Friday 18th July 2025

युएईको मंगल मिसनबाट प्राप्त भयो चन्द्रमाको तस्बिर


मंगल ग्रहको वरिपरि संयुक्त अरब इमिरेट्स (युएई) को एक अन्तरिक्ष यानले रातो ग्रहको सानो चन्द्रमाको सबैभन्दा स्पष्ट फोटोहरू पठाएको छ।

युएईको अमल (अरबीक नाम अमल को मतलब हो आशा अर्थात होप) अन्तरिक्ष यानले गत महिना डेमोसको १०० किलोमिटर भित्र उडेको थियो र क्लोज-अप शटहरू सोमबार जारी गरिएको थियो। यो लगभग आधा शताब्दीमा डेमोसको सबैभन्दा नजिकको अन्तरिक्ष यान थियो।

मंगल ग्रहको अर्को चन्द्रमा, फोबोस, लगभग दोब्बर आकारको छ र यसले मंगल ग्रहको धेरै नजिक परिक्रमा गर्छ । यो नै सौर्य मण्डलका कुनै पनि ग्रहहरुका चन्द्रमा मध्ये धेरै नजिकबाट परिक्रमा गर्ने चन्द्रमा हो । मंगल ग्रहबाट यसको दुरी जम्मा ६००० किलोमिटर मात्र छ ।

मंगलको अलिक ठुलो आकारको अर्को चन्द्रमा डिमोसको दुरी भने २३००० किलोमिटर पर छ । त्यो अन्तरिक्षयानको कक्षाको भित्री भागको नजिक छ, “जसले नै डेमोसलाई यस्तो आकर्षक बनाएको छ,” मिसनका प्रमुख वैज्ञानिक हेसा अल-माट्रोशीले भने।

युएई मिसनले डिमोसको तस्विर पठाईसके पछि त्यसले फोबस तर्फ अघि बढने छ । युएईको मिसन जुलाई १९, २०२० मा छाडिएको थियो ।

युएई स्पेस एजेन्सीका अल-माट्रोशी र अन्य वैज्ञानिकहरूले भनेका छन् कि प्राप्त नयाँ तस्विरबाट यो निश्चित भएको छ की यो कुनै छुद्र ग्रह होईन । बरु यी चन्द्रमाहरुको उत्पति मंगल ग्रहको उत्पती भए देखि नै अस्तित्वमा रहेका छन ।

स्रोत: एपी


सम्बन्धित शीर्षकहरु

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले बुधबार (जुलाई १६) आफ्नो पार्टीका सदस्यहरूलाई पाकिस्तानी सेना प्रमुख असीम मुनीरलाई जेलमा केही भएमा जवाफदेही…

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सिरियाको राजधानी दमास्कसमा इजरायलले हालै गरेको आक्रमणको बारेमा वासिङ्टन "धेरै चिन्तित" रहेको बताएका छन्, किनकि युद्धविराम…

सुशिल बस्याल "राष्ट्रप्रेमी" -साउने सङ्क्रान्तिको सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना। साउने सङ्क्रान्ति पर्व प्रायः सबै नेपालीका लागि विशेष महत्त्वको चाड हो।…

प्रतिकृयाहरू
...