Thursday 2nd April 2026

चन्द्रागिरि साहित्य प्रतिष्ठानको १५५ औं श्रृंखला भव्य रुपमा सम्पन्न


मिति २०८० जेष्ठ १० गते बुधबार साँझ ५।३० बजेबाट शुरु भएको चन्द्रागिरि साहित्य प्रतिष्ठानको १५५ औं श्रृंखला स्वतन्त्र विधामा सम्पन्न भएको छ । उक्त कार्यक्रम चूडा निर्भीकले सञ्चालन गर्नुभएको थियो भने कार्यक्रमको सभापतित्व गंगा लिगलले गर्नुभएको थियो ।

कार्यक्रममा डा. बम बहादुर जितालीज्यूको प्रमूख आतिथ्यता रहेको थियो । कार्यक्रम प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनले स्वागत मन्तव्य दिएर शुरु भएकोमा रचना वाचन क्रमशः जनार्दन अधिकारी धड्कनले ५ वटा खोरिया वाचन, उत्तम भेटुवालले शिखरिणी छन्दमा ज्ञानेन्द्रिय शीर्षकको कविता, यज्ञ सुवेदीले विराग, सीता देवी पाण्डेले खोरिया तथा पिता सम्बन्धी छोटो कविता, टेक बहादुर लौडारीले गठजोड शीर्षकको व्यङ्ग्य कविता, सीता पन्थीले चारु, बीर बहादुर लोहनीले लोकभाकाको कविता, शोभा कडरियाले लयात्मक कविता, उर्मिला पन्तले आमा शीर्षकको कविता, अनुराधा थापाले आमा कवितांश, द्वारिका कुईंकेलले मार्मिक राष्ट्रिय भावको प्यारोडी कविता, संझना भावुकले मर्मश्पर्शी आमा कविता, घनश्याम पौडेलले डि. भी. परेपछि भन्ने यथार्थपरक कविता, दुर्गा क्षत्रीले आमामा समर्पित उच्च सम्मानका शब्दपछि मार्मिक गौरी शीर्षकको कविता, संगीता ठाकुरले आमालाई संझिदै “नेपाल हम्मर प्राण यो” शीर्षकको रसिलो र राष्ट्रिय भावको मैथिली कविता चूडा निर्भीकले आफूले प्रवर्तन गरेका ५ वटा घुयँत्रोहरू, कलानिधि दाहालले महत्वपूर्ण भनाईपछि आडम्बर सम्बन्धी अनुष्टुपमा कविता, डा बम बहादुर थापाले हाम्रा नेता मरेका श्याल भन्ने भावको कसिलो व्यग्यकविता र कार्यक्रमका अध्यक्ष गंगा लिगलले ५ वटा खोरियाहरू प्रस्तुत गर्नु भएको थियो ।

प्रमूख अतिथिका रुपमा कार्यक्रम अत्यन्त उत्कृष्ट रहेको विभिन्न विधाहरू समावेश भएर उत्कृष्ट रचना आउनु भनेको चन्द्रागिरिको गुणात्मक फड्को हो भन्नुभयो भने नयाँ नयाँ विधाहरू थपिईरहेका छन् नयाँ विधामा पनि घुयँत्रो विशेष बनेर आएको छ म पनि लेख्न थाल्छु भन्ने घोषणा गर्नुभयो र चन्द्रागिरि साहित्य प्रतिष्ठान आगामी दिनमा अझै सशक्त बनेर जाओस् भन्ने शुभकामना दिनुभयो ।

सुसेली साहित्य विधाका प्रवर्तक आदरणीय साहित्यकार दुर्गा अधिकारी भ्रमरकोटेकी ममतामयी आमाको निधन भएकोमा मृत्यु भएको १५ औं दिन शोकसहित पहिलोपटक यस कार्यक्रमलाई माया गरेर जोडिनुभएकोमा सबै सर्जकहरू र चन्द्रागिरि साहित्य प्रतिष्ठानका तर्फबाट मृतात्माप्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरियो ।

अन्त्यमा कार्यक्रमको समापन गर्नु हुने प्रतिष्ठानकी संरक्षक समेत रहनुभएकी आदरणीय सर्जक गंगा लिगलले आफ्ना अत्यन्तै सारगर्भित भनाईहरू कवितात्मक शुभवचन सहित व्यक्त गर्नुभयो र आफ्नो रचना वाचनपछि सबै सर्जकहरूलाई धन्यवदाद ज्ञापन सहित कार्यक्रम समापन गर्नुभयो ।


सम्बन्धित शीर्षकहरु

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

इरान युद्धका कारण पश्चिम एसियाबाट प्राकृतिक ग्यास र एलएनजी आपूर्तिमा आएको अवरोधले भारतको युरिया उत्पादनमा गम्भीर धक्का लागेको छ। उद्योग…

प्रतिकृयाहरू
...