“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष २
मिति:- २०७९/१२/१४
……………………..
प्रशिक्षक:-
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण सुझाव :-
चन्द्रावती अधिकारी
सङ्कलक :- सविता के.सी.
सहजकर्ता :-
(महासचिव)
रामराजा के. सी.
प्रेम थापा “मन”
======================
अनुप्रास : आफू खुसी मिल्दो ।
स्थायी :- लाग्छ ।
अक्षर संख्या :- पाँचदेखि पच्चिससम्म ।
पञ्चाङ्ग, समपञ्चाङ्ग, त्रिपञ्चाङ्ग, समद्विपञ्चाङ्ग वा पाञ्चायन समेत लेख्नुहुन अनुरोध छ ।
=======
पञ्चाङ्ग सङ्कलन गर्न सजिलो हुने भएकाले कमेन्ट बक्समा नाम ठेगाना सहित राख्नुहुन अनुरोध छ ।
पञ्चाङ्ग १
गरिबीको चपेटाको लातदेखि डर लाग्छ
दुई जिब्रा साँप बोल्छन् बातदेखि डर लाग्छ
कोही हुन्नन् आफ्ना भन्ने, पराय पनि लाग्दैनन्
अनायासै भेटिएको भातदेखि डर लाग्छ
सङ्घर्ष विनाको फोस्रो खातदेखि डर लाग्छ ।
१
व्वाँसो जस्तै चाल देख्दा घातदेखि डर लाग्छ
तप्प खस्ने कर्कलाको पातदेखि डर लाग्छ
त्रासै त्रासको जीवन लीला टुङ्गिन्छ पक्कै नि
सपनीमा तर्साउने रातदेखि डर लाग्छ
डस्ने नियत भएका हातदेखि डर लाग्छ ।
२
आफैँसित पलाएको मातदेखि डर लाग्छ
ठुलो सानो भन्ने उही जातदेखि डर लाग्छ
तिमी मेरो म तिम्रो, यति मात्र जीवन कहाँ ?
समाजको घेराबन्दी हातदेखि डर लाग्छ
कोही सानो कोही ठूलो बातदेखि डर लाग्छ ।
३
सविता के.सी., काठमाडौँ ।
पञ्चाङ्ग २
मलाई तिमी राम्रो लाग्छ
भन्या नमान्दा चाम्रो लाग्छ
आखिर तिमि मेरै त हो
डाइटीङ् गर्दा डाम्रो लाग्छ
तिम्रा बोलिले हाम्रोलाग्छ ।
म प्र धि
पञ्चाङ्ग ३
अब कहाँ जाने होला
आज खै के खाने होला
ढुकुटी नै खाली भयो
मेरो के नै माने होला
भोलि को रैथाने होला ?
—•देवी पन्थी——–
पञ्चाङ्ग ४
आफ्नै बन पाखा कति राम्रो लाग्छ
सलल् बग्ने नदि अति राम्रो लाग्छ
जहाँ गएनि आफ्नै त्यो ठाउँ प्यारो
विकास बढेको गति राम्रो लाग्छ
नचाहिने कुरा खति राम्रो लाग्छ।
शोभा आचार्य गौतम, काठमाडौँ
पञ्चाङ्ग ५
कहिले काही त कामै कामको खात लाग्छ
मीठो बोली बोल्दिदा अनायासै बात लाग्छ
जिन्दगीमा उतार चढाव आइरहँदा
त्यही बोली कसैको जीवनमा घात लाग्छ
खाँदै नाखाको विषले पनि पो मात लाग्छ ।
सरस्वती श्रेष्ठ इटहरी
पञ्चाङ्ग ६
सोझो हुनुमा कर लाग्छ
नजिक कोही पर लाग्छ
कस्तो जमाना कस्तो युग
आफ्नै मान्छेको डर लाग्छ
आखिर किन भर लाग्छ ।
– आर्त अकुलीन, कैलाली
पञ्चाङ्ग ७
धन भन्दा मन मायालु लाग्छ,मनभरि प्यार भरेर आएँ
आस्थालाई सुरक्षित राख्दै विश्वासमा म भर परेर आएँ
सायद नियति न होला इच्छा नहुँदा नहुँदै पनि तड्पिने
सजिलो हुन्छ पाएपछि सहारा हाँसी चाहना छरेर आएँ
फुलिरह्यो गुनकेसरी मगमग बास्ना भक्ति गरेर आएँ ।
प्रेम थापा “मन”बागलुङ
पञ्चाङ्ग ८
काव्यको जन्मलोक तिर जानुछ मलाई
पञ्चाङ्गको नं.एक तिर लानुछ मलाई
साहित्यको उत्तम विद्या हो यो बुझ्नुहोला
कन्ठ गरेर रचनाको खानुछ मलाई
बृहत सोच्ने मन तर सानुछ मलाई ।
शिव कुमार रेग्मी
पोखराथोक,पाल्पा
पन्चाङ्ग ९
कहिले कहिँ त गाउँ छोडेर जाउँ पर लाग्छ
सोचेर मात्र नहुने सरकारको कर लाग्छ
मन पिरोली रहन्छ खै कसलाई सुनाऊ
झुट्टो बोल्न आउँदैन साथि सत्यको डर लाग्छ
सबथोक बाआमा हुन् उनैको मात्र भर लाग्छ ।
अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन नपा – ६ संखुवासभा
पञ्चाङ्ग १०
कहिलेकाही त खादै नखाको बिषले पनि लाग्छ
फसाउनलाई हितैषी मित्र नै शत्रु बनि लाग्छ
दिन दशा भन्ने कुरो कसरी आउन सक्छ हेर
कहिले लाग्छ राहु केतु भने कहिले शनि लाग्छ
लागेपछि एकोहोरो दशैदशा गनिगनि लाग्छ !
-खोटाङ
पञ्चाङ्ग ११
सोझो हुन पनि खिन्न पिर लाग्छ
अप्ठेरो छोडेर हिन्न चिर लाग्छ
नाच्न नजान्नेलाई आगनै टेडो
हुनेले नै धेरै छिन्न तिर लाग्छ
सोचाई सबैको भिन्न वीर लाग्छ ।
अच्युत घिमिरे-भुटान
पञ्चाङ्ग १२
रात परे जुन लाग्छ
पाप गरे खुन लाग्छ
नलाग् भनेर लाग्दैन ?
श्राप टरे कुन लाग्छ ?
ताप छ रे गुन लाग्छ ?
गुणनिधि घिमिरे अमेरिका