Thursday 2nd April 2026

बालगीत -गुणनिधि घिमिरे


आकासको तारा
आङ्कुसेले झार
एउटा दिनु मलाई
अर्को तिमीलाई पार ॥

आउन मेरो काख
माया गर्छु लाख
मिठो छ कि नमिठो
अलिकति चाख ॥

आकासको …

काफल पाक्यो चरीले
गीत गायो बरिलै
तिमी पनि गाउन
लरिलै र लरिलै ॥

आउन मेरो …

तिमी सानु नानी
कति सारो ज्ञानी
बुबु माम खाएर
सुत झर्को नमानी ॥

काफल पाक्यो…

बिहानको घामले
पछि तिम्रै नामले
विश्वभरि चिनाउला
ठूला ठूला कामले ॥

तिमी सानु …

आकासको …

रचनाकारः— गुणनिधि घिमिरे
पाँचथर खान्द्रोङ
हालः— अमेरिका


सम्बन्धित शीर्षकहरु

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

इरान युद्धका कारण पश्चिम एसियाबाट प्राकृतिक ग्यास र एलएनजी आपूर्तिमा आएको अवरोधले भारतको युरिया उत्पादनमा गम्भीर धक्का लागेको छ। उद्योग…

प्रतिकृयाहरू
...