कठैबर बेसहारा बाँच्नु पर्ने जीवन
आँसु रोदनकासाथ बाँच्नुपर्ने जीवन
कहाँ को छन् र ? खोलुँ वेदनाका पोका
चाँडै नै खुलोस् टाढा जानुपर्ने ढोका
घर, जन्मभूमि अनि विश्व सारा
हुनुपर्ने रहेछ जगतभरीको हारा
आशा हुँदोरहेछ अशक्तताको बेला
तर निराश ! होईदोरहेछ सबैको हेलाँ
कठैबरा बेसहारा ……..
जुन जुन सहाराको ठुलो आशा थियो
त्यही त्यही सहाराले लोप्पा खुवाई दियो
यी आँखा भए संधै झम्के साँझ सरह
हृदयका आँशुका पोखरी आँखाबाट तरर
कठैबरा बेसहारा ……..
मन भरी टिलपिल भएका आँशुका पोखरी
खुला बहिरहन्छ घट्दैन आँशुका पोखरी
ओभाएनन् कहिले पनि यी आँखाका डिल
दु:ख र वेदनाले संधै दुख्छ यो दिल
कठैबरा बेसहारा ……..
बि. आर. उप्रेती
बारा, नेपाल