Sunday 21st September 2025

शिलापत्र अनावरण तथा नयाँ वर्ष शुभकमना कार्यक्रम सम्पन्न


चन्द्रागिरि नगरपालिका १५ तीनथाना र किर्तिपुर नगरपालिका २ देबढोका जोड्ने झलुङ्गे पुलको संयुक्त शिलापत्र अनाबरण एबं नया वर्ष शुभकामना कार्यक्रम यहि २०८० बैशाख १ गते सम्पन्न भएको छ ।

संरक्षण समितिका अध्यक्ष हरि कुमार कार्कीको सभापतित्वमा र चन्द्रागिरि नगरपालिका १५ का वडा अध्यक्ष घनश्याम लुइटेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा शिलापत्र अनावरण गर्नु हॅुदै लुईंटेलले शिलापत्रले भावि पुस्तालाई ऐतिहासिक अभिलेख सुरक्षित गरेको हुन्छ । यो कार्य यह्रानिय छ भन्नु भयो । उहाँले तीनथानाको गाविस र त्यो भन्दा पनि पहिलेको योगदान दिनेहरुको नाम फोटो संकलन गरी संग्रालय बनाउने योजनामा रहेको बताउनु हुॅदै नया वर्षको शुभकामना व्यक्त गर्नु भयो ।

जनार्दन अधिकारीको उद्घोषण र राधा पौडेलको स्वागत मन्तव्यबाट शुरु भएको उक्त कार्यक्रम सभापति हरि कुमार कार्कीको शुभकामना तथा धन्यबाद ज्ञापन मन्तव्य पछि औपचरिक रुपमा समापन भएको थियो ।


सम्बन्धित शीर्षकहरु

सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाइ पदबाट हटाएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई हटाइ मनोज सिलवाललाई…

नासाको मंगल ग्रह रोभर पर्सिभरेन्सले मंगल ग्रहमा प्राचीन जीवनको सम्भावित संकेतहरू पत्ता लगाएको छ। रोभरले प्राचीन सुख्खा नदीको नालामा चट्टानहरू…

आज भोली आन्दोलनमा घुसपैठ भयो भनेर जेन जी पनि भन्छ, निबर्तमान सरकार र पुराना दलहरु पनि त्यसै भन्छन । अझ…

प्रतिकृयाहरू
...