पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १
मिति : २०७९/१२/०३
प्रशिक्षक :
———–
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण
————————-
चन्द्रवती अधिकारी
चित्र सङ्कलन
———————–
सामाजिक सञ्जाल
समायोजक
—————–
सविता के.सी.
आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार ।
हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको पचपन्नौँ शृङ्खलामा छौँ । यस शृङ्खलामा दिइएको चित्र अनुसारको बिम्बात्मक तथा गहन र मौलिक भाव झल्किने आफ्नो मनले देखेको पञ्चाङ्ग आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध छ ।
नोट : संयोजन गर्न सहज हुने भएकोले कमेन्ट बक्समा नाम र ठेगाना सहित लेखिएका पञ्चाङ्ग मात्र समायोजन गरिने जानकारी गराइन्छ ।
चित्रमा पञ्चाङ्ग
===========
पञ्चाङ्ग १
चिप्ले बोली रसिलो आँप जस्तो लाग्छ
सुन्दर थियो रूप चाँप जस्तो लाग्छ
सोचे जस्तो नहुने रहेछ साथित्व
दलदलमा भास्ने धाप जस्तो लाग्छ
पोलेर नष्ट गर्ने राप जस्तो लाग्छ ।
सविता के.सी., काठमाडौँ ।
पञ्चाङ्ग २
काखमा राख्ने नै छुरा भेटीयो
हात मुलाउने सूरा भेटीयो
अहिलेको स्वार्थी जमाना यही
सापे औँलालाई झुरा भेटीयो
कप्टी को नै राम्रा कुरा भेटीयो ।
म प्र धि
पञ्चाङ्ग ३
सम्बन्ध बढाउने हात रहेछ
धोका दिने त कालो रात रहेछ
विभेद गराउने यो समाजमा
सानो ठुलो भन्ने पो जात रहेछ
वचन बाण झनै घात रहेछ ।
पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती न.पा-३काभ्रे
पञ्चाङ्ग ४
हात मिलाएर के गर्नु नङ्ग्रा परेको छ
ति सुन्दर हातमा नै रगत झरेको छ
जसो गरे पनि जनतामा सुख आएन
यिनै सत्ताधारी ले आँखा छारो छरेको छ
देश अस्तव्यस्त हेर्दा ति मन मरेको छ ।
बेदु न्यौपाने काठमाडौ ।
पञ्चाङ्ग ५
आफ्नै बनी पस्न सक्छ
चिप्लो मात्र घस्न सक्छ
दिन प्रतिदिन गर्दै
मुटु माझ बस्न सक्छ
सर्प सरी डस्न सक्छ ।
– आर्त अकुलीन, कैलाली
पञ्चाङ्ग ६
जसले चिल्लो घस्न सक्छ
त्यो मुटु भित्र पस्न सक्छ
बैगुनीको चाला यस्तै हो
जमेर खिल बस्न सक्छ
सर्प स्वरूप डस्न सक्छ ।
धनमाया चौधरी कैलाली
पञ्चाङ्ग ७
बाहिर बाहिर लोकाचार अरे
भित्र भित्र चाहिँ पोका पार अरे
उखान भन्थे बुढापाकाहरू ता
हात मिलाए झैँ बिष झार अरे
सकिएछ लौ बाँच्ने आधार अरे ॥
गुणनिधि घिमिरे अमेरिका
पञ्चाङ्ग ८
सत्ताको लागि भ्रष्ट नेताहरू साथ देखाउँछन्
भागबण्डा नमिलेको खण्डमा जात देखाउँछन्
दस टाउके मिलेर सत्तामा चिप्किएर सड्छन्
आफु खुशी मन्त्री नमिलेमा त लात देखाउँछन्
जनता बिचमा भ्रष्ट फुङ्गाली हात देखाउँछन् ।
शिव कुमार रेग्मी
पोखराथोक,पाल्पा
पञ्चाङ्ग ९
आफै परेको जालमा जब चाल पाउला
कर्तुत काला खुलेमा तब गाल पाउला
कसैगरी लुकाएर लुक्दैन जब ठगी
झेलखानाको नराम्रो तब झाल पाउला
सङ्गतगुणा फलमा तब काल पाउला ।
टीकाराम जोशी, इमाडोल ।
पञ्चाङ्ग १०
उता हुन्न यता हो भनी पाउडर धस्न सक्ने
थोरै लोभमा पनि पैरवी डेरामा बस्न सक्ने
तिम्रो बानी एकएक थाहा भो,त्यो एकालाप हो
अहो ! ग्रुप नमिले नि बल जफत कस्न सक्ने
कसम तिमी त विषालु सर्प होउ डस्न सक्ने ।
प्रेम थापा “मन” बागलुङ
पञ्चाङ्ग ११
भित्र जरो खन्ने बाहिर रूप अलग्गै
डढेलो नै लगाउने त्यो धूप अलग्गै
अचम्मै छ दुनियाँमा भर पर्नु कस्को ?
डुवाएर मार्न सक्ने छ कूप अलग्गै
बगलीमा छुरा ओठमा चूप अलग्गै ।
चन्द्रावती अधिकारी
कोहलपुर बाँके ।
पञ्चाङ्ग १२
गरे पछि बात चिनियो
दिन अनि रात चिनियो
कपटि विष दन्ते रैछौ ,
हात दिदा घात चिनियो
घात गर्ने हात चिनियो ।
रतन बिष्ट _ आलिताल, डडेल्धुरा
पञ्चाङ्ग १३
मिल्ने साथी भन्दै चिल्लो पार्दै घात गर्दिन्छन्
अगाडि त खुब मिल्ने जस्तो साथ गर्दिन्छन्
अरु त त्यस्तै हो अगाडि बड्यो भने साथी
अन्जान जस्तै नभुल्ने गरि लात गर्दिन्छन्
तेरो मेरो भन्दै अझ पक्षपात गर्दिन्छन् ।
सावित्रा नेपाली सबु (पारिजात )
बागलुङ ।
पञ्चाङ्ग १४
रुप मात्रै मान्छे प्रवृति दानव जात मिलाउछन्
आफ्नो पक्षमा स्वार्थ पार्नको लागि हात मिलाउछन्
पिध बिनाको लोटा जस्तै एकै ठाउँमा अडिदैन
दिनमा यता मिलाए कुरा उता रात मिलाउछन्
काम एकातिर गर्छन् अर्काेतिर बात मिलाउछन् ।
– खोटाङ ।
पञ्चाङ्ग १५
अघि हात मिलाएर पछि ठस्न सक्छन्
सहयोग गर्छौँ भनी भित्र पस्न सक्छन्
कोही पनि भरोसामा रहेनन् है यहाँ
एकै छिन भनीकन बर्षौँ बस्न सक्चन्
मौका पाए भने फेरि घाँटी कस्न सक्छन् ।
घनश्याम पौडेल, पोखरा
पञ्चाङ्ग १६
म आफ्नै हुँ भनी पस्छन यहाँ
ति चिप्ला भाषण घस्छन यहाँ
कस्को पो भरोसा गर्ने हो र खै
नेपालीलाई नै डस्छन् यहाँ
सहयोग भन्दै कस्छन् यहाँ ।
दुर्गा भट्टराई
मोरङ ।
पञ्चाङ्ग १७
मख्ख पर्दै चिल्ला कुराको भरमा फस्छन् कोही
एकातिर हात् मिलाई अर्को तिर डस्छन् कोही
संसार बिचित्रको छ कहेर कही नसक्नु
विश्वास दियो घात गर्दै रंग छेपारको घस्छन् कोही
नाटक गरी गोहीको आँशु बनी खस्छन् कोही ।
सरस्वती श्रेष्ठ इटहरी
पञ्चाङ्ग १८
आजकल तिमी त द्वैध चरित्रको छाप बन्छौ
स्वार्थ सिद्ध नभइञ्जेल खुकुरीको दाप बन्छौ
हुँदा हुँदा दुःखमा ढाडस दिन पनि तम्सियो
आफ्नो दुनु सोझियो घर सल्काउन राप बन्छौ
बाहिर गड्यौँला देखेँ भित्र विषालु साँप बन्छौ !
सुरश चन्द्र घिमिरे
लमजुङ
Sabita
पञचाङ्ग १९
स्वार्थ सिद्ध बिश्वासमा ताला दियो नियतीले
अन्जानमा अन्माउदै खाला दियो नियतीले
अचम्मै छ यो दुनियाँ भर कस्को मान्ने यहाँ
कपिट दन्ते विष रहेछ भाला दियो नियतिले
मन्थान गरि छ्ताछुल्ल चाला दियो नियतीले।
✍️मन मुटु संगम घिमिरे
अर्घाखाँची