Wednesday 30th July 2025

पञ्चाङ्ग साहित्य समाज नेपालको पञ्चाङ्ग अभ्यास शृङ्खला : छयत्तरौँ भाग (७६) सम्पन्न


“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष – २
मिति:- २०८०/०१/०५
……………………..
प्रशिक्षक:-
रामराजा के.सी.
नारायण प्रसाद निरौला

भाषा शुद्धीकरण सुझाव :-
चन्द्रावती अधिकारी
सङ्कलक :- सविता के.सी.

सहजकर्ता :-
(महासचिव)
रामराजा के. सी.
प्रेम थापा “मन”
======================
अनुप्रास : भिरमा, पिरमा, खिरमा, झिरमा, चिरमा, धिरमा, शिरमा आदि मिल्दो ।

स्थायी :- मिल्ने किसिमको ।

अक्षर संख्या :- पाँचदेखि पच्चिससम्म ।

पञ्चाङ्ग १

फुलेर फूल सौन्दर्य पाखा भिरमा मन छ
कुहिन्छ झर्छ फलेको फल पीरमा मन छ
शिरको दर्द मुटुमा दुख्छ आँसु छ आँखामा
पीडाले छेड्छ हृदय जल्छ झिरमा मन छ
भोको छ पेट अमिलो भान्सा, खीरमा मन छ ।

✍️सविता के.सी., दक्षिणकाली-९, काठमाडौँ ।

पञ्चाङ्ग

शिरको टोपी खसेर भिरमा परेछ
त्यसैले मेरो यो मन पीरमा परेछ
न तानेर आँउछ न हानेर झर्दछ,
यता न उता यो मन तीरमा परेछ
सम्पूर्ण दोष आखिर शिरमा परेछ।

✍️घनश्याम पौडेल,पोखरा

पञ्चाङ्ग

मनमा सोचेको केही हुँदैन पीरमा छु
फर्केर आउँदै छु घरतिर भिरमा छु
जहाँ गए पनि काम बन्दैन मेरो यहाँ
ओबानो हुँदैनन् आँखा सधैं नीरमा छु
आज कसले दियो खाना मीठो खीरमा छु ।

✍️नवराज भट्ट,कञ्चनपुर

पञ्चाङ्ग

हरेक व्यक्ति आफ्नै कठिन पिरमा छन्
बहुसंख्यक नै जिन्दगीको भिरमा छन्
विसङ्गति पनि त्यसै आएको हैन है
हातमा चापी भएका स्वयं चिरमा छन्
जो पीडित छन् उनै नेताकै शिरमा छन् ।

✍️प्रेम थापा “मन “बागलुङ

पञ्चाङ्ग

आज मेरो जिन्दगी भिरमा परेकोछ
दुई खोली नदीको तिरमा परेकोछ
यता जाउँ कि उता जाउँ दोधारमा छु
उठ्नै नसक्ने गरी झिरमा परेकोछ
त्यसैले सबै पीर शिरमा परेकोछ।

✍️सरस्वती श्रेष्ठ इटहरी

मानव चोला नै झिरमा उने सरह भयो
बढेको महङ्गी पिरमा उने सरह भयो
सबैले दुइ नम्वरी पैसा कमाउन सक्ला ?
हाम्रो चाहना पनि भिरमा उने सरह भयो
समाजमा बाध्यता ले धिरमा उनेझै भयो।

✍️ म प्र धि

पञ्चाङ्ग

छोरो रणभूमिमा हुँदा आमा सधैं पिरमा छ
खुकुरीको धारमा ज्यान देश सधैं शिरमा छ
इज्जत इमान सजिलो ठाउँमा कहाँ हुन्छ र
कमल हिलोमा छ सुनगाभा चाहिँ भिरमा छ
टिप्नलाई जो साहस राख्छ उही नै वीरमा छ।

✍️-पशपती राई खोटाङ ।

पञ्चाङ्ग

बाँचेको छु जिन्दगी झिरमा राखेर
जाँदैन तिमीलाई पिरमा राखेर
आमा देश मरेको कसरी हेरुँ म,
देश बाँच्नु पर्छ यो शिरमा राखेर
बस्नु सधैं त्यो मन धिरमा राखेर।

✍️रतन बिष्ट _ आलिताल, डडेल्धुरा

पञ्चाङ्ग

हिँडेर मानिस भिरमा रमाए
सबैभन्दा बढी पिरमा रमाए
मुटुमाथि ढुङ्गा राखेर मानिस,
उनिएर आफै झिरमा रमाए
रुँदै कोही जन तीरमा रमाए ।

✍️- आर्त अकुलीन, कैलाली

पञ्चाङ्ग

तिम्रो नामको सिन्दुर शिरमा छ
गुलाबी साडी र चोलो चिरमा छ
सकेसम्म जगेर्ना गर्नु पर्छ नि ,
कहिँ अल्झिन्छ कि भन्ने पिरमा छ ।
आशा र भरोसा तिम्रो धिरमा छ ।

✍️धनमाया चौधरी कैलाली

पञ्चाङ्ग

साम्राज्यबादीको संविधानले कहिले सम्म धान्ने होला
समृद्धि शुसासन विभाँति यी कहिले सम्म मान्ने होला
आवाज मात्र बन्न थाल्यो यो कथा जिन्दगीको हेर यहाँ
असामान्य विवेक यिनै तुलो कहिले सम्म छान्ने होला
जीवन हरेक पल खुशीका कहिले सम्म जान्ने होला।

✍️डिल्ली राज घिमिरे,अर्घाखाँची

पञ्चाङ्ग

डरलाग्दो भिरमा परेको छु
तनावले पिरमा परेको छु
बेलाबखत यस्तै हुने गर्छ
वचनको झिरमा परेको छु
दुःखदको शिरमा परेको छु ।

✍️अच्युत घिमिरे-भुटानबाट🇧🇹

पञ्चाङ्ग

जिन्दगी सधैं घाँस दाउरा गर्दै भीरमा छ
सुख शान्ति समृद्धि भन्दा बढी पीरमा छ
कसलाई के भनौं आफ्नो भाग्य कमजोर हुँदा
तड्पिएको मन आधा सुक्यो ज्यान झिरमा छ
दु:ख शास्ती अनि गरीबी लेखेको शिरमा छ ।

✍️तारा घिमिरे सङ्खुवासभा


सम्बन्धित शीर्षकहरु

सैन्यले आफ्नो परिचालन उद्देश्यहरूलाई मानवीय अनिवार्यताहरूसँग सन्तुलनमा राख्नुपर्छ, जसमा भोकमरी रोकथाम र नागरिक जीवनको सुरक्षा समावेश छ। एकै समयमा धेरै…

नेपाल पत्रकार महासंघअन्तर्गत क्रियाशील विभिन्न बैदेशिक शाखाहरूले प्रतिनिधित्व र सहभागिताको सुनिश्चिततासहित चारबुँदे माग पेश गर्दै महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्मा…

वाशिंगटन: अमेरिकी अधिकारीहरूले विदेशी हस्तक्षेपको आशंकामा अर्बपति एलोन मस्कको स्वामित्वमा रहेको सामाजिक सञ्जाल X मा फ्रान्सले गरेको आपराधिक अनुसन्धानको शुक्रबार…

प्रतिकृयाहरू
...