Wednesday 30th July 2025

अथकको अस्तित्व लोकार्पण


नारायण कोइराला – पाल्पा साहित्य समाजको २९ आै स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा पाल्पा साहित्य समाजका अध्यक्ष एवं साहित्यकार पुष्कर अथक रेग्मीद्वारा लिखित ऐतिहासिक आख्यान संग्रह अस्तित्व लोकार्पण एवं विमर्श कार्यक्रम सम्पन्न भएको छ । पाल्पा उधोग बाणिज्य संघको सभा कक्षमा भएको कार्यक्रमको मूल पाहुना प्रमुख अतिथि पाल्पा जिल्लाका जिल्ला समन्वय समितिका सभापति टंकनाथ खनाल हुनुहुन्थ्यो ।

“अस्तित्व प्रकाशनले पाल्पाको साहित्यको इतिहासमा एउटा नौलो इटा थपिएको छ । कृतिले ऐतिहासिक पाल्पाको अस्तित्व उजागर गरेको छ । अथकले इतिहासलाई साहित्यको माध्यमले अात्ध्यात्मिकरण गरी बस्तुनिष्ठ तरिकाले प्रस्तुत गर्नु भएको छ ” भनी प्रमुख अतिथि खनालले बताउनु भयो । अथकद्वारा लिखित अस्तित्वमाथि समीक्षा गर्दै त्रिभुवन बहुमुखी क्याम्पसका उप प्राध्यापक पुष्कर अाचार्यले ,”अाख्यानले साच्चै सेनकालीन पाल्पाको अस्तित्व खोजेको छ । शुन्य अध्यायबाट शुरू भएको अस्तित्व अात्मोध्यायमा टुंगिएको छ । विचका ३१ वटा अध्यायमा कथाहरू अात्ध्यात्मिक शैलीमा बहेकन छन् ।लेखनमा नवीनपन छन्। पूर्वजहरूमा समर्पित कृतिमा जन्मभूमिको अस्तित्व ख‍‍‍ोजिएको छ ।” भनी बताउनु भयो । कार्यक्रममा बुद्धिजीवी एवं लेखक निर्मल श्रेष्ठद्ारा इतिहासको कुरा उठान गर्दै गोविन्द नेपालद्वारा पाल्पा साहित्य समाज र लेखक पुष्कर अथक रेग्मीको उत्तरोत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गरिएको थियोे ।

अस्तित्वको तिसौं अध्यायमा रहेको लोकगीत सुमधुर अावाजमा कलाकार विष्णु पन्थद्वारा गाईएको थियो । गीतले राजा पृथ्वीपाल सेनकी रानी परमेश्वरीको दर्दभरि कहानी प्रस्तुत गरेको थियोे । साहित्यकार पत्रकार गुणवती केसीले शुभकामना मन्तव्य संगै अस्तित्व भित्र रहेका गीतहरूलाई गायन गरि कार्यक्रमलाई रोचक बनाउनुका साथै पाठकलाई अाकर्षण गर्नुभएको थियोे ।

लेखक पुष्कर अथक रेग्मीले,”कोरोनाकालमा जम्मा १० दिन लगाएर आख्यान लेखिएको हो । आख्यानलाई अात्ध्यात्मिककरण गरिएको छ । इतिहासको अध्ययन गरि लेखिएकोले काल्पनिकता छैन् । अस्तित्व एक पटक सबैले पढिदिनुहोला र क्रियाप्रतिक्रिया व्यक्त गर्नुहोला । समाजको कार्यक्रममा उपस्थित हुनुभएकोमा सबैलाई धन्यवाद छ ” भन्नुभयो ।

बि. सं २०५१ सालमा स्थापित पाल्पा साहित्य समाजले पाल्पामा नियमित र बैधानिक रूपमा साहित्यिक गतिविधि संचालन गर्दै अाएको छ ।पाल्पा साहित्य समाजले विभिन्न पुस्तक प्रकाशन गर्दै अाएको छ । पुष्कर अथक रेग्मीको तेइसौ कृति अस्तित्व पनि पाल्पा साहित्य समाजद्वारा प्रकाशित कृति हो ।अस्तित्व सेनकालीन इतिहासलाई अाख्यानीकरण गरि लेखिएको कृति हो । अथकद्वारा लिखित कृतिमा सेनकालीन इतिहास र मानवीय क्रियाकलापलाई देवतवकरण गरिएको छ । अस्तित्वमा अथक स्वयं र राजा मणिमुकुन्द सेनको स्वरूप मानिदै अाईएको चक्रशिलाबिच सम्वाद भएको कथालाई एकतिस अध्यायमा विभक्त गरि लेखिएको छ । कृति पठनीय र उदाहरणीय रहेको छ।अस्तित्व अथकको तेइसौं प्रकाशित कृति हो ।

“इतिहास लेखनमा कहिल्यै पुर्णथा हुदैन । ईतिहासका अस्पष्टताहरू स्पष्ट हसदै जानुपर्छ ” भनी पासासका संरक्षक राजेन्द्र गोपाल सिहले बताउनुभयो । कार्यक्रम कोषाध्यक्ष पुरूषोत्तम अर्यालक‍ो स्वागत , सचिव सविता भट्टराईको संचालन र राजेन्द्रगोपाल सिहको अध्यक्षतामा पाल्पा उधोग बाणिज्य संघको सभाकक्षमा सम्पन्न भएको थियोे ।


सम्बन्धित शीर्षकहरु

सैन्यले आफ्नो परिचालन उद्देश्यहरूलाई मानवीय अनिवार्यताहरूसँग सन्तुलनमा राख्नुपर्छ, जसमा भोकमरी रोकथाम र नागरिक जीवनको सुरक्षा समावेश छ। एकै समयमा धेरै…

नेपाल पत्रकार महासंघअन्तर्गत क्रियाशील विभिन्न बैदेशिक शाखाहरूले प्रतिनिधित्व र सहभागिताको सुनिश्चिततासहित चारबुँदे माग पेश गर्दै महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्मा…

वाशिंगटन: अमेरिकी अधिकारीहरूले विदेशी हस्तक्षेपको आशंकामा अर्बपति एलोन मस्कको स्वामित्वमा रहेको सामाजिक सञ्जाल X मा फ्रान्सले गरेको आपराधिक अनुसन्धानको शुक्रबार…

प्रतिकृयाहरू
...