Friday 3rd April 2026

चन्द्रागिरि साहित्य प्रतिष्ठानको १५३ औं स्वतन्त्र कव्य श्रृङ्खला सम्पन्न


चन्द्रागिरि साहित्य प्रतिष्ठानको १५३ औं स्वतन्त्र कव्य श्रृङ्खला यहि मिति २०८० बैशाख २७ गते सम्पन्न भयाे ।

खाेरिया प्रवर्तक,चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनकाे सभापतित्वमा एबं शिखर कवि शैलेन्द्र साकारको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा साकारले मन्तव्य दिनु हॅुदै चन्द्रागिरि साहित्यले साहित्य सेवामा ठुलो योगदान पुर्याएको छ भन्नु हुदै खोरिया जस्ता नव विधाहरुले स्रष्टालाई लेखनीमा अभ्यस्त बनाएको छ भन्नु भयो । विशिष्ट अतिथि डा.बम बहादुर थापा जितालीले आज शास्त्रिय छन्द, छन्द,गद्य,लोक छन्द खोरिया लगायतका सिर्जना आए भन्नु भयो बिशिष्ठ अतिथि गंगा लिगल र कलानिधि दाहालले १५३ औं श्रृखला सम्म निरन्तर हुनु चानचुने कुरा होइन भविष्य सम्म निरन्तरताको शुभकामना व्यक्त गर्दछु भन्नु भयो ।

सचिव सुधा बास्कोटा ढकालको कुशल उद्घोषणमा भएको कार्यक्रममा अन्य उपस्थित अामन्त्रीत अतिथि साहित्यकारहरु क्रमस दुर्गा रिमाल,शारदा अचार्य,लक्ष्मी प्रसाद मिश्र,उत्तम भेटवाल,टेक बहादुर लौडारी,बीर बहादुर लोहनी, बिनु बाबा घिमिरे,घनश्याम पौडेल,कृष्ण प्रसाद पौडेल,उत्तम विपस्वी, लगायत १८ जना सर्जकहरुले अा-अाफ्ना विशेष रचना सुनाउनु भयो ।

अन्तमा सभापति जनार्दन अधिकारी धड्कनले खाेरियाकाे प्रवर्तककाे हैसियतले खाेरिया लेखनकाे सैद्धान्तिक अवधारणा ४ पङ्तिकाे संम्रचनामा ३ पङ्ति ८/८,८ अक्षर र चाैथाे पङ्ति ५ अक्षर गरि जम्मा २९ अक्षरमा पूर्ण खाेरिया बन्ने प्रष्ट पार्नु हुँदै खाेरिया लाेक छन्द हाे यसलाई जुन सुकै भाका लयमा संगित भरेर गाउन सकिने छ भन्नु भयाे ।यहाँ उपस्थितहरु धेरैले खाेरिया लेखन अभ्यास गरिरहनु भएकाे छ भन्नु हुँदै यहाहरु अमूल्य समय दिएर जाेडिनु भएकाेछ र नयाँ स्रष्टाहरु पनि हरेक श्रङ्खलामा पाउनु अायाेजककाे खुशी हाे भन्नु हुँदै विशिष्ठ अतिथिज्यूहरू लगायत उपस्थित सम्पूर्ण अतिथि अामन्त्रीत साहित्यकार ज्यूमा धन्यवाद ज्ञापन गर्नु भई खाेरिया र कविता सुनाउनु भई कार्यक्रम समापनकाे घाेषणा गर्नु भयाे ।


सम्बन्धित शीर्षकहरु

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

इरान युद्धका कारण पश्चिम एसियाबाट प्राकृतिक ग्यास र एलएनजी आपूर्तिमा आएको अवरोधले भारतको युरिया उत्पादनमा गम्भीर धक्का लागेको छ। उद्योग…

प्रतिकृयाहरू
...