Wednesday 30th July 2025

चित्रमा पञ्चाङ्ग, भाग – ६४


चित्रमा पञ्चाङ्ग
===========
भाग: ६४
पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १
मिति : २०८०/०२/४
प्रशिक्षक :
———–
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण
————————-
चन्द्रवती अधिकारी
चित्र सङ्कलन
———————–
सामाजिक सञ्जाल
समायोजक
—————–
सविता के.सी.
आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार ।
हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको चौसठ्ठीअौँ शृङ्खलामा छौँ । यस शृङ्खलामा दिइएको चित्र अनुसारको बिम्बात्मक तथा गहन र मौलिक भाव झल्किने आफ्नो मनले देखेको पञ्चाङ्ग आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध छ ।
नोट : संयोजन गर्न सहज हुने भएकोले कमेन्ट बक्समा नाम र ठेगाना सहित पञ्चाङ्ग लेख्नुहुन अनुरोध छ ।
चित्रमा पञ्चाङ्ग
===========
पञ्चाङ्ग १
बाबु आमाको माया सन्तान प्रति कति हुन्छ
यो मायाको अभाव भए जीवन खती हुन्छ
माया ममता हुन्छ हरेक प्राणी जगतमा
सन्तान भन्नू नै बाबुआमाको सम्पति हुन्छ
अभिभावक विना सन्तानको के गति हुन्छ ।
सविता के.सी., दक्षिणकाली-९, काठमाडौँ

पञ्चाङ्ग २

स्वभाव शान्त पाइन्छ हासमा साथी
मान्छेलाई नि चाहिन्छ बासमा साथी
हासलाई पानी भए खेल्छ सदैव
हासका बच्चा बोल्दछ सासमा साथी
प्रायः यिनको चरन घासमा साथी ।

सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा
हाल बर्दिया ।

पञ्चाङ्ग ३

बाबुआमा मिलीजुली हैरौँ सन्तानलाई
दुख आई पर्दा खेरि घेरौँ सन्तानलाई
हामीले जे गर्छौँ तिनले सिक्ने पनि त्यही
माया अनि ममताले बेरौँ सन्तानलाई
नराम्रा क्यै बानी भए फेरौँ सन्तानलाई ।

घनश्याम पौडेल,पोखरा

पञ्चाङ्ग ४

सडकमा हाँस आफ्नो परिवार लिएर हिडेको छ
उसले गाडीहरूलाई चुनौती दिएर हिडको छ
गाडीले हाँसलाई किच्दा ज्यामारा सरह साजाय हो
साथ‌ै यहाँ तलावकाे पानी मस्त पिएर हिडेको छ
पृथ्वीमा उसले आफ्नै किसिमले जिएर हिडेको छ ।

नवराज भट्ट
कञ्चनपुर

पञ्चाङ्ग ५

आहार खोजेर ट्युराहरु खान सिक्दैछन
एक ठाउँबाट अर्को ठाउँ जान सिक्दैछन
आमा बाबु अघि पछि लागेर सुरक्षा दिई
मायाप्रिती भरेर ल्याउन लान सिक्दैछन
कसरी बढाउने हो आफ्नो शान सिक्दैछन ।

-पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती न.पा-३,काभ्रे

पञ्चाङ्ग ६

आमा हुन् दायिनी बाबा प्रेरणाका जबर उस्तै
सन्तानका सृष्टिकर्ता पुर्याउँछन् रहर उस्तै
आफै दु:ख खेपेर बरू, सहन्छन् धेरै नै अरू
उनीहरूका समस्या बुझी गरौं कदर उस्तै
व्याख्या गरि साध्य छैन ममता छ अजर उस्तै ।
प्रेम थापा “मन”बागलुङ

पञ्चाङ्ग ७

सन्तानको हेरचाह गर्नुछ यहाँ
दुवै जना मिली पेट भर्नुछ यहाँ
राम्रोसँग हुर्काइ बढाई तिनमा
निर्भरताको ज्ञान नि छर्नुछ यहाँ
दुःखको सागरबाट तर्नुछ यहाँ ।

सरस्वती श्रेष्ठ इटहरी

पञ्चाङ्ग ८

हाँस ट्युरोको माया कति
बाबा आमाको छाया कति
सरस्वतीको बहान हौ
खानाको लागि धाया कति
कष्ट गरे झैं पाया कति ?

धनमाया चौधरी कैलाली

पञ्चाङ्ग ९

सन्तानको सुरक्षा गर्नुछ मिलेर
परिवारको पेट भर्नुछ मिलेर
हामी चरा डुलिरहने हाँस पर्यौ
आउने दुःख सुख तर्नु छ मिलेर
हाम्रो यो सुन्दरता छर्नु छ मिलेर ।

शोभा आचार्य गौतम, काठमाडौँ

पञ्चाङ्ग १०

सबैले गर्छन् सन्तानको माया
सुवास भर्छन् सन्तानको माया
भित्रबाट आफै छोएर दिल
नजिक सर्छन् सन्तानको माया
माटोमै मर्छन् सन्तानको माया ।

– आर्त अकुलीन, कैलाली

पञ्चाङ्ग ११

कत्रो चिन्ता हुन्छ सन्तानले बाटो बिराउला कि भनेर
कत्रो चिन्ता हुन्छ कुलको नै साख गिराउला कि भनेर
त्यसैले त सन्तानको अघिपछि लागेका बा-आमा सधैं
सही मार्गमा हिडेर कुलको नाम सिराउला कि भनेर
आफ्नोसङ्गै बा-आमाको नाम पनि भिराउला कि भनेर ।

-पशपती राई खोटाङ ।

पञ्चाङ्ग १२

आमा अघि छोराछोरी झनै पछिल्तिर लाग्दै गएपछि
पर्ख भनि बाबु पनि सँगै पछिपछि जाग्दै गएपछि
परिवारै घुम्न जाने पालो आउँछ कुरी बस्दा समय
केहीले असर पार्ने छैन एकतामा भाग्दै गएपछि
सबै कुरा पुरा हुन्छ नियम पुर्याई माग्दै गएपछि ।

जमुना आचार्य सिन्धुपाल्चोक

पञ्चाङ्ग १३

संस्कारले जे सिकायो त्यही सिक्छौँ हामी
हावाहुरी घामपानीभरि टिक्छौँ हामी
जन्मदाता आमाबाबा पहिला गुरु हाम्रा
जे जे सिक्यौँ कर्मबाटै सधैँ बिक्छौँ हामी
भित्र जे छ भाँडाभरि त्यही झिक्छौँ हामी ।

चन्द्रावती अधिकारी
कोहलपुर बाँके

पञ्चाङ्ग १४

सन्तानको हेरचाहमा खटिएको पाले छ
कवाँ कवाँ गर्दै लौ यहाँ कराउने खाले छ
देखाउन बाटो एउटा अर्को हिड्दै छ पछि
शरीर कति खैरो हो शिरमा धेरै काले छ
अगाडी पोथी बीचमा दुई पछाडी भाले छ।
डिल्ली राज घिमिरे
अर्घाखाँची


सम्बन्धित शीर्षकहरु

नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ। यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन…

सैन्यले आफ्नो परिचालन उद्देश्यहरूलाई मानवीय अनिवार्यताहरूसँग सन्तुलनमा राख्नुपर्छ, जसमा भोकमरी रोकथाम र नागरिक जीवनको सुरक्षा समावेश छ। एकै समयमा धेरै…

नेपाल पत्रकार महासंघअन्तर्गत क्रियाशील विभिन्न बैदेशिक शाखाहरूले प्रतिनिधित्व र सहभागिताको सुनिश्चिततासहित चारबुँदे माग पेश गर्दै महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्मा…

प्रतिकृयाहरू
...