पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १
मिति : २०८०/०१/०१४
प्रशिक्षक :
———–
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण
————————-
चन्द्रवती अधिकारी
चित्र सङ्कलन
———————–
सामाजिक सञ्जाल, गुगल
समायोजक
—————–
सविता के.सी.
आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार ।
हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको एकसठ्ठीअौँ शृङ्खलामा छौँ । यस शृङ्खलामा दिइएको चित्र अनुसारको बिम्बात्मक तथा गहन र मौलिक भाव झल्किने आफ्नो मनले देखेको पञ्चाङ्ग आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध छ ।
नोट : संयोजन गर्न सहज हुने भएकोले कमेन्ट बक्समा नाम र ठेगाना सहित पञ्चाङ्ग लेख्नुहुन अनुरोध छ ।
चित्रमा पञ्चाङ्ग
===========
पञ्चाङ्ग १
जिन्दगी सुखमय बनाउने होडमा सहर अनौठो
हिजोभन्दा आज अर्कै आजभन्दा भोलि रहर अनौठो
चल्दो मिल्दो नै सुहाउँछ फर्केर हेर्नु एकपल्ट
आवश्यकताको बढ्दै छ माग नहुने कहर अनौठो
देखासिकी बढेको भेडा यात्रा लागेको लहर अनौठो ।
सविता के.सी., दक्षिणकाली-९, काठमाडौँ ।
पञ्चाङ्ग २
चराको घर बनाएकै हो ?
चित्रले शंका जनाएकै हो
कहाँ होला यो थाहा भए त
धर्मको खुट्टा तनाएकै हो
युक्ति चाहिँ अपनाएकै हो ॥
गुणनिधि घिमिरे अमेरिका
पञ्चाङ्ग ३
अनुशासनको प्रबल चर बनेछ
एक ममताको बलियो धर बनेछ
यस्तै पर्यावरण संरक्षणका लागि
गुँड रुपी जीवन धान्ने भर बनेछ
चराको अस्तित्वको लागि घर बनेछ ।
प्रेम थापा “मन”बागलुङ
पञ्चाङ्ग ४
पिॅजडा जस्तो घर छ
के गर्छ भन्ने डर छ
चराको निमित्त यहाँ
ऑफूमै ठूलो भर छ
बरू त्यो अलि पर छ ।
घनश्याम पौडेल, पोखरा
पञ्चाङ्ग ५
चराको गुँढ शहर होला
मान्छेको जस्तै रहर होला
एक खम्बामा आश्चर्य भयो
सरकारको ठहर होला
पन्छीहरूका लहर होला ।
भगवती दवाडी
पञ्चाङ्ग ६
एउटै खम्बामा यत्रो घर आँट्नु सानो कुरा होइन
धेरै चित्र बनाई दिमाख चाट्नु सानो कुरा होइन
वास्तवमा मान्छेमा धेरै कुराको ज्ञान छ भन्ने जनाउँदै
पुरै शहर एउटा खम्बामा साट्नु सानो कुरा होइन
यस्तो आकर्षक तरिकाले छाट्नु सानो कुरा होइन ।
सरस्वती श्रेष्ठ इटहरी
पञ्चाङ्ग ७
खम्बा माथि घर छन् जाने बाटाे देखिदैन
घर अडेकाे जमीन र माटाे देखिदैन
काल्पनिक घर हुन तिनीहरू खम्बामा
ती घर भित्र कुनै मान्छे लाटाे देखिदैन
त्यस चित्रमा जीवनकाे पाटाे देखिदैन
नवराज भट्ट
कञ्चनपुर ।
पञ्चाङ्ग ८
सपनाको सहर कस्तो होला ?
हृदयको रहर कस्तो होला ?
यो मन पनि बुझी नसक्नु छ,
आफन्तको कहर कस्तो होला ?
हाँसी दिने जहर कस्तो होला ?
– आर्त अकुलीन, कैलाली
पञ्चाङ्ग ९
खम्बालाई मेरुदण्ड मानेको हो कि?
खम्बा घर बनाउन छानेको हो कि?
इन्जिनियरको कल्पना जस्तो लाग्छ ।
देशलाई डुबाउन ठानेको हो कि ?
भित्र खाइ खोक्रो पार्न जानेको हो कि ?
धनमाया चौधरी कैलाली
पञ्चाङ्ग १०
एक खुट्टामा संसार ठान्न सम्भव छ
मान्छेको मनमस्तिक तान्न सम्भव छ
बन्दछन् रोचकयुक्त कला प्रदर्शनी
राम्रो चित्र बनाउन जान्न सम्भव छ
असम्भव छ कल्पना मान्न सम्भव छ ।
होम प्रसाद नेउपाने
धरान,सुनसरी ।
पञ्चाङ्ग ११
ओहाे पिँजडा जस्तो घर कस्तो
केही हुन्छ कि भन्ने डर कस्तो
कला पनि बुझि नसक्नु छ है
एक अर्को घरका भर कस्तो
घरमा छैन कुनै चर कस्तो ।
शाेभा आचार्य गाैतम
काठमाडौँ
पञ्चाङ्ग १२
खम्बामा अड्ने कस्तो घर होला
यस्तोमा खै के को नै भर होला
देख्दा सारै अचम्म भो मलाई
कस्तो अचम्मको शहर होला
कसरी बस्ने भन्ने डर होला ।
दुर्गा भट्टराई
मोरङ
पञ्चाङ्ग १३
गुड पनि कलात्मक बनायो विज्ञानले
अनौठो आकृतिहरु जनायो विज्ञानले
मिहिनेत गरे नहुने के होला संसारमा
नेपाल बिकशित देश भनायो विज्ञानले
जमिन भित्रका खानी खनायो विज्ञानले ।
तारा घिमिरे स्वेच्छा सङ्खुवासभा
पञ्चाङ्ग १४
गुजुमुज्ज शहरको हालतले
स्वास फेर्ने प्रहरको हालतले
बाँच्नलाई साह्रै कठिन बनायो
खराव त्यो जहरको हालतले
मानिसको रहरको हालतले ।
-पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती न.पा.-३,काभ्रे
पञ्चाङ्ग १५
अब तल्लैतल्ला भएको अग्लो घर बनाउनुपर्छ
जमिनमा खेती आकाशमा शहर बनाउनुपर्छ
खेर जान दिनु हुन्न नि हाम्रो पसिना र पानीलाई
अब आफ्नै माटो सिंच्याउन नहर बनाउनुपर्छ
अब यही सुन फलाउने रहर बनाउनुपर्छ ।
पशपती राई खोटाङ ।
पञ्चाङ्ग १६
अचम्मको चित्र विराटस्वरुप सरी भेटियो
यो पक्षीको गुढको नाममा मनपरी भेटियो
कस्तो ठिङ्ग एउटै खुट्टाले उभिएको स्तब्धमा
हजारौं झ्याल र ढोकाको यस्तो नगरी भेटियो
नौलो कारणले सञ्जालमा घरिघरि भेटियो ।
✍️ अच्युत घिमिरे-भुटान
पञ्चाङ्ग १७
आहा खोरै खोरको शहर बनेछ चराहरुको
फोहोरै फोहोरको शहर बनेछ चराहरुको
अजब गजब वृक्षझै देखिने विचित्र कल्पना
सबै चोरै चोरको शहर बनेछ चराहरुको
कस्तो घनघोरको शहर बनेछ चराहरुको !
बिबस पारदर्शी
झापा ।
पञ्चाङ्ग १८
यो खम्बा विश्व मानेको होला
घरको थुप्रो जानेको होला
हेर्दा अचम्म लागेर आयो
यो निर्माता के ठानेको होला
कला कसरी धानको होला ।
मधुसूदन प्रसाद घिमिरे, काठमाडौँ ।
पञ्चाङ्ग १९
एउटै खम्बा भित्र जोड्ने घरको मजा बेग्लै छ
भन्छौ तिमी किन जोड्ने यो थरको मजा बेग्लै छ
फाटेका मन टाल्न गाह्रो पर्ने हेर पक्कै यहाँ
मिलाउन सकस बुध बरको मजा बेग्लै छ
अर्थतन्त्रमा उठाउने करको मजा बेग्लै छ
।
✍️डिल्ली राज घिमिरे
अर्घाखाँची