Wednesday 30th July 2025

चित्रमा पञ्चाङ्ग, भाग – ५९


चित्रमा पञ्चाङ्ग
===========
भाग: ५९

पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १

मिति : २०७९/१२/३०

प्रशिक्षक :
———–
रामराजा के.सी.
नारायण प्रसाद निरौला

भाषा शुद्धीकरण
————————-
चन्द्रवती अधिकारी

चित्र सङ्कलन
———————–
लक्ष्मीप्रसाद मिश्र

समायोजक
—————–
सविता के.सी.

आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार ।

हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको उनान्साठ्ठीअौँ शृङ्खलामा छौँ । यस शृङ्खलामा दिइएको चित्र अनुसारको बिम्बात्मक तथा गहन र मौलिक भाव झल्किने आफ्नो मनले देखेको पञ्चाङ्ग आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध छ ।

नोट : संयोजन गर्न सहज हुने भएकोले कमेन्ट बक्समा नाम र ठेगाना सहित लेखिएका पञ्चाङ्ग मात्र समायोजन गरिने जानकारी गराइन्छ ।

चित्रमा पञ्चाङ्ग
===========
पञ्चाङ्ग १

सध्य जीउमा नहुने चिज भाँगो लगाएर
बुद्धि भ्रष्ट, जङ्गलमा हेर आगो लगाएर
कहिले फिर्छ मान्छेको मन निस्वार्थी भई
तेरो मेरो सिमा छुट्याउन धागो लगाएर
रुख डढाई शीतलतामा हाँगो लगाएर ।

सविता के.सी., दक्षिणकाली-९, काठमाडौँ ।

पञ्चाङ्ग २

आगाेलाई खाना चाहियाे खान्छ मजाले
जंगल हाेस् वा घरगाेठ लान्छ मजाले
आगाे जतिकाे तापमान काे छ जगमा
जे दिनुस् खा भन्दै उसले धान्छ मजाले
वस्तु समातेपछि माथि जान्छ मजाले ।

नवराज भट्ट
कञ्चनपुर

पञ्चाङ्ग ३

सगर डढेकाे देखियाे
आगाेले बढेकाे देखियाे
याे प्रकृतिकाे सत्यानास
धुवा ले चढेकाे देखियाे
रुख नै लढेकाे देखियाे ।

म प्र धि

पञ्चाङ्ग ४

ख्याल गरौॅ खडेरीमा आगो लाग्न सक्छ
जङ्गलमा बास बस्ने प्राणी भाग्न सक्छ
यौटा सानो गल्ती हुॅदा ठूलो क्षती भई
बिपदमा कोही सहयोग माग्न सक्छ
कति बेला उसैमाथि दया जाग्न सक्छ ।

घनश्याम पौडेल, पोखरा

पञ्चाङ्ग ५

शरिर त्यसै गलिरहेको छ
जिउँदो मुर्दा ढलिरहेको छ
छैन हो भगवान जस्ता मान्छे
यस्तै गरेर चलिरहेको छ
पेटमा आगो बलिरहेको छ ।

पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती न.पा-३,काभ्रे

पञ्चाङ्ग ६

कतै आगो लागेको छ कतै पानी परेको छ
सफा थियो आकाश तर असिना झरेको छ
बाहिर एक भित्र अर्कै खेल खेली अचेल
आफ्नै हुँ भन्नेले पनि आज खोली तरेको छ
आखिर जे हो समयले यो सबै गरेको छ ।

– आर्त अकुलीन, कैलाली

पञ्चाङ्ग ७

जङ्गलमा आगो लगाउने प्रकृतिको विनाश गर्नु हो
जनावरलाई भगाउने प्रकृतिको विनाश गर्नु हो
सानो किरादेखी ठुला जनावरसम्मले बाँच्ने हक छ
यस्मा मानवले सगाउने प्रकृतिको विनास गर्नु हो
बाच्ने अधिकार बगाउने प्रकृतिको विनाश गर्नु हो ।

✍️सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा हाल बर्दिया ।

पञ्चाङ्ग ८

आगो लगाई प्रकृतिको समस्या पार्नेलाई
तापीय ज्वाला अझ अर्को ठाउँमा सार्नेलाई
कसैलाई नि यस्ता हर्कत गर्न छुट छैन
कानुनको दायरा नाघेर तल झार्नेलाई
त्यसै छोड्नु हुँदैन ती जीव सारा मार्नेलाई ।

प्रेम थापा “मन”बागलुङ

पञ्चाङ्ग ९

अनेक जन्तु बस्छन् मन पराउँदै वनमा
आउँछन् पाहुना चरा लहराउँदै वनमा
सुन्दरताको पहिचानमा नलगाअौँ आगो,
रहन्छन् हरिण बथान चराउँदै वनमा,
आफ्नो रक्षा आफैँ गर्छन् ती डराउँदै वनमा।

होम प्रसाद
धरान,सुनसरी ।

पञ्चाङ्ग १०

समय अमुक गुरु हो हरेक क्षण पढाउन सक्छ
आज्ञाकारी छात्र बने ज्ञानको भन्डार बढाउन सक्छ
पञ्च तत्वको दुनियामा सबैको आ-आफ्नै हुन्छ भुमिका
आगोले भेटेमा एकैछिनमा संसार डढाउन सक्छ
पानी जम्यो भने एकैछिनमा डाडा चढाउन सक्छ ।

-खोटाङ ।

पञ्चाङ्ग ११

हरे वन जंगल डढेर नास भएकोछ
गाउँ बस्ती नै जाला की भन्ने त्रास भएकोछ
धुवाँको मुस्लो बढेर डर लाग्दो भयो यहाँ
जम्मै रुख पात डढेर खग्रास भएको छ
अक्सिजन आउने माध्यम ह्रास भएकोछ ।

सरस्वती श्रेष्ठ इटहरी

पञ्चाङ्ग १२

चैत्र मासको खडेरीमा आगो लागेको छ
जिब जन्तुको घडेरीमा आगो लागेको छ
सबै सम्पति सत्यानास हुने नै भयो त
बस्तु भाउको चडेरीमा आगो लागेको छ
जडीबुटीको जडेरीमा आगो लागेको छ ।

धनमाया चौधरी कैलाली

पञ्चाङ्ग १३

गरौ ख्याल भित्र बाहिर यो पस्न सक्छ
आफ्नो हु भन्नेले पनि हेर डस्न सक्छ
बिनाशकारी आगो फैलियो आज यहाँ
अंगाल्दै छ्न यिनै आधार बस्न सक्छ
अक्सिजन दिने पात झनै खस्न सक्छ ।

✍️डिल्ली राज घिमिरे
अर्घाखाँची

पञ्चाङ्ग १४

प्रकृतिको विध्वंसमा नास भयो
जीवजन्तूको त कहाँ बास भयो
जानेर गरे कि नजानी यो कतै
गल्ती नै नबुझ्ने बदमास भयो
एक ठाउँबाट छिर्दै पास भयो ।

जमुना आचार्य सिन्धुपाल्चोक


सम्बन्धित शीर्षकहरु

सैन्यले आफ्नो परिचालन उद्देश्यहरूलाई मानवीय अनिवार्यताहरूसँग सन्तुलनमा राख्नुपर्छ, जसमा भोकमरी रोकथाम र नागरिक जीवनको सुरक्षा समावेश छ। एकै समयमा धेरै…

नेपाल पत्रकार महासंघअन्तर्गत क्रियाशील विभिन्न बैदेशिक शाखाहरूले प्रतिनिधित्व र सहभागिताको सुनिश्चिततासहित चारबुँदे माग पेश गर्दै महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्मा…

वाशिंगटन: अमेरिकी अधिकारीहरूले विदेशी हस्तक्षेपको आशंकामा अर्बपति एलोन मस्कको स्वामित्वमा रहेको सामाजिक सञ्जाल X मा फ्रान्सले गरेको आपराधिक अनुसन्धानको शुक्रबार…

प्रतिकृयाहरू
...