Wednesday 30th July 2025

चित्रमा पञ्चाङ्ग, भाग-६०


पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १

मिति : २०८०/०१/०७

प्रशिक्षक :
———–
रामराजा के.सी.
नारायण प्रसाद निरौला

भाषा शुद्धीकरण
————————-
चन्द्रवती अधिकारी

चित्र सङ्कलन
———————–
सामाजिक सञ्जाल, गुगल

समायोजक
—————–
सविता के.सी.

आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार ।

हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको साठ्ठीअौँ शृङ्खलामा छौँ । यस शृङ्खलामा दिइएको चित्र अनुसारको बिम्बात्मक तथा गहन र मौलिक भाव झल्किने आफ्नो मनले देखेको पञ्चाङ्ग आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध छ ।

नोट : संयोजन गर्न सहज हुने भएकोले कमेन्ट बक्समा नाम र ठेगाना सहित पञ्चाङ्ग लेख्नुहुन अनुरोध छ ।

चित्रमा पञ्चाङ्ग
===========
पञ्चाङ्ग १

राम्रो संस्कार पनि नयाँ कुरा सिक्नेलाई यहाँ
सम्झना कस्तो होला आफ्नै आँसुले रुझ्नेलाई यहाँ
चाहिन्न भन्लान् एकदिनको मिष्ठान्न, भोको पेटले
देखाउन एकदिन, जुनी एक्लै काट्नेलाई यहाँ
कहाली लाग्दो जीवनमा हा! एक्लै बस्नेलाई यहाँ ।

हेर्दा पनि अचम्म के सिक्ने होला
इज्जत प्रतिष्ठा कता बिक्ने होला
आमा मरेर मीठो खानेहरू हो
आफ्नै अनुहार कता झिक्ने होला
इज्जतले कुन ठाउँ टिक्ने होला ?

सविता के.सी., दक्षिणकाली-९, काठमाडौँ ।

पञ्चाङ्ग २

कस‌ैकाे यहाँ झुपडीमा बास छ
त्याे शरीरमा अलि अलि सास छ
मिष्ठान्नकाे कुरा नै नगरौ यहाँ
पेट भर्न चाहिने मात्र गाँस छ
अझै बाँचिन्छ कि भनेर आस छ

मिठाई फलफूल खान कसकाे मन हुन्न
खाने कसरी काम नभ‌ै खल्तीमा धन हुन्न
यसैकाे लागि करले विदेसिए मान्छे यहाँ
मान्छे मर्दा त कपडा लगाउने तन हुन्न
घरकाे लागि काठ चाहिने यहाँ वन हुन्न

नवराज भट्ट
कञणचनपुर ।

पञ्चाङ्ग ३
वर्षामा छानो नभै रुन्छ यही झुपडीमा
साहुले झनै जालो बुन्छ यहि झुपडीमा
खुसी भन्दा पीडा छरेर दिनदिनै यहाँ
सुन्दा कथा मन पो छुन्छ यही झुपडीमा
स्वर्ग भन्दा सुन्दर हुन्छ यही झुपडीमा

-पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती न.पा.-३,काभ्रे

पञ्चाङ्ग ४

निवासहरु मद्धे झुपडीको बास ठिक
हारै खाए पनि कोसिस गर्ने सास ठिक
धेरै कमाउने ज्यादै खुशी नहोला याहाँ
लुट्नुचोर्नु भन्दा दिनको एक गास ठिक
संसार नै मर्यो भने जिउने आस ठिक ।

✍️अच्युत घिमिरे-भुटान

पञ्चाङ्ग ५

झुपडीमा छोडी आमा,बजार सर्छन् छोरा
दिल टुटाएर के दिनहरू टर्छन् छोरा
आमाको श्रद्धाञ्जली दिँदा केक काटेर नै
सिको गरेर विदेशीको, भ्रम छर्छन् छोरा
कुरा नसुनी आफै जान्ने जस्तो गर्छन् छोरा ।

✍️प्रेम थापा “मन”बागलुङ

पञ्चाङ्ग ६

सानो झुपडीको बासमा आमा ‌
सम्पूर्णले फेर्ने सासमा आमा
सुख अनि दु:ख सबैमा हुन्छ
माया पिरतीको रासमा आमा
सर्वाधिक महान् खासमा आमा ।

– आर्त अकुलीन, कैलाली

पञ्चाङ्ग ७

झुप्रे छाप्रो भए पनि आफ्नो घर आफ्नै हुन्छ हेर
त्यही सानो छाप्रो एउटा ठूलो सपना बुन्छ हेर
बाँचुन्जेल भोक भोकै दिनहरू बिते मरे पछि
हार्दिक श्रद्धाञ्जली लेख्दै आँसुले मुख धुन्छ हेर
आफू पनि बृद्ध हुँदा पछुतो जालोले छुन्छ हेर ।

सरस्वती श्रेष्ठ इटहरी

पञ्चाङ्ग ८

आमा बिनाको प्यारो घर हुँदैन
आमा जस्तै अरुको भर हुँदैन
झुपडीको बास नै काफी छ यहाँ
आमा भए कालको डर हुँदैन
दाजुभाइ बिचमा झर हुँदैन ।

धनमाया चौधरी कैलाली

पञ्चाङ्ग ९

मरेपछि पिण्ड दान गर्नु व्यर्थ जान सम्झि भगवान
बाँचुनजेल देऊ राम्रो लाउन खान सम्झि भगवान
नरुवाऊ दुःख दिई माता भन्दा ठूलो तिर्थ छैन अरु
सेवा गर्नु सम्मानले सधैं राखी मान सम्झि भगवान
कर्तव्य यो सन्तानको धर्म ठूलो ठान सम्झ भगवान !

बिबस पारदर्शी
झापा ।

पञ्चाङ्ग १०

यो झुपडी भत्केपछि संस्कार पनि नासिदै गयो
छोरा आमालाई छाडी सहर तिर भासिदै गयो
कस्तो अचम्म माया पनि पैसा तिर मात्रै पो जाने
उत्ताउलो पार्दै संस्कृति अर्कैतिर गाँसिदै गयो
उतैतिर लाग्दा हाम्रो क्यै रहेन सप्पै मासिदै गयो !
-पशपती राई खोटाङ ।

पञ्चाङ्ग ११

गरिबको घरमा खुसी आए हुन्न र
गरिबको मनमा शान्ति छाए हुन्न र
आमा हुँदा मात्रै झुपडी महल लाग्छ,
यतै कतै भिरपाखा मा धाए हुन्न र
जे छ घरमा सानो तिनो खाए हुन्न र ।

✍️रतन बिष्ट _ आलिताल , डडेल्धुरा

पञ्चाङ्ग १२

माता हाँसुन मेरी यिनै जुन तारामा हुनेछिन्
विना अवनीको टेकेर ऊन धारामा हुनेछिन्
चामुण्डाका हून् वैश्णुवी कर्ममा ज्ञानि सधैँ यिनै
छातीको रगत दुधले हुन भारामा हुनेछिन्
स्निग्ध ममताको माधुर धुन सारामा हुनेछिन्

✍️डिल्ली राज घिमिरे
भुमिका स्थान ९
अर्घाखाँची

पञ्चाङ्ग १३

शान्तिले बस्न पाए त्यै झुपडीकाे बास राम्रो
बाच्नकाे लागि मिहिनेतकाे केही गाँस राम्रो
महलमा बस्नेहरू पनि सबै खुसी छैनन्
भराेसा छैन यहाँ,ईश्वर माथि अाश राम्रो
ध्यान दिएमा आफैँ माथि आफ्नै त्यो सास राम्रो ।

शाेभा आचार्य गाैतम,काठमाडौँ ।


सम्बन्धित शीर्षकहरु

नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ। यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन…

सैन्यले आफ्नो परिचालन उद्देश्यहरूलाई मानवीय अनिवार्यताहरूसँग सन्तुलनमा राख्नुपर्छ, जसमा भोकमरी रोकथाम र नागरिक जीवनको सुरक्षा समावेश छ। एकै समयमा धेरै…

नेपाल पत्रकार महासंघअन्तर्गत क्रियाशील विभिन्न बैदेशिक शाखाहरूले प्रतिनिधित्व र सहभागिताको सुनिश्चिततासहित चारबुँदे माग पेश गर्दै महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्मा…

प्रतिकृयाहरू
...