Thursday 31st July 2025

पञ्चाङ्ग साहित्य समाज नेपालको पञ्चाङ्ग अभ्यास शृङ्खला : सतहत्तरौँ भाग (७७)


“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष २
मिति:- २०८०/०१/२०
……………………………….
प्रशिक्षक:-
रामराजा के.सी.
नारायण प्रसाद निरौला

भाषा शुद्धीकरण सुझाव :-
चन्द्रावती अधिकारी
सङ्कलक :- सविता के.सी.

सहजकर्ता :-
(महासचिव)
रामराजा के. सी.
प्रेम थापा “मन”
======================
अनुप्रास : छान्यौ, मान्यौ, जान्यौ, ठान्यौ, तान्यौ, धान्यौ, बान्यौ, हान्यौ आदि मिल्दो ।

स्थायी :- मिल्ने किसिमको ।

अक्षर संख्या :- पाँचदेखि पच्चिससम्म ।

पञ्चाङ्ग, समपञ्चाङ्ग, त्रिपञ्चाङ्ग, समद्विपञ्चाङ्ग वा पाञ्चायन समेत लेख्नुहुन अनुरोध छ ।
=======
पञ्चाङ्ग सङ्कलन गर्न सजिलो हुने भएकाले कमेन्ट बक्समा नाम ठेगाना सहित राख्नुहुन अनुरोध छ ।

पञ्चाङ्ग १

तेरो मेरो छुट्यायौ आफ्नो मात्र छान्यौ तिमीले
जे जे भने उनीहरूले उहीँ मान्यौ तिमीले
नियाल्नु पर्छ कहिलेकाहीँ आफूलाई पनि
छैन गुनासो, जे सिकायो उही जान्यौ तिमीले
मै जान्नी मै ठूलो सोच कस्तो ठान्यौ तिमीले ।

सविता के.सी., दक्षिणकाली-९, काठमाडौँ ।

पञ्चाङ्ग २

माया के हो जान्यौ आफैले
चोखो प्रीति छान्यौ आफैले
यो संसार बुझ्यौ कि आज
खाली झुठ मान्यौ आफैले
व्यर्थ युग ठान्यौ आफैले ।

– आर्त अकुलीन, कैलाली

पञ्चाङ्ग ३

नजिक भएर होला, तुरुन्त मान्यौ तिमीले
कसैलाई फाल्दै बटुल्छु भन्ने ठान्यौ तिमीले
कोही चाहिँदैन भनी नाटक त रचेकै हौ
सधैं साथ दिनेलाई वाण नै हान्यौ तिमीले
भन त धेरै समयपछि के जान्यौ तिमीले ?

प्रेम थापा “मन”बागलुङ

पञ्चाङ्ग ४

वाह!कति सजिलो बाटो, क्रान्ति छान्यौ तिमीले
गरीबलाई झाँसाकै भरमा, तान्यौ तिमीले
परिवर्तनको नाममा, माहोल भड्काएर
जहाँतहाँ गोली र बमगोला, हान्यौ तिमीले
देश आफ्नै बाबाको बपौती झैँ, ठान्यौ तिमीले ।

चिरञ्जीवी ढकाल
नेपालगन्ज -२०
राँझा एयरपोर्ट बाँके

पञ्चाङ्ग ५

हाेला सफल जीवन लक्ष्य छान्याै भने
असम्भव छैन कुनै कुरा ठान्याै भने
बेलैमा सचेत भइ बनी आज्ञाकारी
आमाबुवाकाे सम्मान गर्न जान्याै भने
सार्थक हुन्छ जीवन अर्ति मान्याै भने ।

पञ्चाङ्ग ६

रावण:
काेही छैन अरु मजस्ताे बलवान जान्याै तिमीले
एक हातले उचालेथेँ हिमाल के ठान्याै तिमीले
नदेखाऊ चर्तिकला, जतिगरेनि वानरै त हाै
जुन पुच्छरलाई याे सिँहासनझै मान्याै तिमीले
जलाई छाेट्टयाउँछु पख पुच्छ जति तान्याै तिमीले ।

हनुमान:
मपाईँ गर्न कति जान्याै तिमीले
आफु अजम्मरी नै ठान्याै तिमीले
घमन्डी सिर निहुरिन्छ अवश्यै
नसाेचि व्यङ्ग्यबाण हान्याै तिमीले
हनुमान हुँ काल छान्याै तिमीले।

टीकाराम जाेशी, टीकापुर

पञ्चाङ्ग ७

आफैँलाई ठूलो मान्यौ तिमीले
अरूलाई तुच्छ ठान्यौ तिमीले
घमण्डले अन्धो भयौ सायद,
वचनको वाण हान्यौ तिमीले
पढेर कुन्नि के जान्यौ तिमीले ?
✍️
वसन्त अनुभव
घोराही, दाङ

पञ्चाङ्ग ८

नजरैले तिमीले हान्यौ मलाई
लाखौंमा एक भनी छान्यौ मलाई
वार कि पार त गर्नै पर्ने हुन्छ,
सुमधुर बोलीले तान्यौ मलाई
आफ्नो दिलको रानी मान्यौ मलाई ।

धनमाया चौधरी कैलाली

पञ्चाङ्ग ९

सुन्दर छैन म तिमीले किन छान्यौ मलाई
अरू नि हुँदाहुँदै नजरले हान्यौ मलाई
ऋषिमुनीलाई पगाल्ने कस्ताे शक्ति रहेछ
सबमा कसरी तिमीले याेग्य ठान्यौ मलाई
तिम्राे त्याे भित्री अन्तरआत्माले जान्यौ मलाई

अरूभन्दा मलाई सहजै मान्यौ तिमीले
अनेककाे बीचमा भलाद्मी ठान्यौ तिमीले
हेर्ने र बुझ्ने तरीका सबैकाे आआफ्नाे हाे
सबै कुरा अरूभन्दा छिटाे जान्यौ तिमीले
र हेर्दाहेर्दै मौकामा चौका हान्यौ तिमीले

नवराज भट्ट
कञ्चनपुर

पञ्चाङ्ग १०

हजारौं को भीडमा मलाई नै छान्यौं प्रिय
तिम्रो नजरमा किन अब्बल ठान्यौ प्रिय?
वरिपरि एक सो एक हुँदाहुँदै पनि
तिम्रो त्यो नसालु हेराइले त तान्यौ प्रिय
उम्किनै नसक्ने गरी मलाई बान्यौ प्रिय ।

सरस्वती श्रेष्ठ इटहरी

पञ्चाङ्ग ११

न उमेर न मुहार के छान्यौ तिमीले
न दौलत नै छ कसरी मान्यौ तिमीले
आफूलाई निकै बाठी भनेकी होउली
हरामलाई राम किन ठान्यौ तिमीले
आखिर डिग्री पढेर के जान्यौ तिमीले ।

श्रीकृष्ण शर्मा पोखरा
हाल घान्द्रुक

पञ्चाङ्ग १२

जो बैगुनी उसैलाई आफ्नो मान्यौ तिमीले
अपार माया गर्दा पराई ठान्यौ तिमीले
ढुङ्गाको भर माटो सम्झेको थिए मैले त
तर अर्कैको साहरा हात तान्यौ तिमीले
आस देखाइ अन्तै बन्धन बान्यौ तिमीले ।

तारा घिमिरे स्वेच्छा

पञ्चाङ्ग १३

पाँच वर्षमा चुनाव आउँदा के छान्यौ जनता हो
त्यस्ले जहाँ भन्यो त्यहीँ किन छाप हान्यौ जनता हो
जनता पनि जनता जस्तो हौ न किन झोले हुनु
आज त्यै भ्रष्टलाई जिताएर के ठान्यौ जनता हो
जति पढे नि सोह्र दुना आठ के जान्यौ जनता हो!
-खोटाङ

पञ्चाङ्ग १४

कस्तो मिलाएर शौक तान्यौ तिम्ले मलाई
मौका दँजाएर चौका हान्यौ तिम्ले मलाई
अन्धाधुन्ध नहेरेर माया गाँस्न पुगे छु
तेस्कै लाभ उठाएर बान्यौ तिम्ले मलाई
आज छुटाएर छोड्न छान्यौ तिम्ले मलाई।

✍️अच्युत घिमिरे-भुटान

पन्चाङ्ग १५

लेख्दै आज कलमले यहि भेषमा हुनेछ
शान्ति पुर्ण व्यबहार यहि देशमा हुनेछ
झोला प्रसादहरुको रैला भयो धेरै यहाँ
सोचौं अब एकपटक यो केशमा हुनेछ
भोकभोकै हुन्छु खाना मेरो मेसमा हुनेछ ।

✍️डिल्ली राज घिमिरे
अर्घाखाँची


सम्बन्धित शीर्षकहरु

काठमाडौँ–  डार्क बिन्स क्याफे तथा बरिस्ता तालिम केन्द्रले नारायण श्रेष्ठलाई जुलाइ २८ तारिख,२०२५ का दिनबाट ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। डार्क…

अब यहाँ खरिद गरिएको घरजग्गामा विदेशीहरूले स्वामित्व अधिकार पाउनेछन्। यो कानून शुक्रबार, जुलाई २५ मा 'उम्म अल-कुरा गजट' मा प्रकाशित…

नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ। यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन…

प्रतिकृयाहरू
...