Sunday 12th April 2026

फिलिपिन्स दुतावासको सेल्टर बन्द – ४६२ जना भगौडा निकालिए


कुवेतमा काम गर्न आएका फिलिपिन्सका नागरिकहरु भागेर दुतावास जाने गरेका र तिनलाई सेल्टर खोलेर उसले संरक्षित गर्ने गरेकोमा अब उक्त सेल्टरलाई बन्द गरिएको छ ।

केही बर्ष पहिले सम्म त्यस्ता सेल्टरहरु नेपाल, श्रीलंका लगायतका देशले पनि संञ्चालन गर्दै आएका थिए । तर कुवेत सरकारले जीलेप अल सुयोख मा १५ सय मानिस अटाउने सेल्टर खोले पछि अन्य देशले बन्द गरेका थिए । फिलिपिन्स ले भने बन्द गर्न मानेको थिएन । लामो समय देखि कुवेत सरकारले बन्द गर्न दिएको सूचना र आग्रह लाई नमाने पछि सम्बन्धित मन्त्रालयका मन्त्रीबाट नै हस्तक्षेप गरिएको थियो । दुई साता पहिले फिलिपिन्सको प्रतिनिधी मण्डल बार्ताका लागि कुवेत आएर विना निश्कर्ष फर्किएको थियो ।

फिलिपिन्स दुतावासलाई बाध्य गराउन का लागि त्यस देशबाट जारी भैसकेका करिब २००० नयाँ भिषा का कामदारलाई समेत कुवेत सरकारले कुवेत प्रवेशमा प्रतिबन्ध लगायो । फिलिपिन्स को प्रतिनिधी मण्डल स्वदेश फर्के पछि त्यहाँको संसदमा समेत आवाज उठयो । उनीहरुका सांसदको माग थियो कुवेत मा श्रम संझौता रद्ध गर्नका लागि । तर त्यहाँका राष्ट्रपति ले बनेको पुरानो सम्बन्ध तोड्न आफूले नचाहेको प्रतिक्रिया दिएका थिए ।

कुवेत स्थित अल सुरा क्षेत्रमा रहेको फिलिपिन्सी कामदारको आश्रय स्थल खाली गरिएपछि गृह मन्त्रालयले ३०२ जनालाई देश निकाला गर्ने निर्णय गरेको छ । गृह मन्त्रालय अन्तर्गतको जीलिप अल(शुयुखको आश्रय केन्द्रमा सारिएको थियो, जहाँ तिनीहरूको जानकारी प्रमाणित गरिएको थियो। त्यसपछि, ती मध्ये २३२ लाई निर्वासनको लागि निर्धारित गरिएको थियो, जबकि १५० फिलिपिन्सहरूलाई उनीहरूमाथि लगाइएको यात्रा प्रतिबन्धका कारण छानविनका लागि राखिने भएको छ ।

फिलिपिन्स दूतावासलाई पूर्व सूचना दिएर जनशक्ति मन्त्रालय र रेसिडेन्सी मामिला अनुसन्धानबीचको समन्वयमा निष्कासन प्रक्रिया गरिएको स्थानिय पत्रिका अल राई ले उल्लेख गरेको छ । दूतावासले भाडामा घर लिएर आश्रय स्थल बनाउनु कानुन र नियमको उल्लङ्घन हो भन्दै कुवेतले धेरै पहिले बाट आपत्ति गर्दै आएको थियो ।

आन्तरिक मन्त्रालयले हाल १५० फिलिपिन्सलाई आपराधिक कसुर, दुव्र्यवहार र श्रम विवाद लगायतका विभिन्न मुद्दाका कारण आश्रय केन्द्रमा राखेको छ। उनीहरुलाई स्वदेश फर्काउने आवश्यक प्रक्रियालाई तिब्रता दिन न्याय मन्त्रालय र जनशक्ति मन्त्रालयसँग सहकार्य गरी पहल गरिने भनिएको छ । मन्त्रालयले अन्तर्राष्ट्रिय सम्झौता र मानवीय मापदण्डअनुरुप श्रमिकलाई स्वास्थ्य सेवा र लजिस्टिक सेवा उपलब्ध गराउने छ ।

२२३ महिला र ९ पुरुष सम्मिलित २३२ व्यक्तिको समूहको यात्रा प्रक्रिया छिट्टै सम्पन्न हुनेछ र यसका लागि फिलिपिन्स दूतावाससँग समन्वय गरेर बिहीबारबाट सुरु हुने उडान तालिकाको आधारमा उनीहरूलाई डिपोर्ट गरिने समाचार मा भनिएको छ ।

स्रोतहरूले खुलासा गरेका छन् कि त्यहाँ फिलिपिनो समुदायका थप ७० सदस्यहरू छन् उनीहरुलाई पहिले देखि नै आश्रयमा स्थलमा राखिएको थियो। उनीहरुलाई आवश्यक प्रक्रिया पुरा गरी टिकट बुकिङ गरी यहि शनिबार डिर्पोट गरिने भएको छ ।

सुरक्षा स्रोतहरूले सबै दूतावासहरूलाई कुवेतको कानूनको पालना गर्न र प्रायोजकहरूबाट भागेका आफ्ना कामदारहरूको लागि विशेष आश्रय स्थापना नगर्न आग्रह गरेको छ।


सम्बन्धित शीर्षकहरु

जन सम्पर्क समिति कुवेतका संरक्षक राजेन्द्र विरहीले एक नेपाली महिला श्रमिकलाइ स्वदेश फर्कन सहयोग गरेका छन् । नेपाली कांग्रेस महासमिति…

खोटाङ कुवेत सम्पर्क मञ्चको पूर्व निर्धारित दोश्रो सांगीतिक कार्यक्रम स्थगित भएको छ । खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतले अागामी मिती…

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

प्रतिकृयाहरू
...