Wednesday 28th October 2026

कुवेतमा अब समयमै तलब नदिए निजी कम्पनी बन्द हुने


तितोपाटी- कुवेतस्थित जनशक्ति सार्वजनिक प्राधिकरणले कुवेतमा संचालित निजी कम्पनीले आफ्ना कर्मचारीहरुको तलब समयमा नदिए कम्पनी संचालनको लागी सरकारद्वारा प्राप्त प्रमाणपत्र स्वत: रद्दहुने बताएको छ।

निजी क्षेत्रका कम्पनीलाई निर्धारित समयमै आफ्नो श्रमिकको तलब समयमै  भुक्तानी गर्न अनुरोधगरेको छ।

कुनै पनी निजी कम्पनीमा कार्यरत कामदारहरुको कुवेत सरकारद्वारा तोकिएको मिति भन्दा सातौं दिनअघि तलब बैंकमा जम्मा गर्नुपर्ने छ।

एक विज्ञप्तिमा, मन्त्रालयले सबै निजी कम्पनीहरूलाई, समयमै ज्याला भुक्तानी गर्न आग्रह गरेको छ।

कम्पनी सक्रिय हुनु श्रम बजारलाई नियन्त्रण गर्नको लागि कानून र (जनशक्ति सार्वजनिक प्राधिकरण)का अनुसार नियम बमोजिम भएको र मानव अधिकारसँग सम्बन्धित रहेकोले उक्त निर्णय गरिएको हो।

यो नियम संगै कुवेत निकायको मापदण्ड अनुरूप कामदारको हक अधिकार उल्लङ्घन गर्ने कम्पनीमा सुधार आउने

दैनिक अल–काबासले जनशक्ति सार्वजनिक प्राधिकरणलाई उद्धृत गर्दै बताएको छ।


सम्बन्धित शीर्षकहरु

अमेरिकाले नोभेम्बर ३, २०२६ मा हुने मध्यावधि चुनावपछि इरानमाथि पुनः ठूलो सैन्य हमला गर्न सक्ने खबर सार्वजनिक भएपछि खाडी क्षेत्रमा…

मौसम प्रतिकूल हुने पूर्वानुमानसँगै मुस्ताङका उच्च हिमाली क्षेत्रमा जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय मुस्ताङ र लोमन्थाङ गाउँपालिकाले कात्तिक…

भारत र चीनबीचको सम्बन्ध सुधार गर्ने प्रयास भइरहेका बेला दुवै देशबीचको सीमा क्षेत्रमा फेरि तनाव देखिएको छ। भारतको उत्तरपूर्वी राज्य…

प्रतिकृयाहरू
...