Wednesday 4th March 2026

कविताको उपविधा “जुनेली”


शिव कुमार रेग्मी – नेपाली साहित्य काव्य विधाका विभिन्न उपविधाको उत्पत्ति र विकासको क्रममा दुई वर्ष देखि धेरै सर्जकहरूले जुनेली लेख्दै विभिन्न पत्र-पत्रिका,मिडियाहरू बाट प्रशारित हुँदै आइरहेको छ। जुनेली उपविधाको प्रवर्तक तथा परिकल्पनाकार म स्वंम पाल्पा पोखराथोक(धोवादी) बस्ने शिव कुमार रेग्मी हुँ।
जुनेली काव्यको विधिगत रूपमा मिति १४ भदौं२०७८मा जुनेली साहित्य समाज नेपालको केन्द्रीय समिति समेत गठन गरिएको छ।
“जुनेली”शव्दको साब्दिक अर्थ चन्द्रमाको किरण हुन्छ तर साहित्यमा यसको अर्थ साहित्यको ज्योति मानिएको छ।नेपाली कविताको शुक्ष्म उपविधाको रुपमा जुनेली काव्यको आगमन भएको हो।
जुनेली चार पंक्तिमा तीन-दुई,तीन-दुई हरफमा दस अक्षरमा रचना गरिन्छ। यसमा दोस्रो र चौथो पंक्तिमा अनुप्रास र बिम्ब मिलाएमा सुनमा सुगन्ध मिश्रित हुनपुग्दछ। जुनेली रचना गर्दा मानव जीवन,संस्कृति,विसंगति, प्रकृति साथै संसारका कुनै पनि विषयमा रचना गर्न सकिन्छ।
लेख्य परम्परामा सग्ला अक्षरहरूलाई मानकको आधार मानी आधा र हलन्त हरूको गणना गरिदैन।
जुनेली लेखन कुनै पनि क्षेत्र,विषयमा लेख्न सकिने मान्यता राखिएको छ।भित्री मनमा झंकार पैदा गराउने केवल सर्जक र कविको रचना वा सिर्जनामा भर पर्दछ।
छोटो अवधिमा नै सर्वत्र जनमानसहरूको मुटुको ढुकढुकी बन्न सफल भैसकेको महशुस,चर्चा साहित्यकारहरूले गरिरहेको सुनिन्छ।
केही जुनेलीहरू:
——————–
(१)
जुनेली
शीत
सबैको
हित।
(२)
चम्किलो
ज्योति
छर्दैछौं
मोती।
(३)
काव्यमा
जुन
साहित्य
हुन।
(४)
भनेर
देख्यौं
जुनेली
लेख्यौं।
(५)
मिलेर
संघी
बढेर
अघि।
(६)
जुनेली
रच्यौं
काव्यमा
कस्यौं।
(७)
मिलेर
हामी
सोचेर
दामी।
(८)
लाइन
चार
जुनेली
सार।
(९)
अक्षर
दस
जुनेली
रस।
(१०)
जुनेली
हाम्रो
बन्दछ
राम्रो।
(११)
सबैको
साझा
काव्यमा
राजा।
(१२)
लेखिन्छ
मीठो
बुझिन्छ
छिटो।
(१३)
जुनेली
नारा
घन्काई
सारा।
(१४)
संसारै
जागे
नियम
मागे।
(१५)
नियम
माने
जुनेली
जाने।
(१६)
खुशीछन्
आज
जुनेली
माझ।
(१७)
साहित्य
भित्र
चम्काई
चित्र।
(१८)
लम्किए
मित्र
चम्केर
चित्र।
(१९)
सबैले
भने
समिति
बने।
(२०)
समिति
हाम्रो
छ साह्रै
राम्रो।
(२१)
ज्ञानले
जाने
समिति
छाने।
(२२)
सदस्य
सबै
छन् ज्ञानी
खुबै।
(२३)
जुनेली
मोती
साहित्य
ज्योति।
(२४)
यस्तै छ
मित्र
जुनेली
भित्र।

प्रवर्तक/ परिकल्पनाकार
पोखराथोक,पाल्पा


सम्बन्धित शीर्षकहरु

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

चीनका विदेशमन्त्री वाङ यीले सोमबार आफ्नो इरानी समकक्षीलाई फोनमा भने कि मध्यपूर्वमा युद्ध फैलिँदै गर्दा बेइजिङले अमेरिका-इजरायली आक्रमणहरू विरुद्ध आफ्नो…

प्रतिकृयाहरू
...