनिक नगरिए पनि शेख तलाल अल(खालेद, प्रथम उपप्रधानमन्त्री, आन्तरिक मन्त्री र कार्यवाहक रक्षा मन्त्रीले ती अधिकारीहरुले स्थितिलाई नियन्त्रण गर्न नसकेको, कैदीहरूको सुरक्षा गर्न चुकेको र शक्तिको दुरुपयोग गरेको ले ती अधिकारीहरुलाई सजाय दिने निर्णय गरेको बताईन्छ ।

शेख तलाल अल खालिदद्वारा गठित समितिले घटनाको छानबिन गर्न सिफारिस गरेको थियो। शेख तलाल अल(खालेदले निजी सुरक्षा र सुधारात्मक संस्था मामिलाका लागि गृह मन्त्रालयका सहायक उपसचिव, मेजर जनरल अब्दुल्लाह सफाह र सुधारात्मक संस्थाहरूको महानिर्देशक ब्रिगेडियर जनरल फहद अल-लाई गिरफ्तार गर्ने मन्त्रीस्तरीय निर्णय जारी गरेका थिए।

सेख तलाल अल(खालेदको निर्देशनका आधारमा सम्बन्धित निरीक्षण टोलीहरूले कैदीहरूको अवस्थाको निरीक्षण गर्न र उनीहरूको गुनासो वा विचार सुन्न केन्द्रीय कारागारको भ्रमण जारी राखेका थिए, साथै कुनै पनि घटनालाई रोक्नको लागि प्रक्रियालाई कडा पारिएको थियो । निषेधित वस्तुहरू कैदीहरूलाई सम्म नपुगोस भनेर कडाई गरिएको थियो ।

यसरी नै कैदीबन्दीहरु लाई राखिएका वडामा रहेका कैदीबन्दीको अवस्था सुधार गर्ने र नकारात्मक अवस्थाका कुराहरुलाई सुधार गर्ने र मानवअधिकारको स्थिती लाई संरक्षण गर्ने उद्देश्यले सम्बन्धित राज्यका निकायसँगको समन्वय गर्न का लागि थप निर्णयहरू गर्नुका साथै प्रगति विवरण सहित त्यहाँको अवस्थाका बारेमा आवधिक प्रतिवेदन पेश गरिने भएको छ । गृहले कैदीबन्दी र जेलको अवस्था मा सुधार गर्न का लागि सम्बन्धित सरोकारवाला सँस्थाहरुसँग समन्वय गर्ने छ ।


सम्बन्धित शीर्षकहरु

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

प्रतिकृयाहरू
...