Friday 3rd April 2026

चन्द्रागिरि साहित्य प्रतिष्ठानको १५१ औं कव्य श्रृङ्खला ‘आमा’ विषय शीर्षक काव्य गोष्ठीको रुपमा सम्पन्न


चन्द्रागिरि साहित्य प्रतिष्ठानको १५१ औं कव्य श्रृङ्खला आमा विषय शीर्षक काव्य गोष्ठीको रुपमा यहि मिति २०८० बैशाख १३ गते भव्यताका साथ सम्पन्न भयाे ।

खाेरिया प्रवर्तक,चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनकाे सभापतित्वमा एबं बरिष्ठ साहित्यकार गंगा लिगल,कलानिध दाहालको विशिष्ठ आतिथ्यमा भएको कार्क्रममा गंगा लिगलले चन्द्रागिरिका अध्यक्ष धड्कन र सचिव सुधा बास्कोटा ढकाल गोधुली साहित्य प्रतिष्ठानबाट सम्मानित र पुरस्कृत भएकोमा बधाई र शुभकामना दिनु हॅुदै १५१ श्रृङ्खला सम्म पुग्नु सानो मिहनतले पुग्दैन विशेष गरि जनार्दन धड्कनले साहित्य सेवामा गर्नु भएको योगदान महत्वपूर्ण छ भन्नु भयो ।
विशिष्ठ अतिथि कलानिधि दाहालले चन्द्रागिरिको कार्यक्रममा कुनै न कुनै विशेष दिन परेको हुन्छ ती दिनका शीर्षकमा कलम चलाउॅदा अभ्यासको रुपमा लेखनी खारिने छ भन्नु भयो ।

चुडा निर्भिककाे कुशल उद्घघाेषणमा भएकाे काव्य गोष्ठीमा अन्य उपस्थित अामन्त्रीत अतिथि साहित्यकारहरु क्रमस उर्मिला पन्त,दुर्गा रिमाल,लक्ष्मी प्रसाद मिश्र,सन्जना भवुक,अनुराधा थापा,भिम कुमारी श्रेष्ठ,सिर्जना खनाल,उत्तम भेटवाल,टेक बहादुर लौडारी,बीर बहादुर लाहनी, बिनु बाबा घिमिरे,यज्ञलाल सुबेदी,चन्द्रावती अधिकारी,भवानी घिमिरे,द्वारिका कुईकेल,रस्मी रिमाल,भगवती दवाडी अनमोल शर्मा,गंगा अभिलाषी,उत्तम विपस्वी,शान्ता शाक्य,सुधा मिश्र,तारा घिमिरे)शुरेश घिमिरे लगायत २८ जना सर्जकहरुले अा-अाफ्ना विशेष रचना सुनाउनु भयो ।

अन्तमा सभापति जनार्दन अधिकारी धड्कनले खाेरियाकाे प्रवर्तककाे हैसियतले खाेरिया लेखनकाे सैद्धान्तिक अवधारणा ४ पङ्तिकाे संम्रचनामा ३ पङ्ति ८/८,८ अक्षर र चाैथाे पङ्ति ५ अक्षर गरि जम्मा २९ अक्षरमा पूर्ण खाेरिया बन्ने प्रष्ट पार्नु हुँदै खाेरिया लाेक छन्द हाे यसलाई जुन सुकै भाकामा संगित भरेर गाउन सकिने छ भन्नु भयाे ।यहाँ उपस्थितहरु धेरैले खाेरिया लेखन अभ्यास गरिरहनु भएकाे छ भन्नु हुँदै यहाहरु अमूल्य समय दिएर नेपालको व्भिन्न प्रदेश,भारत,इजरायल,अमेरिका दोखि जाेडिनु भएकाेछ र नयाँ स्रष्टाहरु पनि हरेक श्रङ्खलामा पाउनु अायाेजककाे खुशी हाे भन्नु हुँदै विशिष्ठ अतिथिज्यूहरू लगायत उपस्थित सम्पूर्ण अतिथि अामन्त्रीत साहित्यकार ज्यूमा धन्यवाद ज्ञापन गर्नु भई खाेरिया र कविता सुनाउनु भई कार्यक्रम समापनकाे घाेषणा गर्नु भयाे ।


सम्बन्धित शीर्षकहरु

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

इरान युद्धका कारण पश्चिम एसियाबाट प्राकृतिक ग्यास र एलएनजी आपूर्तिमा आएको अवरोधले भारतको युरिया उत्पादनमा गम्भीर धक्का लागेको छ। उद्योग…

प्रतिकृयाहरू
...