Wednesday 14th October 2026

पार्टी र नेता बदल्ने कोशिस गरौ


डा.अम्बरीश पोख्रेल

तीतोपाटी- “नक्कली नेताहरुको चक्रब्युमा फसेको देशको नागरिक हुनु भन्दा, तिनीहरुका बिरुद्द जेहाद छेड्नुसजिलो र गौरबपूर्ण हुने गर्दछ” ।

१. ठुला पार्टीहरु र तिनीहरुका नेताहरुलाई कुन कुरा साचो र कुन कुरा झुटो हो, त्यसको कुनै मतलबछैन । सत्ता स्वार्थ उनीहरूको एक मात्र प्रपञ्च रहँदै आएको छ। सबै प्रकारका कथित गठबंधनहरुदेशको ढुकुटी स्वाहा पार्ने ठग बन्धनहरु हुन भन्ने कुरा पटक पटक प्रमाणित हुँदै आएको छ। यहाँभइरहेका कुनै पनि प्रकारका हर्कतहरु, कुनै पनि अर्थमा राजनीति दाउ पेच होइनन् सिर्फ नेपालीजनतालाई झुक्काएर निश्चित गुट हरु भित्र राज्यको स्रोत साधन दोहन गर्ने तिग्डम बाजी हो ।

२. उनीहरुका सबै काम कुराहरु कौडीको मुल्यमा मात्र हैन कि, बिदेशीको दासतामा लगाउन मात्र पाएपनि खुसि छन् । विदेशी शक्तिलाई खुसी राखेर आफ्नै जनतालाई ठग्नु उनीहरूको दैनिकी भएको छ।

३. त्यसैले यहाँ ६ महिना देखि १/२  बर्षमा सरकार परिबर्तन हुने गर्छन । प्रतेक पटक सरकारपरिबर्तनसंगै देशका साधन स्रोत हाम्रो नै घाटी समात्ने गरि बिदेशीको पोल्टामा पुग्ने गर्छन अझ ! योअर्को प्रकारको दुःखद अवस्था हो नेपालको लागि।

४. यो प्रकारका हरकत गर्नेहरू नेपालका स्वघोषित वा दाता घोषित (फण्डित हरु) बुद्दिजिबि, ठुलापार्टी र तिनीहरुका नेताहरुलाई बिसेष गरि पहाडी मुलका बंसजका आधारमा नेपाली नागरिकता धारीबास्तबिक रुपले नक्कली नागरिकहरु हुन् ।

५. तिनीहरु तराइ देखि तिब्बतका सिमा नजिकका झुपडीहरुमा हैन, नेपालको नक्कली सत्ताकोवरिपरि घुम्दै तर सक्कली राज्य सत्ताको दोहन गरिरहेका छन् ।

६. त्यसैले देश निर्माण गर्ने बास्तबिक शक्ति अहिले नेपालको सत्तामा हैन, नक्कली सत्ताको झातोमुनीपिल्सिरहेका छन्, दवि रहेका छन । कहिले बाहिर निस्कने हुन अझै भन्न सकिने अवस्था देखिँदैन ।छिटपुट व्यक्तिहरू निश्चित रूपमा देखा पर्ने गरेको पाइन्छ।

७. हामी आम रूपमा सामान्य जनतालाई मात्र देशको चिन्ता छ । तर अचम्मको कुरा त के छ भने, तिनैदेश्द्रोहिहरुले (नक्कली नागरिकहरु) सामान्य जनताहरुलाई सजिलै विभाजित गरि, कतै वाह–वाह रकतै छि–छि र दुर–दुर गराउन सफल भैरहेका छन् ।

८. अर्थात् हामी तिनीहरुको अनेक प्रकारका जाली कुराहरु सुनेर वा जानेर वा नजानेर पनि विभाजितछौ ! कैयौ पटक हामीसंग विकल्पहरु आए । तर हामीले त्यसको सहि सदुपयोग गरेनौ वा गर्न सकेनौ। यहि बिभाजन हाम्रो अभिसाप भएको छ । जबसम्म हामी यो अभिसापमा अभिसप्त भैरहने छौ, तबसम्म देश समृद्ध बन्ने छैन ।

९. नेपाल किन समृद्ध बनेन हैन कि, नेपाल कहिले बन्छ भनेर सोच्न जबसम्म सुरु गर्दैनौ हामीले, तबसम्म देश अझ रसातल तिर नै जाने छ ।

१०. यसरी आफ्नै नक्कली नेताहरुको यो प्रकारको चक्रब्युमा फसेको देशको नागरिक हुनु भन्दा, तिनीहरुका बिरुद्द जेहाद छेड्नु सजिलो र गौरबपूर्ण हुने गर्दछ । कार्लमार्सले भने जस्तै, हामीले गुमाउनेकुरा केहि छैन तर जित्नको लागि सिंगो समृद्ध नेपाल निकट भविष्यमा उभिएको छ ।

अस्तु ।

ए पोख्रेल ।


सम्बन्धित शीर्षकहरु

नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा निर्वाचित भएको छ। न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भएको निर्वाचनमा नेपालले…

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका सल्लाहकारहरू सन् २००९ को फोर्ट हुड गोलीकाण्डका दोषी निदाल मलिक हसनलाई मृत्युदण्ड दिइएको…

सर्वोच्च अदालतले वैयक्तिक स्वतन्त्रता, बन्दी प्रत्यक्षीकरण र अनुसन्धानका क्रममा हुने थुनाको म्याद थपसम्बन्धी महत्वपूर्ण व्याख्या गरेको छ। अदालतले अनुसन्धानका लागि…

प्रतिकृयाहरू
...