Thursday 8th October 2026

लव जोशीद्वारा शीत पुरस्कार स्थापना


नारायण कोइराला – आधा दर्जनभन्दा बढी कृतिहरू प्रकाशित गरिसक्नुभएका समाजसेवी, शिक्षासेवी साहित्यकार लव जोशीले शीत काव्यको व्यापकिकरणका लागि रामबहादुर सुन्दरीमाया स्मृति शीत साहित्य पुरस्कारका लागि अक्षयकोष स्थापना गर्नुभएको छ । लुम्बिनी वाङमय प्रतिष्ठान नेपाल पाल्पाद्वारा आय‍ोजित साहित्यिक कार्यक्रममा जोशीज्यूले लुम्बिनी वाङमय प्रतिष्ठान नेपालद्वारा यो पुरस्कार शीत काव्यको व्यापकिकरणका लागि कलम चलाउने स्रष्टालाई हरेक वर्ष नगद रू १० हजार प्रदान गर्ने गरी अक्षयकोष स्थापना गरिदिनु भएको छ ।

वर्ष २०७९ का लागि यो पुरस्कार शीत काव्य समाज नेपालका अध्यक्ष, शीत काव्यका परिकल्पनाकार,साहित्यकार पुष्कर अथक रेग्मीलाई साहित्यकार कमल खत्रीको अध्यक्षता,डा. टंकप्रसाद पन्तको प्रमुख आतिथ्यता, ऋषि आजादको विशिष्ट आतिथ्यता, दाता लव जोशी सहितको उपस्थितिमा प्रदान गरिएको छ । मिति २०७८ असार ७ गते पाल्पाको तानसेन श्रीनगर क्षेत्रबाट पुष्कर अथक रेग्मीले कविता – काव्य साहित्यको लघुतम उपविधाको रूपमन शीतको परिकल्पना प्रस्ताव गरेसंगै साहित्यकार लव जोशीज्यूले शीत लेख्दै आउनु भएको र शीतबाट प्रभावित भएरनै यस्को प्रचार प्रसारका लागि पुरस्कार कोषको स्थापना गरिदिनु भएको हो ।

चतुष्पदीय मुक्तकीय प्रभेदभित्रको लघुतम अष्टाक्षरी काव्यनै शीत हो भनी परिकल्पनाकारले परिभाषित गरेका छन्। छोटो समयमै हालसम्म आधादर्जनभन्दा बढी शीत कृतिहरू प्रकाशित भईसकेका छन् । शीतको प्रचार प्रसारको लागि प्रथम शीत ईश्वर कृष्ण के सी ले शीतकर्ण साहित्य पुरस्कारको स्थापना गर्नु भएको छ भने अहिले आएर लव जोशीद्वारा रामबहादुर सुन्दरीमाया स्मृति शीत साहित्य पुरस्कार स्थापना गरिदिनु भएकोले शीत जन्मभूमि पाल्पा धन्य भएको छ । नेपाली साहित्यको बिकास र बिस्तारका लागि पाल्पाले नवीनतम् योगदानहरू पुराउदै आएको छ ।


सम्बन्धित शीर्षकहरु

भारतीय चलचित्रका चर्चित अभिनेता नाना पाटेकर को ७५ वर्षको उमेरमा निधन भएको छ। परिवारका अनुसार उनलाई गोवास्थित आफ्नै घरमा अचेत…

इथियोपियाको उत्तरी टिग्रे क्षेत्रमा फेरि तनाव बढेको छ। स्थानीय बासिन्दाहरूका अनुसार इरिट्रियाली सैनिकहरू सीमा पार गरेर टिग्रे क्षेत्रभित्र प्रवेश गरेका…

अमेरिकामा मृत्युदण्ड पाएकी क्रिस्टा पाइक नामकी महिला असफल मृत्युदण्ड प्रयासपछि अस्पतालमा होसमा आएकी छन्। उनका वकिलका अनुसार होस खुल्दा उनी…

प्रतिकृयाहरू
...