Sunday 25th October 2026

कुवेतमा पुन: कोरोनाको ‘बूस्टर डोज’ खोप दिन सुरु


तितोपाटी- नेपाली श्रमिकको प्रमुख श्रम गन्तब्य रहेको कुवेतमा कोरोना भाइरसविरुद्धको बूस्टर डोज खोपलगाउन हिजोदेखी पुन: शुरु गरिएको छ ।

कुवेतको स्वास्थ्य मन्त्रालयले बुधबारदेखि १५ मेडिकल सेन्टरमा १८ वर्ष वा सोभन्दा माथिकाव्यक्तिहरूलाई कोभिड–१९( bivalent ) खोप  ‘बूस्टर डोज‘ लगाउन थालेको छ ।

कोभिड–१९ को रोकथाम तथा नियन्त्रण गर्नका लागी कुवेती नागरिक तथा आप्रवासी इच्छुकसबैजनालाई हिजोदेखी ‘बूस्टर डोज’ दिन सुरु गरिएको हो ।

नयाँ बुस्टर भ्याक्सिनले भाइरसको मूल स्ट्रेन र ओमिक्रोन भेरियन्टहरू विरुद्ध सुरक्षा प्रदान गर्ने बिस्वास लिइएको छ।

१८ वर्ष भन्दा माथिका जो कोहीले कुनै पनि कोभिड १९ खोप अर्थात दोस्रो डोज लिएका छन् भने उक्तनयाँ बूस्टर डोज लिन सक्ने बताइएको छ।


सम्बन्धित शीर्षकहरु

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का अनुसार सन् २०२६ मा बंगलादेशको प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन (प्रति व्यक्ति जीडीपी) भारतभन्दा माथि पुग्ने…

अमेरिका र इरानबीचको तनाव जारी रहे पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तत्काल इरानमाथि सैन्य आक्रमण नहुने बताएका छन्। ट्रम्पले “आज…

ब्राजिलमा राष्ट्रपति पदका लागि भएको दोस्रो चरणको निर्वाचनमा वामपन्थी वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा र दक्षिणपन्थी उम्मेदवार फ्लाभियो…

प्रतिकृयाहरू
...