Friday 3rd April 2026

मन्जुश्री साहित्यिक समाजको ८ ओै वार्षिकोत्सव नागार्जुन भ्याली एकेडेमी रानीवन, काठमाडौंमा भव्यताका साथ सम्पन्न


मन्जुश्री साहित्यिक समाजको ८ ओै वार्षिकोत्सव नागार्जुन भ्याली एकेडेमी रानीवन, काठमाडौंमा यहि २०७९ चैत्र २७ गते भव्यताका साथ सम्पन्न भएको छ ।

समाजका अध्यक्ष डा.बम बहादुर थापा जितालीको सभापतित्व एबं प्रा.रामकुमार पॅांडेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा गीतकार प्रा.डा.कृष्ण हरि बराललाई रु १५१२५/-नगद सहित विपी-भूपी पुरस्कार र संस्थापक: प्रा. गङ्गा लिगल र श्री राम सिहं बस्नेत दुवै पुरस्कार दातालाई मन्जुश्री स्रष्टा सम्मान प्रदान गरिएको थियो ।

मन्तव्य दिनु हॅुदै पॅाडेले अबकास प्राप्त व्यक्तिहरुलाई साहित्यिक थलो प्रदान गरेर बुढ्यौली साहित्य तर्फ आकर्षण साथै जीवनलाई साहित्य समाजले सहजता बनाएकोमा खुशी लागेको बताउनु भयो ।

विशेष अतिथि नागार्जुन न.पा वडा न. १ वडा सदस्य रामप्रसाद खनाल, प्रा. देवी पन्थी, वरिष्ठ गायिका चन्द्रकला शाहले पनि मन्जुश्री समाजले गरेको योगदानको चर्चा गर्दै शिभकामना व्यक्त गर्नु भयो ।प्रभा बरालको उद्घोषण र वीरबहादुर लाेहनीले स्वागत भाषणमा भएको कार्यक्रममा गायक शिव गाैतमबाट जहाँ छन् बुद्वका आँखा गीत गाउॅनु भएको थियो ।कार्यक्रमको दोस्रो चरणमा रचना वाचन गरिएको थियो ।रचना वाचन गर्नु हुनेमा दुर्गा अधिकारी भ्रमरकाेटे, पाेम रेग्मी, सीताराम घिमिरे, शान्ति सापकोटा, जनार्दन अधिकारी धड्कन, एन बी जनकपुरी, चुडा निर्भीक, घननाथ पाैडेल, टेकबहादुर लाैडारी, सुरेश चन्द्र घिमिरे , कल्पना भट्टराई, डा. मेघराज अधिकारी, बालकृष्ण सुवेदी, सूर्यकुमार पण्डितले आ-आफ्ना रचना कविता, चारु, खोरिया, सुसेली आदि वाचन भएका थिए ।

अन्तमा सभापति जितालीले धन्यबाद मन्तव्य दिनुहॅुदै कार्यक्रम समापनको घोषणा गर्नु भएको थियो ।


सम्बन्धित शीर्षकहरु

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

इरान युद्धका कारण पश्चिम एसियाबाट प्राकृतिक ग्यास र एलएनजी आपूर्तिमा आएको अवरोधले भारतको युरिया उत्पादनमा गम्भीर धक्का लागेको छ। उद्योग…

प्रतिकृयाहरू
...