Wednesday 19th August 2026

सिभिल आइडी होम डेलिभरी सेवा बन्द


तितोपाटी- कुवेतमा नागरिक परिचयपत्र अर्थात (PACI) ले डेलीभरी कम्पनी सँगको सम्झौता नवीकरण नगरेपछि नागरिक सूचना सार्वजनिक प्राधिकरणले सिभिल आइडी कार्डको होम डेलिभरी सेवा बन्द गरेको छ।

ठेक्का नवीकरणको लागि अन्तिम अनुरोध जुलाई २८, २०२१ मा राज्य लेखापरीक्षण ब्यूरोमा पेशगरिएको थियो।

जबकी सिभिल आइडी डेलिभेरीको लागी उक्त कम्पनीले २ केडी शुल्क लिने गरेको थियो उक्त २ केडीमध्ये ( PACI) ले नागरिक परिचयपत्र धारकहरूबाट .६५० फिल्स प्राप्त गर्ने बताइएको छ भने बाँकी रकम डेलिभरी कम्पले लिने गरेको , अल काबास रिपोर्टले (PACI) लाई उद्धत गर्दै जनाएकोछ।

कोरोनाकालको समय देखी सुचारु उक्त कार्य निरन्तर २०२२ सम्म जारी रहेको थियो। त्यस्तै लेखापरीक्षण ब्यूरोको प्रतिवेदनका अनुसार सन् २०२१ को जुलाईमा उक्त सम्झौता सकिए पनि कम्पनीले २०२२  सम्म निरन्तर सेवा प्रदान जारी राखेको बताए संगै प्राधिकरणले यसै महिना उक्त सेवा बन्द गरेको छ । निजामती सूचना सार्वजनिक प्राधिकरणले घरेलु कामदार, नागरिक र सरकारी मन्त्रालयमा कार्यरत आप्रवासी नागरिकका लागि कार्ड जारी गर्ने कार्यलाई तीव्रता दिएको थियो । निजी कम्पनीका कामदार, आश्रित बसोबासका लागी सिभिल आइडी जारी गर्नमा भएको ढिलाइ अझै केही महीनासम्म जारी रहने बताइएको छ । सिभिल कार्ड पाउन ढिलाइ हुँदा कुवेती नागरिक तथा आप्रवासीहरुमा गुनासो बढेको छ ।


सम्बन्धित शीर्षकहरु

फेसबुक र इन्स्टाग्रामको मातृकम्पनी मेटामाथि आफ्ना सामाजिक सञ्जाल प्लेटफर्महरू युवालाई लत लाग्ने गरी डिजाइन गरेको आरोपमा अमेरिकामा मुद्दाको सुनुवाइ सुरु…

मध्यपूर्वमा जारी तनाव थप चर्किएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग कुनै वार्ता नभएको र भविष्यमा पनि कुनै वार्ताको तालिका…

मध्यपूर्वमा तनाव थप बढ्दै गएको छ। यूएईको रक्षा मन्त्रालयका अनुसार इरानबाट प्रक्षेपित दुईवटा ब्यालिस्टिक मिसाइल यूएइको हवाइ क्षेत्रमा देखिएका छन्।…

प्रतिकृयाहरू
...