Tuesday 30th December 2025

चिरञ्जीवी ढकालका समसामयिक पञ्चाङ्गहरू


पञ्चाङ्ग-२०८०-०१-०२

कति रमाइलो भएको सत्तामा हेर
नाम नै काफी यिनको गत्तामा हेर
देश बनाउन को नै गएको रैछ त
सबैको नजर तलब भत्तामा हेर
कस्तो शक्ति छ कागजको पत्तामा हेर ।

पशुपति दर्शनको वहानामा उ आउन सक्छ
जयजय भोलेनाथ भनेर भजन गाउन सक्छ
यो सदियौँदेखिको नित्य कर्म जस्तै बनाएको छ
स्वार्थ पूरा नहुदा सम्म यसरी नै धाउन सक्छ
मौका पाए अजिङ्गरले जस्तै मुख वाउन सक्छ ।

बाटो बिग्रिएकोछ आउँ म कसरी हो
अब तिम्रो दर्शन पाउँ म कसरी हो
सजिलै भनिदियौ समय सँग चल
मन छोडेर अन्तै जाउँ म कसरी हो
अज्नवी सँग माया लाउँ म कसरी हो ?

मैले पानी माग्दा नि दु:ख मानेकी थियौ यादगर
अति क्रुर वचन बाँण हानेकी थियौ यादगर
हिजो सम्झाउदा यो गरिबका कुरा माकुरा भयो
कहिल्यै कमजोर हुन्न ठानेकी थियौ यादगर
मलाई छोडी अर्कैलाई छानेकी थियौ यादगर ।

आँखाले बिस्तारमा कहेको छ के गरौँ
यो मनले कसरी सहेको छ के गरौ
कति दिन नहुने हो हाम्रो भेट अब
यही चिन्ता मनभित्र रहेको छ के गरौँ
मसी बनी मेरो आँसु बहेको छ के गरौँ ?

कहाँ कहाँ खोजे तर,राम भेटिदैन
मन्को बह बिसाउने ,धाम भेटिदैन
भोको पेट नाङ्गोआङ,असिनाको झरी
नलागेको कहि कुनै, ठाम भेटिदैन
सयौं चोट लागेको छ डाम भेटिदैन ।

कहाँ दियौ जगत, छल ग-यौ नेता जी
बनाएर भगत, छल ग-यौ नेता जी
व्यर्थै हात गुमाएँ तिम्रो पछि लाग्दा
खेरै गयो रगत छल ग-यौ नेता जी
रैछ बाचा फगत, छल ग-यौ नेता जी ।

मेरो धर्ती उज्यालो पार्ने चाँद तिमी हौ
यो जीवनको चारकिल्ला साँद तिमी हौ
चैतमास उराठ लाग्ने दिनमा पनि
मायाका मुना हल्काउने खाद तिमी हौ
उन्नत बाटो देखाउने वाद तिमी हौ ।

सधैं पिरलो भो तप्प चुहिने छानोको हजुर
जोहो कता गर्ने साँझ विहान मानोको हजुर?
समाजवादको पगरी गुथेको छ समयले
भेदभाव उस्तै नै छ ठूलो र सानोको हजुर
कुनै अर्थ छैन संविधानको पानोको हजुर ।
१०
आँखा पनि लोलाएर नरम भएको छ
यस्तो लाग्छ भित्र छाती गरम भएको छ
भेट भयो चौतारीमा थकाइ मार्ने बेला
मनमा कौतुहलता, चरम भएको छ
के निहुँपारी छेउतिर, सरम भएको छ ।
११
विस्वास गर जहाँ पायो त्यहाँ छुन्न म
लाग्ने छैन बिचमा तनावाना बुन्न म
नतान सरम हुन्छ, माथि माथि जामा
बोकेर तारी दिउँला, पागल हुन्न म
हैन भने सक्ने छैन, रहर थुन्न म ।
**
नेपालगन्ज -२०
राँझा एयरपोर्ट बाँके


सम्बन्धित शीर्षकहरु

बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) प्रमुख बेगम खालिदा जियाको निधन भएको छ । आज बिहान ६ बजे ८०…

गुरुङ समुदायको नयाँ वर्षका रूपमा मनाइने तमु ल्होसार आज देशभर विविध कार्यक्रमसहित मनाइँदैछ । पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको…

परिवर्तित राजनीतिक परिस्थितिमा नयाँ वैकल्पिक शक्ति निर्माण गर्ने साझा लक्ष्यसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच सोमबार एकतासम्बन्धी…

प्रतिकृयाहरू
...