Wednesday 14th October 2026

कुवेतमा अब समयमै तलब नदिए निजी कम्पनी बन्द हुने


तितोपाटी- कुवेतस्थित जनशक्ति सार्वजनिक प्राधिकरणले कुवेतमा संचालित निजी कम्पनीले आफ्ना कर्मचारीहरुको तलब समयमा नदिए कम्पनी संचालनको लागी सरकारद्वारा प्राप्त प्रमाणपत्र स्वत: रद्दहुने बताएको छ।

निजी क्षेत्रका कम्पनीलाई निर्धारित समयमै आफ्नो श्रमिकको तलब समयमै  भुक्तानी गर्न अनुरोधगरेको छ।

कुनै पनी निजी कम्पनीमा कार्यरत कामदारहरुको कुवेत सरकारद्वारा तोकिएको मिति भन्दा सातौं दिनअघि तलब बैंकमा जम्मा गर्नुपर्ने छ।

एक विज्ञप्तिमा, मन्त्रालयले सबै निजी कम्पनीहरूलाई, समयमै ज्याला भुक्तानी गर्न आग्रह गरेको छ।

कम्पनी सक्रिय हुनु श्रम बजारलाई नियन्त्रण गर्नको लागि कानून र (जनशक्ति सार्वजनिक प्राधिकरण)का अनुसार नियम बमोजिम भएको र मानव अधिकारसँग सम्बन्धित रहेकोले उक्त निर्णय गरिएको हो।

यो नियम संगै कुवेत निकायको मापदण्ड अनुरूप कामदारको हक अधिकार उल्लङ्घन गर्ने कम्पनीमा सुधार आउने

दैनिक अल–काबासले जनशक्ति सार्वजनिक प्राधिकरणलाई उद्धृत गर्दै बताएको छ।


सम्बन्धित शीर्षकहरु

सर्वोच्च अदालतले वैयक्तिक स्वतन्त्रता, बन्दी प्रत्यक्षीकरण र अनुसन्धानका क्रममा हुने थुनाको म्याद थपसम्बन्धी महत्वपूर्ण व्याख्या गरेको छ। अदालतले अनुसन्धानका लागि…

भारत भ्रमणमा रहेका नेपालका गृहमन्त्री सुदन गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका छन्। भेटका क्रममा नेपाल र भारतबीचका…

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले घरेलु टोली ओमानमाथि शानदार जित हात पारेको छ। अल अमिरात क्रिकेट मैदानमा भएको…

प्रतिकृयाहरू
...