Friday 3rd April 2026

सोमनाथ लुइँटेल”रवि पाल्पाली” का तार्किक जुनेलीहरू


१)
खलोमा
बस्छौ
भलोमा
खस्छौ ।
२)
चारमा
सार
बारमा
झार
३)
बलेको
देख्छु
चलेको
लेख्छु ।
४)
मायाको
पोको
रहेछ
धोको ।
५)
पाल्पाली
नानी
ल्याउन
पानी ।
६)
तिर्खाले
सुक्यो
घाँटी नि
दुख्यो ।
७)
नजर
टाढा
पिरती
गाढा ।
८)
पाल्पाली
ठिटो
लेख्दछ
छिटो ।
९)
आखामा
पानी
नभन
नानी ।
१०)
चलन
भयो
जलन
गयो।
११)
कसम
खान्छौं
मिलेर
जान्छौं।
१२)
लतार्नु
हुन्न
दिलले
छुन्न।
१३)
मनको
बह
नबोली
कह।
१४)
दु:खको
बेला
पीडाको
मेला।
१५)
आकाशे
फल
नगरे
कल।
१६)
बेलामा
मौका
पर्दछ
चौका।
१७)
छोप्नु छ
भेल
नराम्रो
खेल।
१८)
मनको
तार
नलाऊ
बार।
१९)
चलन
चल्ती
बचेन
खल्ती।
२०)
गगन
पारी
आउ है
प्यारी।
२१)
जुनेली
नारा
घन्कियो
सारा।

सोमनाथ लुइँटेल”रवि पाल्पाली”
पाल्पा,हाल-बर्दिया


सम्बन्धित शीर्षकहरु

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

इरान युद्धका कारण पश्चिम एसियाबाट प्राकृतिक ग्यास र एलएनजी आपूर्तिमा आएको अवरोधले भारतको युरिया उत्पादनमा गम्भीर धक्का लागेको छ। उद्योग…

प्रतिकृयाहरू
...