Thursday 31st July 2025

चित्रमा पञ्चाङ्ग, भाग: ६२


चित्रमा पञ्चाङ्ग
===========
भाग: ६२

पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १

मिति : २०८०/०१/२२

प्रशिक्षक :
———–
रामराजा के.सी.
नारायण प्रसाद निरौला

भाषा शुद्धीकरण
————————-
चन्द्रवती अधिकारी

चित्र सङ्कलन
———————–
सामाजिक सञ्जाल, गुगल

समायोजक
—————–
सविता के.सी.

आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार ।

हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको बैसठ्ठीअौँ शृङ्खलामा छौँ । यस शृङ्खलामा दिइएको चित्र अनुसारको बिम्बात्मक तथा गहन र मौलिक भाव झल्किने आफ्नो मनले देखेको पञ्चाङ्ग आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध छ ।

नोट : संयोजन गर्न सहज हुने भएकोले कमेन्ट बक्समा नाम र ठेगाना सहित पञ्चाङ्ग लेख्नुहुन अनुरोध छ ।

चित्रमा पञ्चाङ्ग
===========
पञ्चाङ्ग १

प्रकृतिमा सन्तानसित आमा देखेँ
संसार ढाक्ने आमाको जामा देखेँ
जीवनमा काख भेटेँ लाख भयो
हावाहुरीशीत लड्ने खामा देखेँ
आमा पछिको आमा ऊ मामा देखेँ

सविता के.सी., दक्षिणकाली-९, काठमाडौँ ।

पञ्चाङ्ग २

धरती मेरो मनको माया
यही सम्पूर्ण जनको माया
बुझेर पनि किन मानिस
केबल व्यर्थ तनको माया
मेरै हरियो वनको माया ।

आर्त अकुलीन, कैलाली

पञ्चाङ्ग ३

आमा हाम्रो सम्पूर्ण जीवनको सार हुन्छ,
मन-मोहक प्यारको नसुक्ने हार हुन्छ,
आफ्नो दुखेसो लुकाएर सधै हास्ने आमा
बच्चा जन्माउने बेला सकस भार हुन्छ
बुहारी राक्षसी परेमा मारा-मार हुन्छ ।
शिव कुमार रेग्मी
पोखराथोक,पाल्पा

पञ्चाङ्ग ४

कष्ट खपेर पनि रहन्छ नै धर आमाको
लेखाइदेऊ ईतिहास लेख्ने थर आमाको
माया,हक,प्रेरणा सबथोक पाइन्छ र त
हरपल हरेक क्षेत्रमा छ भर आमाको
संरक्षण दिने काख नै हो नि घर आमाको ।

प्रेम थापा “मन”बागलुङ

पञ्चाङ्ग ४

प्रकृतिको लीला पनि जानी नसक्नु छ
रूप रङ्ग आनी बानी ठानी नसक्नु छ
पत्याउनै नसकिनै साह्रै अचम्मको,
यता अनि उता उस्तै छानी नसक्नु छ
जबर्जस्ती भए पनि मानी नसक्नु छ ।

घनश्याम पौडेल, पोखरा

पञ्चाङ्ग ५

आमा जहाँ हेर्दा देखिन्छ
जामा कहाँ हेर्दा देखिन्छ
झर्नाको पानी हेरेर खै
मामा उहाँ हेर्दा देखिन्छ
लामा त्यहाँ हेर्दा देखिन्छ ।

भगवती दवाडी , झापा

पञ्चाङ्ग ६

धेरै नै शक्तिशाली, दुःख गर्ने आमा
अध्यारोमा पनि उज्यालो छर्ने आमा
प्रकृति जस्तै नै सहनशील उनी
सन्तानकाे आवश्यकता भर्ने आमा
परिवारको दुःख,दर्द हर्ने आमा ।

शाेभा आचार्य गाैतम, काठमाडौँ

पञ्चाङ्ग ७

बच्चा जन्माउदा उर्काउदा रिन लाग्न सक्छ
यस्तै साेचेकाे भए त आमा दिन लाग्न सक्छ
सहरिया बनेर भन्छाै फरिया गन्याउछ
पतन गर्न तलाई एकछिन लाग्छ सक्छ
अझै आमालाई माया गर्न घिन लाग्न सक्छ ।

सावित्रा नेपाली सबु बागलुङ

पञ्चाङ्ग ८

कतै खोला कतै नदी कूप देख्छु म त
जहाँ जाऊँ त्यै मुहार खुप देख्छु म त
तिम्रो माया मह जस्तै मिठो लाग्छ आमा
बोल्दिनौ नि किन अचेल चुप देख्छु म त
यो प्रकृतिमै आमाको रूप देख्छु म त

श्रीकृष्ण शर्मा पोखरा
हाल घान्द्रुक

पञ्चाङ्ग ९

आफ्नो सन्तानको दुःख हर्ने नि यी नै आमा हुन्
आफू भोको बसेर पेट भर्ने यी नै आमा हुन्
झर्ना बादल नभनी छत्र छायाँ मा राखेका
सन्तानको औधी नै माया गर्ने यी नै आमा हुन् ।
यत्रतत्र सर्वत्र काया छर्ने यी नै आमा हुन् ।

सरस्वती श्रेष्ठ इटहरी

पञ्चाङ्ग १०

सबैको मनमा छ आमा
जिवित जनमा छ आमा
यत्र तत्र सर्वोश छिन
देशको वनमा छ आमा
नेपाली पनमा छ आमा ।।

धनमाया चौधरी कैलाली

पञ्चाङ्ग ११

प्रकृतिको छहरामा बसी आमाको काखमासँगै
चिसो जाडो आपत भएपनि प्यारो लाखमासँगै
दुनियाँलाई रोमाञ्चित मनोरञ्जनात्मक दृश्य
कसोकसो पारगरि लाने खालको चाखमासँगै
कठिनाईमा जुधेर आमाको साथ राखमासँगै

जमुना आचार्य सिन्धुपाल्चोक

पञ्चाङ्ग १२

सृष्टिकी अर्की नाम हुन आमा,
देवत्वकी दिव्य धाम हुन आमा,
चराचर जगतमानै अतुल्य !
सिर्जनाकी परिणाम हुन आमा,
प्रेमको पवित्र काम हुन आमा !

बिबस पारदर्शी

पञ्चाङ्ग १३
आमा हुन् सृष्टि बिम्ब जहाँ पनि पाउन सकिन्छ
सपनीमा पनि आमाको मायाले धाउन सकिन्छ
आमा नै अथाह मायाको खानी रहेछ संसारमा
त्यसैले त्यै माया फेरि सन्तानमा लाउन सकिन्छ
घर छाडी परदेशिए नि पुन: आउन सकिन्छ ।

-खोटाङ ।

पञ्चाङ्ग १४

देख्दैछु आँखाले आमाको मुहार प्रकृतिमा निहित
झरना भो वस्त्र सरिको गुहार प्रकृतिमा निहित
आमाको महिमा जगतभरिको बुझाउने चित्रले
देख्छु त्यो बिरुवा आमाको जुहार प्रकृतिमा निहित
देखे झन् ममता पलाको नुहार प्रकृतिमा निहित ।

✍️अच्युत घिमिरे-भुटान

पञ्चाङ्ग १५

सेतो धोती एकसरो झरना ,लगाउ आमा,
शिलापत्र छुँदै पानीमा लेउ जगाउ आमा
सर्वस्व लुटाएर मलाई माथि म उठाउने,
साँझमा झ्याउँकिरीमय गीत नगाउ आमा,
म ढुङ्गामा बस्छु तिमी परेलीमा आउ आमा

होम प्रसाद नेउपाने
धरान,सुनसरी ।


सम्बन्धित शीर्षकहरु

नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ। यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन…

सैन्यले आफ्नो परिचालन उद्देश्यहरूलाई मानवीय अनिवार्यताहरूसँग सन्तुलनमा राख्नुपर्छ, जसमा भोकमरी रोकथाम र नागरिक जीवनको सुरक्षा समावेश छ। एकै समयमा धेरै…

नेपाल पत्रकार महासंघअन्तर्गत क्रियाशील विभिन्न बैदेशिक शाखाहरूले प्रतिनिधित्व र सहभागिताको सुनिश्चिततासहित चारबुँदे माग पेश गर्दै महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्मा…

प्रतिकृयाहरू
...