Thursday 28th March 2024

१९औं माउण्ट एभरष्ट कपको बिजेता ईलेभेन स्टार एफसी बन्यो


जय आले, ०१ अप्रिल २०२३, कुवेत – माउण्ट एभरेष्ट स्पोर्टिङ क्लव, काठमाण्डौ-कुवेतद्वारा आयोजित “१९औं माउण्ट एभरेष्ट कप अन्तर-नेपाली फुटबल टुर्नामेण्ट-२०२३” कुवेतको फाहाहिलस्थित सुकसवाह फुटबल मैदानमा हिजो ३१ मार्च २०१३ का दिन सम्पन्न भएको छ।

गत १७ मार्च २०२३ शुक्रबारदेखि शुरुवात गरिएको टुर्नामेण्टको १९औं संस्करणमा बिजेताको उपाधी ईलेभेन स्टार एफसीले चुमेको छ। ईलेभेन स्टार एफसीले फाईनलमा पुर्वेली टाईगर एफसीलाई टाईब्रेकरमा पराजित गरि १९औं माउण्ट एभरेष्ट कपको बिजेता बनेको हो भने १८औं संस्करणको बिजेता पुर्वेली टाईगर एफसी यसपाली उपबिजेता बनेको छ। यसैगरी, १८औं संस्करणको उपबिजेता टिम मङगाफ एफसी क्वार्टर फाईनल चरणमै टाईब्रेकरमा पराजित भई विदा भएको थियो।

११ सशक्त टिमहरुले सहभागीता जनाएको टुर्नामेण्टको पहिलो र क्वार्टर फाईनल चरणका २ खेलहरु गत हप्ता १७ मार्चमै सम्पन्न भएका थिए भने खेल संचानलको अवधिमा केही प्राविधिक कारणवश अचानक असहज परिस्थिती उत्पन्न भई स्थिती नियन्त्रण भन्दा बाहिर गएकोले आयोजकले टुर्नामेण्टलाई बिचमै रोकेर आगामी सूचना जारी नहुन्जेलसम्म टुर्नामेण्ट स्थगित गरेको बोल्ड निर्णय घोषणा गरेको थियो।

टुर्नामेण्टको क्वार्टर फाईनल चरणमा पोल-ए बाट फर्वानिया एफसीलाई नमस्ते एफसीले र सरोकार समाजलाई पुर्वेली टाइगर एफसीले टाईब्रेकरमा र पोल-बी बाट मगर सँघ कुवेतलाई ईलेभेन स्टारले सिधा सेटमा र मंगाफ एफसीलाई एनफएच एफसीले टाईब्रेकरमा पराजित गरि सेमिफाईनल प्रवेश गरेका थिए भने सेमिफाइनलमा नमस्ते एफसीलाई पुर्वेली टाईगर एफसीले र एनएफएच एफसीलाई ईलेभेन स्टार एफसीले पराजित गर्दै फाईनलको यात्रा तय गरेका थिए। गत १७ मार्चमा प्राविधिक कारणवश स्थगित गरिएका क्वार्टर फाईनल चरणका २ खेलहरु पुर्वेली टाईगर एफसी V/s सरोकार समाज र मङगाफ एफसी V/s एनएफएच एफसीबीच आयोजकले रि-म्याच गराएको थियो।

आयोजक क्लवले बिजेता टिम ईलेभेन स्टार एफसीलाई ट्रफी, मेडल, प्रमाण-पत्र र २५१ केडी नगदी र उपबिजेता टिम पुर्वेली टाईगर एफसीलाई ट्रफी, मेडल, प्रमाण-पत्र र १५१ केडी नगदीले पुरस्कृत गरेको थियो। यसैगरी, क्लवले बिभिन्न विधाका खेलाडिहरु, रेफ्रिहरु, अफिसियल डेस्क, स्वयंसेवकहरु, मिडिया र स्पोन्सरहरुलाई पनि प्रमाण-पत्र र मायाको चिनोले सम्मान गरेको छ भने टुर्नामेण्टमा बेष्ट टिमको उपाधी नमस्ते एफसी टिमले, बेष्ट प्लेयरको उपाधी शिव नारायण उराउ (इलेभेन स्टार), बेष्ट गोलकिपरको उपाधी बिकाश खड्का (पुर्वेली टाईगर एफसी), बेष्ट डिफेण्डरको उपाधी गगन राई (पुर्वेली टाईगर एफसी), बेष्ट मिडफिल्डरको उपाधी कालिका गुराउ (ईलेभेन स्टार एफसी), बेष्ट फरवार्डको उपाधी सरोज खड्का (पुर्वेली टाईगर एफसी) ले प्राप्त गरे भने हाईअर स्कोरर ‘सर्वाधिक गोलको’ उपाधी मनोज मुखिया (ईलेभेन स्टार एफसी) का खेलाडिले चुमेका थिए जसले टुर्नामेण्ट अवधिभर ५ गोल गर्न सफल भएका थिए।

माउण्ट एभरेष्ट स्पोर्टिङ क्लवका अध्यक्ष आनन्द श्रेष्ठको अध्यक्षतामा सम्पन्न १९औं माउण्ट एभरेष्ट कप-२०२३ लाई क्लवका महासचिब राज मल्ल ठकुरी र बरिष्ट सदस्य जय आले मगरले संयुक्त रुपमा संचालन गरेका थिए भने तमू समाज कुवेतका अध्यक्ष राजु गुरुङ, मगर संघ कुवेतका महासचिव श्रवण गाहा मगर र क्लवका सहयोगी शुभचिन्तक राम प्रसाद सिग्देलले आयोजकको साथमा अफिसियल हेल्प डेस्कका सम्पूर्ण जिम्मेवारीहरु निर्वाह गरेका थिए।

१९औं माउण्ट एभरेष्ट कप-२०२३ लाई कुवेतमा लामो समयदेखि सेवाग्राहिको मन जित्न सफल BEC Exchange कुवेतले मुख्य प्रायोजन (स्पोन्सर) गरेको थियो भने कुवेतस्थित केही सकृय सँघ-संस्था तथा सामाजिक व्यक्तित्वहरुबाट समेत टुर्नामेण्ट सफलताको कामना सहित आयोजकलाई आर्थिक सहयोग प्राप्त भएको आयोजकले जनाएको छ। जसमा: १) नेपाली सुनचाँदी व्यवसायीका फ्युवा सुब्बाबाट ३१ केडी, २) समाजसेवी तथा क्लवका सल्लाहाकार खोप गुरुङबाट २१ केडी, ३) क्लवका सल्लाहाकार, समाजसेवी तथा एनसिसी कुवेतका उपाध्यक्ष होमनाथ गिरीबाट ५१ केडी, ४) प्रवासी ईलामेली सेवा समाज कुवेतबाट १५ केडी, ५) स्याङ्जा समाज कुवेतबाट २१ केडी, ६) मोरङ सुनसरी सेवा समाज कुवेतबाट ११ केडी, ७) एनएफएच एफसी टिमबाट २० केडी, ८) एनसिसी कुवेतका सह-कोषाध्यक्ष सोनाम लामाबाट ११ केडी, ९) समाजसेवी मधुकर रिजालबाट २१ केडी, १०) क्लवका पुर्व अध्यक्ष जितेन थिङ ‘हाल साउदी अरब’बाट २५ केडी, र ११) गोर्खा किचनबाट २१ केडी आर्थिक सहयोग प्राप्त गरेको आयोजकले जानकारी दिएको हो।

बिजेता, उपबिजेता टिम, रेफ्रीहरु, सहयोगीहरु, स्वयंसेवकहरु, मिडियाकर्मिहरु लगायत सम्पूर्णलाई NRNA कुवेतका अध्यक्ष रणध्वज लामा, पुर्व अध्यक्ष अर्जुन तामाङ, सरोकार समाज कुवेतका उपाध्यक्ष मिलन गुरुङ, कल्याणकारी युवा समाज कुवेतका अध्यक्ष सुवास श्रेष्ठ, किरात राई यायोक्खा कुवेतका अध्यक्ष उमेश राई, विश्व नेपाली साहित्य महासंघका अध्यक्ष प्रेम कटुवाल र आयोजक क्लवका अध्यक्ष्य आनन्द श्रेष्ठको हातबाट पुरस्कार वितरण गराईएको थियो।

१९औं माउण्ट एभरेष्ट कपमा सहभागी टिमहरु; पोल (ए)बाट योङ्ग स्टार एफसी, फर्वानिया एफसी, नमस्ते एफसी, पुर्वेली टाईगर एफसी, तामाङ्ग घेदुङ्ग कुवेत र सरोकार समाज कुवेत थिए भने पोल (बि)बाट मङगाफ एफसी, नुवाकोट धादिङ्ग रसुवा समाज, एनएफएच एफसी, मगर सँघ कुवेत र इलेभेन स्टार एफसी रहेका थिए। आयोजकले सम्पूर्ण सहभागी टिमहरुलाई प्रमाण-पत्रले सम्मान गरेको थियो।

कार्यक्रमको अन्त्यमा सभापति तथा क्लव अध्यक्ष आनन्द श्रेष्टले टुर्नामेण्टलाई भव्यतापूर्वक सम्पन्न पार्न प्रत्यक्ष वा परोक्ष रुपमा आर्थिक, भौतिक, नैतीक एवं बौद्दिक क्षेत्रबाट सहयोग गर्नु हुने सम्पूर्ण खेलप्रेमी नेपाली दाजुभाई, दिदीबहिनी, समाजसेवी, बुद्दिजिबी, भद्रभलाद्मी, रेफ्री, खेलाडी, पत्रकार, कलाकार र उपस्थित सम्पूर्ण खेलप्रेमी दर्शकवृन्दलाई धन्यवाद ज्ञापन गर्दै भविष्यमा पनि क्लवबाट आयोजना हुने हरेक गतिविधिहरुमा सबैको यसरी नै सहयोग रहने अपेक्षा राख्दै कार्यक्रम समापनको घोषणा गरेका थिए।


सम्बन्धित शीर्षकहरु

जापानमा कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने ‘डाइटरी सप्लिमेन्ट’ (औषधीय आहार) का कारण दुई जनाको मृत्यु हुनुका साथै १०० जनाभन्दा बढी…

ग्लोबल आइएमई बैंक र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

प्रतिकृयाहरू
...