Sunday 21st September 2025

जमिनको वास्तविक मालिक किसान –गोबिन्द राज ओझा (राजन)


जमिनको वास्तविक मालिक किसान हुनुपर्छ
बाँझो जमिनमा पनि खेतीपाती हुनुपर्छ
गरिबले पनि रोजी रोटी खान पाउनुपर्छ
गरिबले पनि बाँच्न पाउनुपर्छ ।।१।।
 
हातमा हात मिलाएर हामीले भन्नुपर्छ
गरिब र मजदुरको पीडा बुझ्नुपर्छ
यो कुरा याद राख्नुपर्छ
जमिनदारको बाँझो जमिन खोसिनुपर्छ ।।२।।
 
हर गरिबले धनी बन्न सक्नुपर्छ
मजदुरले पनि कामको ज्याला समयमै पाउनुपर्छ
जमिनको वास्तविक मालिक किसान हुनुपर्छ
बाँझो जमिनमा पनि खेतीपाती हुनुपर्छ ।।३।।

-गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा.२ दिपायल डोटी


सम्बन्धित शीर्षकहरु

सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाइ पदबाट हटाएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई हटाइ मनोज सिलवाललाई…

नासाको मंगल ग्रह रोभर पर्सिभरेन्सले मंगल ग्रहमा प्राचीन जीवनको सम्भावित संकेतहरू पत्ता लगाएको छ। रोभरले प्राचीन सुख्खा नदीको नालामा चट्टानहरू…

आज भोली आन्दोलनमा घुसपैठ भयो भनेर जेन जी पनि भन्छ, निबर्तमान सरकार र पुराना दलहरु पनि त्यसै भन्छन । अझ…

प्रतिकृयाहरू
...