Tuesday 29th July 2025

चित्रमा पञ्चाङ्ग, भाग – ५७


चित्रमा पञ्चाङ्ग
===========
भाग: ५७
पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १
मिति : २०७९/१२/०९
प्रशिक्षक :
———–
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण
————————-
चन्द्रवती अधिकारी
चित्र सङ्कलन
———————–
लक्ष्मीप्रसाद मिश्र
समायोजक
—————–
सविता के.सी.
आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार ।
हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको सन्ताउन्नौँ शृङ्खलामा छौँ । यस शृङ्खलामा दिइएको चित्र अनुसारको बिम्बात्मक तथा गहन र मौलिक भाव झल्किने आफ्नो मनले देखेको पञ्चाङ्ग आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध छ ।
नोट : संयोजन गर्न सहज हुने भएकोले कमेन्ट बक्समा नाम र ठेगाना सहित लेखिएका पञ्चाङ्ग मात्र समायोजन गरिने जानकारी गराइन्छ ।
चित्रमा पञ्चाङ्ग
===========
पञ्चाङ्ग १

आमा संसारकै ठुली रानी हुन्
तिर्खाउँदा प्यास मेट्ने पानी हुन्
आमासित ममताको छत छ
नरित्तिन नसकिने खानी हुन्
जीवनको एकल कहानी हुन् ।

सविता के.सी., काठमाडौँ ।

पञ्चाङ्ग २

शहरिया महिलाले हेर दुर्दशा
सक्छौ भने आएर यो फेर दुर्दशा
अभियन्ता बनेर घुम्छौ देश देश
तिमीलाई लाग्छ कति बेर दुर्दशा
ख्याल गर हुन्छ शिर नेर दुर्दशा ।

घनश्याम पौडेल,पोखरा

पञ्चाङ्ग ३

कर् , मर्म, सुख कुनै बोटमा फल्न सक्दैन
आमाको माया नि कुनै चोटमा गल्न सक्दैन
आमा हुन् हरेक किसिमको औषधीय प्रेम
हजारौं दु:ख रुपी छर्राहरू छल्न सक्दैन
आमा बिना यो संसार कदापि चल्न सक्दैन ।

प्रेम थापा “मन”बागलुङ

पञ्चाङ्ग ४

प्रसुतिमा पटक पटक मर्दै बाँच्ने आमा
दुःखम सुखम परिश्रम गर्दै बाँच्ने आमा
खाईनखाई भोकै तिर्खै जीवन बचाउँदै
अरुलाई खुवाउँदै आफू हर्दै बाँच्ने आमा
सन्तान उकासी आफू तल झर्दै बाँच्ने आमा ।

सरस्वती श्रेष्ठ इटहरी

पञ्चाङ्ग ५

सन्तानको माया त कस्तो हुन्छ आमा भएर हेर
आमाको मायाले कसरी छुन्छ आमा भएर हेर
चाहेर पनि आमाको माया दिन सक्दैन बाउले
जन्माको सन्तानमा कति खुन्छ आमा भएर हेर
जन्मन साथ शिशु कति रुन्छ आमा भएर हेर ।

-खोटाङ ।

पञ्चाङ्ग ६

नुन किन्ने दाम छैन सुनको कुरा के गर्नु
तिमिले लगाएको त्यो गुनको कुरा के गर्नु
समझ आएन मणिमा आश्रय हुने यहाँ
प्रेरित मिल्ला अबश्य धुनको कुरा के गर्नु
उभिए लायन यी सकुन को कुरा के गर्नु ।

मन मुटु संगम घिमिरे
भुमिकास्थान ९
अर्घाखाँची

पञ्चाङ्ग ७

आमा सन्तानको निम्ति धेरै दुःख गर्न सक्छिन्
भाेकै बसेर उनका निम्ति खाना भर्न सक्छिन्
सायद सबैका यी आमाहरू हुन्छन् मायालु
जीवनका सागर सरि समस्या तर्न सक्छिन्
सन्तानका लागि जिउँदै नि उनी मर्न सक्छिन् ।

शोभा आचार्य गौतम,काठमाडौँ

पञ्चाङ्ग ८

आमा सन्तानको लागि काली हुन
हुर्काउने बेलामा यी माली हुन
आमाको नाम एक रुप अनेक
खुसी हुनु परेमा यी लाली हुन
बज्रपात परे शक्तिशाली हुन ।।

धनमाया चौधरी कैलाली

पञ्चाङ्ग ९

न शिक्षा न स्वास्थ असुबिधा झेलेको जीवन
कन्दराको घाँस दाउरामा खेलेको जीवन
भोग्नेलाई त सहजै लाग्ला देख्नेलाई भन्दा
उकाली ओराली खाली खुट्टा पेलेको जीवन
आधा पेट खाँदै दिनरात ठेलेको जीवन ।

होम प्रसाद
धरान,सुनसरी ।

पञ्चाङ्ग १०

आमाको मायामा सधै अमृत घोलेको हुन्छ
छर्लङ्ग देखिने गरेर माया खोलेको हुन्छ
गरिबको जिन्दगीको बारेमा कोही सोच्दैनन्
बच्चाको बोकी हिड्दा खाली खुट्टा जलेको हुन्छ
चिन्ताले गर्दा गरीबको मन गलेको हुन्छ ।

शिव कुमार रेग्मी
पोखराथोक,पाल्पा

पञ्चाङ्ग ११

मानव जगतकै महान हुन आमा
धर्तिकै जिउँदो भगवान हुन आमा
पुज्नुछ भने यदि जिउँदो छँदै पुज
बालबालिकाको लागि शान हुन आमा
भगवानकै प्रसादी दान हुन आमा ।

पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती-३,काभ्रे

पञ्चाङ्ग १२

जतिसुकै दु:ख पनि सहने आमा
सन्तानको लागि स्थिर रहने आमा
आमा जस्तो त को होला यो संसारमा
छोराछोरीको मायामा बहने आमा
सन्तान खातिर सधै दहने आमा ।

दुर्गा भट्टराई
मोरङ


सम्बन्धित शीर्षकहरु

नेपाल पत्रकार महासंघअन्तर्गत क्रियाशील विभिन्न बैदेशिक शाखाहरूले प्रतिनिधित्व र सहभागिताको सुनिश्चिततासहित चारबुँदे माग पेश गर्दै महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्मा…

वाशिंगटन: अमेरिकी अधिकारीहरूले विदेशी हस्तक्षेपको आशंकामा अर्बपति एलोन मस्कको स्वामित्वमा रहेको सामाजिक सञ्जाल X मा फ्रान्सले गरेको आपराधिक अनुसन्धानको शुक्रबार…

निरेम प्रोडक्सनले आफ्नो वार्षिक सांगीतिक कार्यक्रम ‘निरेम सांगीतिक उत्सव’ को तेस्रो संस्करण यही आउँदो डिसेम्बर १२ मा हुने घोषणा गरेको…

प्रतिकृयाहरू
...