Monday 12th January 2026

निरेम प्रोडक्सनकाे सातौ वार्षिकोत्सव निरेम सांगीतिक उत्सवको आयोजना गरि भव्य रूपमा सम्पन्न


कुवेत – निरेम प्रोडक्सन कुवेतले गत फ्रेब्रुअरी १० तारिख शुक्रवारको दिन उसको सातौ वार्षिक उत्वस तथा निरेम सांगीतिक उत्सव कार्यक्रम नेपालबाट आमन्त्रित अतिथि कलाकार तथा स्थानीय कलाकारको साथ सातौ वार्षिक उत्वस भब्यताको साथ कुवेतको जिलिपस्थित इन्डियन सेन्ट्रल स्कुलको हलमा भव्यताका साथ मनाएको छ।

निरेम प्रोडक्सनको संगीतमय कार्यक्रम प्रेम जिमी यक्खाकाे सभाध्यक्षता, नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत दुर्गाप्रसाद भण्डारीको प्रमुख आतिथ्यता, टिभियस ग्रुपका अध्यक्ष डा. एस.एम. हैदर अली एवं एनआरएनए कुबेतका अध्यक्ष रणध्वज लामा विशेष आतिथ्यता तथा कुवेतमा आबद्ध विभिन्न संघ-संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु र कुवेतबाट सञ्चालित विभिन्न मिडियामा आबद्ध पत्रकारहरुका आतिथ्यतामा सम्पन्न भएको थियो ।

संयुक्त रूपमा दिप प्रज्वलन गरि शुभारम्भ गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथी, विशेष अतिथि तथा अतिथिहरुलाई फूलको गुच्छा दिएर सम्मान गरिएको थियो । निरेम प्रोडक्सनका सदस्य जयनारायण थारुले स्वागत मन्तव्यद्धारा उपस्थित सम्पूर्णलाई स्वागत गरेका थिए भने कार्यक्रम संचालन नेपाल पत्रकार महासंघ बैदेशिक शाखा कुवेतका अध्यक्ष नवराज पन्थीले सञ्चालन गरेका थिए।

निरेम प्रोडक्सनकाे संगीतमय कार्यक्रममा शुभकामना दिने व्यक्तिहरु भनी सिमित मात्रामा थिए। संगीतमय कार्यक्रम भएको हुनाले शुभकामना दिने व्यक्तिहरुले पनि छाेटाे मिठाे शुभकामना दिएका थिए।

शुभकामना दिनेहरुमा नेपाली दुताबास कुवेतका महामहिम राजदूत दुर्गाप्रसाद भण्डारी, टिभियस ग्रुपका चियरमेन डा.एस.एम. हैदर अली एनआरएनए एनसिसी कुवेतका अध्यक्ष रण ध्वोज लामा,आदिवासी जनजाती महासँघ कुवेतका अध्यक्ष अमृत तामाङ नेपाल पत्रकार महासंघ कुवेत शाखाका सहसचिब हरि बानियाँ थिए।

सातौं वार्षिकोत्सवको अवसरमा सांगीतिक माहोलमा नेपालबाट आमन्त्रित अतिथि कलाकार तथा स्थानीय कलाकारको जोडदार प्रस्तुतीले दर्शकहरु रमाउदै नाच्दै थिए।

कुवेतमा हुने हरेक साँगितिक कार्यक्रम भन्दा निरेम प्रोडक्सनकाे सांगीतिक कार्यक्रम धेरै फरक थियो।नयाँ डिजिटल प्रविधिसँगसँङ्ग अपडेट हुनुपर्छ भन्ने सोचले गर्दा बिगतका कार्यक्रम भन्दा केहि नयाँ र पृथक भयो । सांगीतिक कार्यक्रममा नयाँ पन दिएर कुवेतबासी नेपाली दर्शक स्रोता माँझ प्रस्तुत कार्यक्रम गरिएको उक्त कार्यक्रम प्रसंशनीय र उदाहरणिय थियो । सिनेमा हलबाट चलचित्रको समाप्ति सँङ्गै दर्शक एकैपटक हलबाट बाहिरिए जस्तै कार्यक्रमको अन्तिम प्रस्तुति सम्म हल भरिभराउ नै थियो।

कार्यक्रम हलमा दर्शकहरु नेपालबाट आमन्त्रित अतिथि कलाकार चर्चित लोकप्रिय डान्सर कविता नेपाली, गायक कमल खत्री र गायिका मेलिना मैनालीका साथ दर्शकहरु रमाई-रमाई नाचिरहेका थिए। डान्सर कविता नेपालीकाे प्रस्तुतिले त दर्शकहरु अझै नाच्दै झुम्दै थिए।

कार्यक्रम शुरु भएदेखि अन्त्यसम्म कार्यक्रम हलमा उपस्थिति दर्शक तथा नेपाली दुतावास कुवेत महामहिम राजदूत तथा दुतवास परिवारका सदस्य सबै कार्यक्रमको अन्त्यसम्म बसेर रमाउदै थिए।
अन्त्यमा नेपालबाट आमन्त्रित कलाकार तथा स्थानीय कलाकार तथा विशेष अतिथि डा. एस.एम. हैदर अली, एनआरएनए कुवेतका उपाध्यक्ष हाेम नथा गिरी तथा कार्यक्रम स्पोन्सर गर्ने बीईसी एक्सचेंज, सिटी एक्सप्रेस नमस्ते गहना पसल यलर ब्यूटी पार्लर wwics worlds largest Resettlement लाई प्रमुख अतिथीको हातबाट मायाकाे चिनो दिएर सम्मान गरिएको थियो भने कार्यक्रमको अन्तमा कार्यक्रमका सभापति प्रेम जिमी यक्खाले कार्यक्रममा उपस्थिति सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन गरेका थिए।


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...